नेकपा (एकीकृत समाजवादी) आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि उम्मेदवार चुन्ने विषयको छलफलमा छ।
पार्टी वा सम्भावित बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्ने अवस्था आए कसलाई उम्मेदवार बनाउने भन्नेमा पार्टीभित्र छलफल चलिरहेको पार्टी स्रोतले जनाएको छ।
अहिलेसम्मको अवस्थामा पार्टीले एकल रूपमा उम्मेदवारी दिनेबारे निर्णय भएको छैन। तर, वाम दलको साझा उम्मेदवार बन्ने अवस्था आए पार्टीको तर्फबाट ‘हेभिवेट’ उम्मेदवारलाई अघि सार्ने कि जिल्ला तहकै उम्मेदवारलाई भन्नेमा छलफल गर्दै छ।
आज (बिहीबार) नेकपा (एस) को २ नम्बर क्षेत्रीय कमिटी र त्यसअन्तर्गतका प्रदेशसभा निर्वाचन क्षेत्र कमिटीको संयुक्त बैठक जिल्ला सदरमुकाममा बसिरहेको छ। पार्टी नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) सहितको वाम गठबन्धन बन्ने अवस्था आए आफू उम्मेदवार बन्ने इच्छा व्यक्त गरिसकेका छन्। तर, एमालेबाट कुनै प्रतिक्रिया नआएपछि उनी उम्मेदवार बन्ने अझै टुङ्गो भइसकेको छैन।
‘केपी कमरेड (केपी शर्मा ओली) सँग वाम गठबन्धन र मेरो उम्मेदवारीबारे केही दिनअघि नै कुरा भएको थियो, हामीले हाम्रोतर्फबाट आफ्ना कुरा राखिसकेका छौँ,’ खनालले बिहीबार अपराह्न नागरिकन्युजसँग भने, ‘तर, केही दिनमा निर्णय दिने कुरा गरेको एमालेले अहिलेसम्म कुनै जबाफ दिएको छैन।’
खनाल ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र १ बाट पराजित भएका थिए। उनलाई एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले हराएका थिए। बस्नेत २५ हजार सात सय ५३ मत ल्याएर विजयी हुँदा खनालले २३ हजार ८९ मत ल्याएका थिए।
खनालले वाम गठबन्धनको साझा उम्मेदवार बन्ने अवस्थामा आफू पनि तयार नै रहेको बताइसकेका छन्। ‘वाम दलको साझा उम्मेदवार बन्ने अवस्था आउँदा तपाईँ नै बन्नुपर्छ भन्ने नेता–कार्यकर्ता एमालेमा पनि छन्,’ उनले भने, ‘तर, चाँडै एमालेबाट निर्णय आयो भने मात्रै हो, ढिलो भयो भने म उम्मेदवार बन्दिनँ।’
यता, नेकपा (एस) को क्षेत्रीय कमिटी बैठकमा भने जिल्ला अध्यक्ष भक्त केसीलाई उम्मेदवार सिफारिस गर्नेबारे पनि छलफल भइरहेको एक नेताले जानकारी दिए।
‘सम्भवतः हाम्रो दलले एकल रूपमा उम्मेदवारी दिँदैन । तर, वाम दलको साझा उम्मेदवार बन्दा पनि खनाल (झलनाथ खनाल) कमरेडभन्दा केसी कमरेडले जित्ने सम्भावना बढी छ कि भन्ने विश्लेषण पनि जिल्ला पार्टीमा छ,’ उनले भने, ‘उम्मेदवारीबारे आज–भोलि नै केही न केही निर्णय आउँछ होला।’
एमाले नेता सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि इलाम क्षेत्र-२ मा उपनिर्वाचन हुन लागेको हो।
२०७९ को निर्वाचनमा नेम्बाङ ३० हजार २० मत ल्याएर विजयी बनेका थिए। नेकपा (एस) समेतको गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए।
समानुपातिकतर्फ यो क्षेत्रमा नेकपा ९एस०ले पाँच सय ८६ मत ल्याएको थियो। एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, नेकपा (माओवादी केन्द्र) ले पाँच हजार एक सय ५३ र राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ८६ मत ल्याएका थिए।