लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्तिको वैधानिकतामाथि प्रश्न उठेको छ। यो प्रदेशका जोखबहादुर महरालाई प्रदेश प्रमुख अमिक शेरचनले चैत २३ गते मुख्यमन्त्री नियुक्त गरेका थिए। तर, महरालाई मुख्यमन्त्री नियुक्त गर्नुपहिले प्रदेश प्रमुखले सरकार आह्वान गरेका थिएनन्। संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री रिक्त भएको अवस्थामा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ। तर प्रदेश प्रमुख शेरचनले सरकार गठनका लागि आह्वान नै नगरेर महरालाई बहुमत पुर्याएको भन्दै सिधै मुख्यमन्त्री नियुक्त गरिदिएका हुन्।
संविधानविद् डा. भीमार्जुन आचार्यले यसलाई संविधानको ‘अपालना’ भने। ‘सरकार रिक्त रहेको अवस्थामा संविधानका धारासमेत स्पष्ट खुलाएर सोही धाराअनुसार नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुपर्ने हुन्छ,’ डा. आचार्यले भने, ‘तर सरकार गठनका लागि आह्वानै नगरेर सिधै मुख्यमन्त्री नियुक्त हुने भनेको त संविधानको अपालना हो, संविधानतः यसो गर्न पाइँदैन।’
चैत २२ मा तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका थिए। प्रदेश प्रमुखसमक्ष चौधरीले बुझाएको राजीनामापछि प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि आह्वान हुनुपर्थ्याे। तर गठबन्धनमा आवद्ध दलहरूले २३ गते बहुमत सांसदहरूको हस्ताक्षर बुझाउँदै प्रदेश प्रमुखसमक्ष महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका थिए। सोही बहुमत दाबीअनुसार प्रदेश प्रमुखले सोही दिन नै मुख्यमन्त्री नियुक्त गरिदिएका थिए।
संविधानविद् डा. आचार्यले संविधानको अक्षरशः पालना नहुनु दुुखद भएको बताए। ‘संविधानलाई अक्षरशः पालना गरिनुपर्छ तर यसको अपालना हुनु भनेको यादै दुःखद विषय हो,’ डा. आचार्यले भने, ‘यसलाई अराजकताको नयाँ अभ्यासको प्रारम्भ गरेको भन्न मिल्छ।’
सरकार गठनका लागि संविधानको अपालना हुनु भविष्यका लागि समेत घातक बन्ने डा. आचार्यको विश्लेषण छ। ‘संविधानको पालना नगरेर गरिने यस्ता गलत अभ्यासले भविष्यमा पनि यो खालको गलत अभ्यासलाई बढाउँदै लैजाने हो,’ उनले भने, ‘प्रदेश प्रमुखले नै आफ्नालाई बनाउने नाममा संविधानको अपालना गर्ने हो भने यो गलत संस्कृतिको विकास त अब बढ्दै जाने हो, जुन मुलुकका लागि ठुलो घातक संस्कार बन्नेछ।’
यसैबीच प्रदेश प्रमुखको यो कदमको विरोध प्रदेशसभामा समेत भएको छ। शुक्रबार मुख्यमन्त्री महराले विश्वासको मत लिन बोलाइएको संसद् बैठकमा निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुखले संविधान मिचेको भन्दै संघीयतामाथि प्रदेश प्रमुखबाटै खतरा रहेको बताए।
‘आफ्नालाई मुख्यमन्त्री बनाउने नाममा कानुन, संविधान पल्टाउनुपर्दैन? जे मन लाग्यो त्यो गरेर हुन्छ?’ संसद्मा बोल्दै दलका नेता चौधरीले भन, ‘प्रदेश प्रमुखको भूमिकाले पनि संघयितालाई झन खतरामा पार्ने चुनौती देखापरेको छ।’
कांग्रेसका सांसद वीरबहादुर रानाले पनि मुख्यमन्त्री नियुक्तिका क्रममा प्रदेश प्रमुखले लिएको कदम कति संवैधानिक भन्दै प्रश्न गरे। ‘२३ गते मुख्यमन्त्रीको राजीनामा स्वीकृत भएको छ अनि उसै दिन नयाँ मुख्यमन्त्री चयन गरिएको छ,’ रानाले भने, ‘संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेको खोइ?’
मुख्यमन्त्री महराले पाए विश्वासको मत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन्। शुक्रबारको संसद् बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत पाएका हुन्। महराको पक्षमा ४८ सांसदले मत दिए भने विपक्षमा २८ मत आयो। कुल ८६ सदस्यीय प्रदेशसभामा शुक्रबार मतदान भएको थियो। महराले प्राप्त गरेको मत संसदको बहुमत हो। महरालाई माओवादीसहित एमाले, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टीलगायत दलका सांसदहरूले विश्वासको मत दिए।
कांग्रेसले मुख्यमन्त्री महराको विपक्षमा मतदान गर्यो। राप्रपा तटस्थ रहयो। माओवादी संसदीय दलका नेता महराले चैत २ब्ल्म्एभ्च्४४लदकउसमा मुख्यमन्त्रीको शपथ लिएका थिए। उनी चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका थिए। नयाँ राजनीतिक समीकरण बनेपछि यो प्रदेश सरकारको नेतृत्वमा वर्तमान गठबन्धन हाबी बनेको हो।