गृहमन्त्री समक्ष इलामवासीको माग: सीमा सुरक्षादेखि बाँदर नियन्त्रण सम्म
१७ चैत्र २०८०
•
२ मिनेट पाठ
गृहमन्त्री समक्ष इलामवासीको माग: सीमा सुरक्षादेखि बाँदर नियन्त्रण सम्म
इलामका बासिन्दाले सीमा सुरक्षादेखि बाँदरले किसानलाई दिइरहेको दुःखसम्मका गुनासा संघीय सरकारसँग पोखेका छन्। इलाम आएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग स्थानीयले भारतीय सीमा क्षेत्रमा भइरहेको दशगजा अतिक्रमण, किसानका समस्या र लागु औषध अनियन्त्रित हुँदै गएको भन्दै दर्जनौँ समस्या राखेका हुन्।




इलाम नगरपालिकाका मेयर केदार थापाले इलाम अहिले लागु औषधको भयावह जोखिममा फसिरहेको बताए। उनले लागु औषधको प्रयोग जटिल भइरहेको भन्दै नियन्त्रण आवश्यक रहेको जनाए। उनले भारत निर्यात हुने कृषिजन्य वस्तुलाई क्वारेन्टाइन बहानामा रोक्न नहुने भन्दै भारतबाट आयात भइरहेको गुणस्तरहीन कृषि उपज नियन्त्रण गर्न आग्रह गरे।

इलाम नगरका प्रवक्ता नुतनदेव दुलालले कृषि र पर्यटन इलामको मेरुदण्ड भएपनि यहाँको गुणस्तरीय चिया र दूध विक्रीमा समस्या भइरहेको बताए।

‘नगरपालिकाले चीनमा चिया बेच्न सहजताको प्रयास गरिरहेको छ,’ उनले भने, ‘गृहले नगरलाई आवश्यक सहयोग गरोस्।’ यहाँको चिया भारतले भारतकै उत्पादन भन्दै विश्व बजारमा लगिरहेको भन्दै उनले यसमा संघीय सरकारले ध्यान दिनुपर्ने बताए।

स्थानीय हुकुम थेबेले सीमा क्षेत्रका प्रहरी चौकी भवन जीर्ण भएको बताए। थोरै संख्याका प्रहरी चौकीमा जनशक्ति अभाव भएको, सीमा क्षेत्रका नागरिक भारतीय बजारमा आश्रित हुनुपर्ने समस्या राखे। उनले एक बोरा चामल र एक किलो चिनी ल्याउन पनि सुरक्षाकर्मीबाटै झन्झट दिइने गरेको बताए।

महिला अगुवा रीना घिमिरेले सुन्दर इलाम जीर्ण मेची राजमार्गका कारण कुरूप भएको गुनासो गरिन्। ‘मेची राजमार्गको अवस्था जीर्ण छ,’ उनले भनिन्, ‘बाँदरलगायत जंगली जनावरको आतंकले किसान मारमा छन्, सरकारले हेर्नुपर्छ।’

स्थानीय छिकिन तामाङले सम्पूर्ण उत्पीडित क्षेत्र/वर्गले न्याय पाउनुपर्ने भन्दै उत्पीडितले सहेकै कारण देशमा शान्ति भएको बताए। ‘एकले अर्काको सहअस्तित्व स्विकार्न सक्नुपर्छ,’ उनले भने, ‘हाम्रो संविधान अपुरो छ, संशोधन गर्नुपर्छ।’

होटल व्यवसायी देवी पौड्यालले बाहिरबाट आउने पर्यटकलाई भारतीय रुपैयाँ २५ हजार मात्र ल्याउन पाउने नियम हटाउन माग गरे। ‘भारतीय पर्यटकले यहाँ आएर खर्च गर्छु भन्दा पनि नपाउने सरकारी नीतिले होटल व्यवसाय कसरी उँभो लाग्छ ?’ उनले भने, ‘काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटक आउने वातावरण बनोस्। कोभिडभन्दा पहिला खुला थियो। अचेल किन बन्द भएको हो ?’

स्थानीयको जिज्ञासामा उपप्रधान तथा गृहमन्त्री लामिछानेले साझा एजेन्डामा सबै एक हुनुपर्ने बताए। ‘सामाजिक न्याय, पूर्वाधार विकास, समृद्धिजस्ता मुद्दा साझा हुन्, यसमा दलीय खिचातानी हुन हुँदैन,’ उनले भने, ‘यति धेरै समस्या र माग लिएर हामी धेरै वर्षदेखि दौडिरहेका छौं। विगतमा कामै भएन कि प्राथमिकताअनुसार भएन भन्ने गम्भीर समीक्षा गरौँ।’

उनले नागरिकले दुःख पाउने र तस्करले फाइदा लिने विगतको अभ्यास अब नसहने पनि बताए। ‘नागरिकको सुरक्षा र तस्करी नियन्त्रणमा हामी गम्भीर छौं,’ उनले भने, ‘आत्महत्या र लागु औषधको समस्या इलामको ठूलो समस्या छ, यसको समाधानबारे सुरक्षा निकायसँग छलफल भएको छ।’ उनले सीमा क्षेत्रको समस्याबारे पनि भारतीय राजदूतसँग छलफल भएको बताए।
अर्को समाचार
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
२ मिनेट अघि
•
१ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्रश्न उठाएको छ।




कांग्रेस केन्द्रीय कार्यसमिति बैठकपछि बोल्दै महामन्त्री प्रदीप पौडेलले भारत सरकारले प्रधानमन्त्रीलाई दिएको स्वागत र राजकीय सम्मानलाई दुई देशबिचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धको प्रतिबिम्बका रूपमा व्याख्या गरिएको छ।

भ्रमणका क्रममा भएका केही महत्त्वपूर्ण सहमति र विगतका सहकार्यले निरन्तरता पाएको विषयलाई कांग्रेसले सकारात्मक रूपमा लिएको छ।

विशेषगरी भैरहवा हुँदै प्रवेश गर्ने काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न भएको सहमतिलाई कांग्रेसले स्वागत गरेको छ। यो विषय कांग्रेसले सन् २०७४ देखि उठाउँदै आएको जनाएको छ।

त्यस्तै, भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीपछिको पुनर्निर्माण तथा विकासका लागि भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको सहयोग प्याकेजलाई पनि कांग्रेसले महत्त्वपूर्ण मानेको छ। यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको छ।

तर नेपाल-भारतबिच लामो समयदेखि समाधान हुन नसकेको सीमा विवादजस्ता संवेदनशील विषयले भ्रमणका क्रममा अपेक्षित प्राथमिकता नपाएको कांग्रेसको भनाइ छ।

कांग्रेसले प्रधानमन्त्री पदमा पुग्नुअघि र पदमा रहँदा भारतसँगको सम्बन्ध तथा सीमा विवादका विषयमा बालेन्द्रले दिएका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबिच विरोधाभास रहेको टिप्पणी गरेको छ।

कांग्रेसले यसलाई प्रधानमन्त्रीको कथनी र करणीबिचको विरोधाभास भन्दै कूटनीतिक संवेदनशीलताको अभाव र अपरिपक्वताको संकेत भएको बताएको छ।

त्यस्तै, भारतसँग भएका सहमति कार्यान्वयनका लागि सरकारले स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्नुपर्ने कांग्रेसको माग छ। विकास सहयोगको अनुदान र ऋण कुन क्षेत्रमा कसरी परिचालन हुन्छ भन्ने विषय पनि संसद् र नागरिकलाई जानकारी गराउनुपर्ने कांग्रेसले जनाएको छ।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
यो पनि पढौँ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस