लुम्बिनी प्रदेश: सर्वदलीय सरकार बनाउन कांग्रेसको कसरत
०८ चैत्र २०८०
•
३ मिनेट पाठ
लुम्बिनी प्रदेश: सर्वदलीय सरकार बनाउन कांग्रेसको कसरत
नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा आफ्नै नेतृत्वमा सर्वदलीय सरकार निर्माणका लागि कसरत गर्ने भएको छ। हालकै नेतृत्वको सरकारमा सबै दलहरुलाई समाहित गरेर केही समय वर्तमान नेतृत्वको सरकारलाई नै काम गर्न दिने वातावरण बनाउने निर्णय कांग्रेसले गरेको छ।




कांग्रेस नेता डा. शेखर कोइराला सहित रुपन्देहीमा बसेको कांग्रेस लुम्बिनी प्रदेशको बैठकले आफ्नै नेतृत्वमा सर्वदलीय सरकार गठन गर्ने निर्णय गरेको हो।

‘अहिलेको नेतृत्वको सरकारमा सबै दलहरुलाई सहभागी गराएर सर्वदलीय सरकार निर्माणका लागि पहल गर्ने भन्ने निर्णय गरिएको छ,’ कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने ‘हामीहरु सर्वदलीय सरकार गठनको प्रयासमा लाग्ने छौँ।’

कांग्रेसले यसलाई प्रदेशको समग्र विकास र प्रदेशको औचित्य पुस्ट्याइँका लागि गतिलो कदम भनेको छ। प्रदेश तहमाथि व्याप्त नकारात्मक धारणालाई चिर्न सरकार फेरबदल गर्न नहुनेमा दृढ नेपाली कांग्रेसले प्रदेशको समग्र विकासका लागि सरकारको स्थायित्व अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।

‘छिनछिनमा हुने सत्ता फेरबदलले प्रदेशको समग्र विकासमा असर गर्छ, यसले प्रदेश प्रीत व्याप्त नकारात्मक धारणालाई थप विकास गर्छ,’ सभापति पुनले भने ‘फलतः सरकारलाई स्थायित्व दिएर प्रदेशको विकासमा सबै दलहरु एकमत हुनुपर्छ भन्ने कांग्रेसको भनाई हो।’

प्रदेशमा रहेका सबै साना दलसँगै एमाले तथा माओवादीलाई सर्वदलीय सरकार निर्माणका लागि मनाउने कसरतमा कांग्रेस देखिएको छ। ‘साना दलहरु सहित एमाले र माओवादीका साथीहरुलाई पनि प्रदेशको हितका निम्ति सर्वदलीय सरकार निर्माण गरौँ भनेर हामी अनुरोध गर्छौँ,’ सभापति पुनले भने ‘सत्ता फेरबदलले प्रदेशलाई फाइदा गर्दैन भन्ने महसुस उहाँहरुलाई हुनुपर्छ र हामी गराउँछौँ।’

केन्द्र तहमा जस्तो खालको सत्ता समीकरण निर्माण भएपनि त्यो समीकरणको प्रभाव प्रदेश पारिन नहुनेमा कांग्रेसको जोडबल छ। प्रदेश तहको विकासका लागि सबै दलहरु बिच सहकार्यको वातावरण कायम हुनै पर्ने भन्दै सभापति पुनले भने ‘केन्द्रमा जस्तो समीकरण बनेपनि प्रदेश तहको विकासका लागि यहाँ फरक ढंगबाट दलहरु अगाडी बढ्न सक्नु पर्छ भन्ने हाम्रो जोडबल हो।’

सबै दलहरु सर्वदलीय सरकार निर्माणमा सहमत भए सत्ता नेतृत्व आलोपालो गर्न सकिने प्रस्तावलाई अघि सारेको छ। अहिले कायम कांग्रेस नेतृत्वको सरकारलाई आगामी बजेट अवधि सम्म निरन्तरता दिएर त्यसपछि सरकारको नेतृत्व अरु दललाई छोड्न सकिने विकल्प दिएर कांग्रेसले छलफलको थालनी गर्ने भएको छ।

‘अहिले हाम्रो नेतृत्वको सरकारमा सबै दलहरु सहभागी हुने र यो सरकारलाई केही समय निरन्तरता दिएर केही समय पछि अर्को दलको नेतृत्वमा सरकार निर्माण गर्न सकिने विकल्पमा रहेर हामी दलहरूसँग छलफल गर्छौँ,’ सभापति पुनले भने ‘हाम्रो यो प्रस्तावमा सबै दलहरु सहमत हुन सके समग्र प्रदेशको हित हुने छ।’

अन्यथा सत्ताको नेतृत्वका लागि हुने प्रतिस्पर्धाले राजनीतिक प्रतिस्पर्धा मौलाउने र यसले प्रदेशको हितलाई प्रभावित बनाउने कांग्रेसको ठम्याई छ। ‘सर्वदलीय सरकार बनेन भने सत्ता तानातानमा जान्छ, यसले राजनीतिक प्रतिशोधको विकास गर्छ,’ सभापति पुनले भने ‘प्रदेश तहमा राजनीतिक प्रतिशोध विकसित हुनु भनेको प्रदेशलाई प्रगतिको बाटोमा बाधा पुर्‍याउने नै हो।’

बैठकमा सहभागी मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि वर्तमान सरकारले अपेक्षा अनुसारको काम गर्न विभिन्न कारणले गर्न नसकिरहेको भन्दै सरकारले लिएको लक्ष अनुसारको काम गर्ने वातावरण निर्माणका लागि सर्वदलीय सरकार निर्माणमा जोड दिएका थिए।

यसैगरी कांग्रेसले संगठन सुदृढीकरण अभियान चलाउने निर्णय पनि गरेको छ। प्रदेशका १ सय ९ पालिकामा कांग्रेस प्रदेश समितिले प्रतिनिधि खटाएर कांग्रेसको संगठनलाई थप मजबुत बनाउने अभियानको थालनी गर्ने निर्णय गरेको छ। कांग्रेस लुम्बिनी सभापति पुनका अनुसार यी प्रतिनिधिहरू पालिकामा तीन महिना सम्म रहनेछन्।

‘कांग्रेसको सांगठनिक अवस्था, त्यहाँको अन्य बस्तु स्थिति लगायत आम नागरिकको अपेक्षा सहितको अध्ययनका लागि यो अभियानको प्रारम्भ गर्ने निर्णय गरिएको हो,’ सभापति पुनले भने ‘तीन महिनासम्म पालिका तहमै खटिएर त्यहाँको समग्र बस्तु स्थिति बारे कांग्रेस प्रदेश समितिले जानकारी लिनेछ र त्यहाँको आवश्यक्ताका आधारमा पार्टीले आफ्नो मुभमेन्ट बनाउने छ, यसले गर्दा पार्टी संगठन बलियो बनेर जाने छ।’

यो अभियान तत्कालै सुरु गर्ने कांग्रेस सभापति पुनले जानकारी दिए।
अर्को समाचार
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
६ मिनेट अघि
•
१ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।




काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकपछि बोल्दै महामन्त्री प्रदीप पौडेलले कांग्रेसले संविधान, लोकतन्त्र, विधिको शासन र संवैधानिक संस्थाको मर्यादाविपरीत सरकार अघि बढेको आरोप लगाएका हुन्। 

उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच र प्रवृत्तिमै समस्या देखिएको कांग्रेसको निष्कर्ष छ।

संसद्प्रति सरकार जवाफदेही हुन नचाहेको, संसदीय समितिलाई बेवास्ता गरेको र संसद् छल्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको उनको आरोप छ।

पौडेलले प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ का घटनासँग जोडिएका संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्शबिना ल्याइएका अध्यादेश तत्काल फिर्ता लिन माग गरेका छन्। 

त्यस्तै, कांग्रेसले संसद्को अधिवेशन आह्वान गर्न र संवैधानिक सीमा तथा संस्थागत मर्यादाको पूर्ण पालना गर्न सरकारलाई आग्रह गरेको छ।

महामन्त्री पौडेलले सरकारको विरोधी भएकै कारण निर्दोष व्यक्तिलाई अनुसन्धान र कारबाहीमा तान्नु राज्यशक्तिको दुरुपयोग भएको बताए। सरकारनिकट व्यक्तिलाई संरक्षण गर्ने र विरोधीलाई लक्षित गर्ने प्रवृत्ति पनि गलत भएको उनको भनाइ छ।

सरकारका सकारात्मक काममा सहयोग गर्ने प्रतिबद्धता कायमै रहेको उल्लेख गर्दै उनले संविधान, लोकतन्त्र र नागरिक अधिकारमाथि हुने हस्तक्षेपको प्रतिरोध गर्ने चेतावनी दिएका हुन्। 

कांग्रेसले आफ्नो संयमलाई कमजोरी नठान्न सरकारलाई चेतावनीसमेत दिएको छ। अब संसद्, सार्वजनिक मञ्च र लोकतान्त्रिक विधिबाट सरकारका गतिविधिमाथि निरन्तर निगरानी र खबरदारी गर्ने निर्णय बैठकले गरेको महामन्त्री पौडेलले जानकारी दिएका हुन्। 
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
यो पनि पढौँ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस