गठबन्धनले खोसेको प्रदेशको ‘स्वायत्तता’
२९ फागुन २०८०
•
४ मिनेट पाठ
गठबन्धनले खोसेको प्रदेशको ‘स्वायत्तता’
नयाँ गठबन्धनमा समाहित मधेसवादी दल जनता समाजवादी पार्टी वर्तमान सरकारमा सामेलसमेत भयो। पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानसहित स्वास्थ्य मन्त्रालय सम्हाल्दा पार्टीकै नवलसिंहकिशोर शाहले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।




वर्तमान गठबन्धनमा सहभागी यो दलका अध्यक्षसहित अर्का एकजना संघीय सरकारमा सहभागी हुनुलाई प्रदेश तहका नेताहरूले भने खासै प्रभावकारी कदम मानेका छैनन्। केन्द्रमा हुने सहमतिबमोजिम नै आफूहरूको प्रदेश तहको प्रभाव कमजोर बन्ने भन्दै जसपाका प्रदेश सांसदले प्रदेश तहमा आफूहरूको निर्णय गर्ने अधिकार गुमेको महसुस गरेका छन्।

‘केन्द्रमा हुने तालमेलले हामीलाई प्रदेश तहमा प्रभावकारी भूमिका निर्वाह गर्न सकस हुने गरेको छ,’ जसपाका एक सांसदको भनाइ उद्धृत गर्दै कांग्रेसका एक नेताले भने, ‘केन्द्रीय निर्णय भन्दै जसरी पार्टी अर्को गठबन्धनमा गएको छ, यसले प्रदेशमा पार्टीको प्रभाव धेरै कम गराउने काम गरेको छ।’

पार्टीका केन्द्रीय अध्यक्ष यादव नयाँ गठबन्धनमा समाहित हुँदै सरकारमा उपप्रधानमन्त्रीका रूपमा प्रवेश पनि भइसके। तर, लुम्बिनी प्रदेशमा जसपाका भण्डारीलाल अहिर कांग्रेस नेतृत्वको सरकारमा अहिले पनि मन्त्री छन्। कृषि तथा भूमि व्यवस्थापन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका अहिर आफू कुन पक्षीय भन्नेमा अन्योलमा छन्।

वर्तमान सत्ता गठबन्धन पक्षीय वा कांग्रेससँगको गठबन्धनको मन्त्री भन्ने अन्योलमा रहेका अहिरले भने, ‘मलाई मन्त्रालय छोड्ने भनेर कुनै निर्देशन भएको छैन, म सरकारमै बसिरहेको छु।’

आफ्नो पार्टी नयाँ गठबन्धनमा सहभागी भएपछि प्रदेशमन्त्री अहिरले अब आफूले के गर्ने भन्नेबारेमा केन्द्रमा सोधेका समेत थिए। तर उनलाई अहिले नआत्तिन भनेर सम्झाइएको थियो। ‘हाम्रो पार्टी अहिलेको नयाँ गठबन्धनमा गएपछि मेरो मन्त्री पद मैले त्याग्ने कि के गर्ने भन्ने अन्योल मलाई स्वाभाविकै रूपमा हुने भयो,’ अहिरले भने, ‘मलाई सरकार छोड्न पनि भनिएन, अनि मैले आफैं सोधेँ र केन्द्रबाट चाहिँ मलाई अहिले नआत्तिनुस् सरकारमै बसेर काम गरिराख्नुस् भन्नुभयो अनि अहिले सरकारमै बसेर काम गरिरहेको छु।’

प्रदेशमन्त्रीका रूपमा रहेका अहिरलाई प्रदेश तहमा निर्णय लिने स्वायत्तता पार्टीले दिँदैन। पार्टी केन्द्रले निर्देशन दिनासाथ उनले सरकार छोड्नैपर्ने हुन्छ र केन्द्रले जता भन्यो उतै लुरुलुरु जानैपर्छ। ‘मेरो मन्त्री पद रहने, नरहने भन्ने निर्णय गर्ने अधिकार मसँग कहाँ छ र?,’ उनले भने, ‘जुन दिन केन्द्रबाट निर्देशन आउँछ, त्यही दिन मन्त्री पदबाट राजीनामा दिनुपर्छ, मैले सरकारमा बसेर काम गर्न हुुन्छ कि हुन्न भन्ने अधिकार केन्द्रकै हो।’

यसलाई उनले संघीयताको अभ्यासका रूपमा अथ्र्याउँछन्। प्रदेश तहमा कसरी कुन दलसँग सहकार्य गरेर जाँदा पार्टीलाई सहज हुने भन्ने प्रदेश तहले बुझेको हुने र त्यो अधिकार पनि प्रदेशलाई नै कायम गरिनुपर्ने उनी बताउँछन्। तर, केन्द्रमा हुने राजनीतिक समीकरणका कारण प्रदेशमा समेत पार्टीको प्रभाव कमजोर पार्ने मन्त्री अहिरको भनाइ छ। लुम्बिनी प्रदेशमा यो दलका तीनजना सांसद छन्।

जनता समाजवादी पार्टी मात्रै हैन, सीमीत भूगोलमा मात्रै प्रभाव पारेर भेगीय राजनीतिमा सीमित राजनीतिक शक्तिलाई केन्द्रमा हुने राजनीतिक समीकरणका आधारमा समिकरण बदल्नुपर्दा आफ्नो प्रभाव रहेको क्षेत्रमा पकड जमाउन सकस रहन्छ।

केन्द्रमा हुने राजनीतिक समीकरणले सिमित व्यक्ति संघीय सरकारको मन्त्री बन्ने तर प्रदेश तहलाई समेत केन्द्र निर्देशित हुँदा प्रदेश तहमा यस्ता राजनीतिक दलहरूको प्रभाव कायम गर्न गारो हुने दलहरू बताउँछन्।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आफ्नो प्रभाव कायम गरेको नागरिक उन्मुक्ति पार्टीका प्रदेश तहका नेता तथा सांसद केन्द्रमा हुने समीकरणको छायाँ प्रदेश तहमा नपरोस् भन्नेमा छन्। प्रदेश तहको आवश्यकता पहिचान पार्टीको प्रदेश नेतृत्वले नै बुझेको भन्दै यो दलका सांसदहरू केन्द्रमा हुने गठजोड अनुरूप प्रदेश तहको समीकरण निर्माणका लागि निर्देशन नआओस् भन्ने चाहेका छन्। ‘केन्द्र तहमा कस्तो समीकरण बन्ने वा बनाउने भन्ने कुरा त्यो पार्टी केन्द्रले गरोस्,’ यो पार्टीका लुम्बिनी प्रदेशसभाका एक सदस्यले भने, ‘तर केन्द्रमा हुने समीकरणको निर्णय प्रदेश तहमा नलादियोस् भन्ने चाहना धेरै साथीहरूको छ।’

केन्द्रमा हुने समीकरण प्रदेशको हित अनुकूल बन्न नसक्ने अवस्थालाई दृष्टिगत गरेर केन्द्रले प्रदेश तहलाई स्वायत्त छोडिदिनु पर्ने तर्क ती सांसदको छ। ‘प्रदेशमा को कसँग कसरी सहकार्य गरेर अगाडि बढ्दा सहज हुन्छ र सोहीअनुसारको निर्णय गर्ने अधिकार पार्टीको प्रदेश पंक्तिमै छोडिदिनुपर्छ,’ ती सांसदले भने, ‘प्रदेशको आवश्यकता र पार्टीको फाइदाका लागि प्रदेश तहले नै आवश्यक समीकरण गरेर अगाडि बढ्छन्।’ लुम्बिनीमा नागरिक उन्मुिक्तका चार सांसद छन्। यो प्रदेशमा यी चार सांसदको निर्णय निर्णायक बन्नुपर्ने ती सांसद बताउँछन्।

भेगीय राजनीतिमा स्थापित भएका दल मात्रै हैन, राष्ट्रियस्तरमै स्थापित ठूला राजनीतिक दलले समेत संघीयताको मर्मअनुसार प्रदेश समितिलाई निर्णयको अधिकार भने प्रदान गरेका छैनन्। यी दलले पनि केन्द्रीकृत प्रणाली प्रदेश तहमा लादिरहेकै छन्। तर, राष्ट्रियस्तरमा स्थापित राजनीतिक दललाई भन्दा भेगीय राजनीतिमा मात्रै सीमित दललाई समीकरण अदलबदलले बढी असर पार्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।
अर्को समाचार
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
१ मिनेट अघि
•
१ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।




देउवा समूहले चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले बैठकका निर्णय सार्वजनिक गरे।

पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला र महाधिवेशनका नाममा गतिविधि सञ्चालन भइरहेकोप्रति केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण भएको पौडेलले बताए।

‘यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्‍याउनुका साथै आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान् सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ,’ महामन्त्री पौडेलले भने।

पार्टीको आग्रह र अपिलविपरीत अनधिकृत गतिविधि सञ्चालन गरे विधान तथा प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाउने निर्णय बैठकले गरेको छ।

‘आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढंगले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुनबमोजिम आवश्यक कारबाही गर्न कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय यो बैठक गर्दछ,’ बैठकको निर्णयमा उल्लेख छ।

पौडेलका अनुसार बैठकले कांग्रेसको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न-नगराउन र आधिकारिक गतिविधिका रूपमा प्रचारप्रसार नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

देउवा समूहले भ्रमपूर्ण कार्य गरिरहेको भन्दै बैठकले त्यस्ता कार्यमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुकहरूमा हार्दिक अपिलसमेत गरेको छ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
यो पनि पढौँ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस