नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पश्चिम तराईका जिल्लामा गरिरहेको संवाद यात्रा आज पनि जारी छ।
थापाले आज कपिलवस्तुको लबनीमा खुला संवाद, तौलिहवास्थित कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया, महाराजगञ्ज नगरपालिकामा जनप्रतिनिधि संवाद, बहादुरगञ्जमा चिया संवाद र चन्द्रौटामा खुला अन्तरक्रिया गरेको जनाएका छन्।
संवाद र भेटघाटमा आम जनताको दैनिकीसँग जोडिएका समस्या, मल विउ सिँचाइ, श्रम रोजगार, शिक्षा स्वास्थ्यदेखि राजनीतिक विषयमा चासो–चिन्ता र अपेक्षा सहितका सुझाव आएको थापाले बताएका छन्। ‘ती विषय समाधानमा निरन्तर लाग्ने नै छु। यात्रा निरन्तर छ...!’, सामाजिक सञ्जालमा उनले लेखेका छन्।
दाङ र बाँकेमा पर्ने हुलाकी राजमार्ग आसपासका समुदायसँग पनि आजै संवाद हुने महामन्त्री थापाले जनाएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको मुख्य ‘एजेण्डा’ हुनुपर्ने बताएका छन्। ‘समुदायमा कांग्रेस संवाद कार्यक्रम’का क्रममा आज धनगढीमा अयोजित कार्यक्रमा महामन्त्री थापाले विकासका सावलमा दलहरुबीच राष्ट्रिय बहस छलफल गरी साझा धारणा बनाउन, भ्रष्टाचार निर्मूल गर्न र कानुनी शासनलगायतका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए।
पार्टीको एजेण्डा २०८४ का लागि नभइ आज देखिएका यावत समस्याको समाधानका लागि हुनुपर्ने बताउँदै उनले भने, ‘वर्ष २०८१ लाई पार्टी शुद्धीकरण र पुनःजागरणको वर्ष बनाउनुपर्छ, एकवर्ष कांग्रेसले सिंहदरबार, बालुबाटार नहेरी राष्ट्रका मुख्य–मुख्य समस्या समाधान खोज्न पहल गर्नुपर्ने बेला आएको छ।’
पार्टीको भविष्यको नीति योजना बनाउनका लागि संवाद यात्रामा आएका सुझावले टेवा पुर्याउने उनको भनाइ छ। पार्टी सञ्चालन प्रक्रिया त्रुटिपूर्ण हुँदा पार्टीमा गुट उपगुटको समस्या देखिएको भन्दै उनले गुटबन्दीविरुद्ध उपचार खोज्ने बेला आएको उनले बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...