सरकारमा रहेका दलहरुको किचलोका कारण लुम्बिनी प्रदेशसभाले हिउँदे अधिवेशन सुरु हुनु अघि बिषयगत समिति नपाउने देखिएको छ।
प्रदेशसभाको हिउँदे अधिवेशन आगामी १८ गते देखि सुरु हुँदैछ। तर सरकारमा रहेका दलहरु बिच सहमती कायम हुन नसक्दा संसदका बिषयगत समिति अपूर्ण नै रहने भएका हुन्। सरकारका एक मन्त्रीले संसदका बिषयगत समितिले संसदको हिउँदे अधिवेशन अगावै पूर्णता नपाउने बताए। ‘अब बिषयगत समितिको नेतृत्व चयनको काम चैत महिनामा जान सक्छ,’ ति मन्त्रीले भने ‘१८ गते अगाडी समितिले नेतृत्व नपाउने अवस्था छ।’
उनका अनुसार १८ गते देखि हिउँदे अधिवेशन प्रारम्भ हुने र १९ गते प्रदेशसभालाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने छन्। त्यसपछि संसदको बैठक स्थगित हुने बताईएको छ। प्रदेश सरकारले विदेशी अति बिशिष्ट व्यक्तिहरुसंग लुम्बिनीमा कार्यक्रम आयोजना गर्न लागेकाले संसदको बैठक स्थगित हुने र सरकार उक्त कार्यक्रमको तयारीमा लाग्ने बताईएको छ।
यो कार्यक्रम आगामी २८ र २९ गते हुँदैछ। ‘१८ गते संसदको अधिवेशन प्रारम्भ हुन्छ र १९ गते संसदलाई प्रधानमन्त्री ज्यूले सम्बोधन गर्नुहुनेछ,’ सरकार स्रोतले भन्यो ‘त्यसपछि बिदेशि विशिष्ट व्यक्तिहरुसंग कार्यक्रम गर्नु पर्ने भएकाले सरकार त्यसको तयारीमा लाग्छ, यो बेला संसद स्थगित हुन्छ।’ यो कार्यक्रम सकिएपछि संसदका अरु बैठक चैतमै बस्ने स्रोतले बतायो। विषयगत समितिको नेतृत्व चयनको प्रकृृया पनि त्यहि बेला हुने बताइएको छ। सरकारमा रहेका ठूला दल र साना दलहरु बिच बेमेल बढेपछि संसदीय समितिको नेतृत्व चयनको बिषयजटिल बन्दै गईरहेको छ। सरकारमा रहेका साना दलहरुले समेत बिषयगत समितिको नेतृत्व पाउनु पर्ने अडान लिएपछि सरकारमा रहेका ठूला दल कांग्रेस र माओवादीलाई साना दलहरुको माग सम्बोधन गर्न असहज बनिरहेको छ। यो असहजताकै कारण सरकारले बिषयगत समितिको नेतृत्व चयनको प्रकृया नथाल्न संसदलाई आग्रह गर्दै आएको छ। सरकारको यो आग्रहका कारण संसदले पनि बिषयगत समितिको नेतृत्व चयनको प्रकृया अगाडी बढाउन सकिरहेको छैन। यो प्रदेशमा ६ बिषयगत समिति छन्।