एमालेका अध्यक्ष ओलीले दिए श्रमिक दिवसको शुभकामना
१९ वैशाख २०८१
•
१ मिनेट पाठ
एमालेका अध्यक्ष ओलीले दिए श्रमिक दिवसको शुभकामना
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताएका छन्।




अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत आज शुभकामना व्यक्त गर्दै उनले श्रम नै जीवन, श्रम नै विश्वास, श्रम नै पूजा र श्रम नै प्रसाद भएको उल्लेख गरे।

श्रम जीवन र जगतकाे अपरिहार्य, अविछिन्न र अभिन्न प्रक्रिया हो भन्ने तथ्यलाई आत्मसात् गर्दै रोजगारीको सृजना, श्रमको सम्मान, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन पूर्व प्रधानमन्त्री ओलीले आह्वान पनि गरे।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ। विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरूक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेको उनले बताए।
अर्को समाचार
मंसिर चारपछि एमालेको एकल सरकार हुने ओलीको दाबी
२७ कार्तिक २०७९
•
२ मिनेट पाठ
मंसिर चारपछि एमालेको एकल सरकार हुने ओलीको
दाबी
वीरेन्द्रनगर सुर्खेतमा एमाले अध्यक्ष केपी शर्मा ओली जनसभालाई सम्वोधन गर्दै। तस्विर: गोविन्द /नागरिक
नेकपा (एमाले) का अध्यक्ष केपी शर्माओलीले वीरेन्द्रनगरमा आइतबार भएको जनसभालाई सम्वोधन गर्दै मंसिर ४ गतेपछि एमालेको एकल सरकार हुने दाबी गरे। राष्ट्रिय शक्तिको आवश्यक रहेको भन्दै एमालेबाटै सम्भव भएकाले मंसिर ४ गतेपछि एमालेको सरकार हुने बताएका हुन्।




नेकपा एमाले बाहेक अरुको सरकार अब बन्नै नसक्ने ओलीले जिकिर गरे। ‘मंसिर ४ गतेपछि प्रचण्ड र शेरबहादुरजीको प्रतिपक्ष दलको नेता हुने सल्लाह गर्नुस्।’ ओलीले कटाक्ष गर्दै भने, 'प्रचण्ड जता गयो त्यतै सरकार बन्छ भन्नु अब भ्रमको खेती हो। त्यो जमाना गयो। राजनीतिमा अब विचौलीयाले सरकार बनाउने जमाना गयो।’ हावा गफ गरेको भन्नेहरुले रेलदेखि जहाजसम्म एमालेले चलाएर देखाएको उनले बताए। उनले नेपालमा जे जति कामहरु भएका छन् सबै एमालेले नै गरेको दावी गरे। ‘गठबन्धनभित्रका दलहरुले बनाएको नीति कार्यक्रम घोषणा पत्र हेर्ने हो भने, कसको लागू हुन्छ।’ ओलीले भने, 'पाँच दलमध्ये कसको लागु हुन्छ। घोषणा पत्रमा कार्यक्रम फरक फरक छ। त्यो लागू हुनै सक्दैन्।’ गठबन्धनका दलहरुले जनता अलमल्याउन लागि मात्र निति कार्यक्रम ल्याएको ओलीले बताए। एमाले देशको एउटै राजनिति शक्ति, एउटै घोषणापत्रमा कार्यक्रम ल्याएको हुँदा लागू हुने उनले बताए। 

मध्यान्हतिर दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा आयोजित चुनावी सभालाई सम्वोधन गरेर आएका ओलीले नेपालमा भएका कामहरु आफ्नो पार्टी गरेको दावी गर्दै गठबन्धनले गरेको एउटा काम देखाउन चुनौती दिए। आफ्नो भाषणमा एमाले अध्यक्ष ओलीले बढी समय शेरबहादुर देउवाको आलोचना गरे। ५ पटक प्रधानमन्त्री भएर कुनै एउटा काम गर्न नसकेको आरोप लगाए।

माधव नेपालले झुटको खेती गरेरहेको समेत ओलीले बताए। नेता नेपालले एमालेबाट सानो च्वईटो लगेर पार्टी फुटालेको त्यो मंसिर ४ गतेसम्म मात्र भएको बताए। ‘माधवको पार्टी म्याद सकिएको औषधी जस्तो भएको छ।’ अध्यक्ष ओलीले भने, 'नेपालको नक्कली कुरा सुनेर पार्टी छोडेर जानु भएको छ भनेर चुनाव अगाडी पुरानै पार्टीमा आउनुहोस्। मंसिर चार गतेपछि नेपालको पार्टी शून्य हुन्छ।’  

माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने एमालेलाई सक्न खोज्जे र पार्टीभित्र काम गर्न नदिने आफ्नो घर हिडेंर एमाले झन् राम्रोसँग झाँगिएको बताए। प्रचण्डलाई चुनावपछि एमालेमय हुने भन्दै काँग्रेस बोक्न बाँध बलियो बनाउन समेत सुझाव दिए।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस