गृहमन्त्री श्रेष्ठ र यातायातमन्त्री ज्वालाले तत्काल राजीनामा दिनुपर्छ: सांसद दाहाल
११ फागुन २०८०
•
१ मिनेट पाठ
गृहमन्त्री श्रेष्ठ र यातायातमन्त्री ज्वालाले तत्काल राजीनामा दिनुपर्छ: सांसद दाहाल
राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेकी छिन्।




शुक्रवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आरती साह र मिटरब्याज पीडितलाई न्याय दिन नसकेको भन्दै गृहमन्त्री श्रेष्ठ र बालकुमारी घटनाका दोषी ठहर भएको हुनाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेकी हुन्। सांसद दाहालले वर्तमान सरकार पूर्णत असफल भएको जिकिर समेत गरिन्।

उनले भनिन् ‘सरकार आलटाल गरिरहेको छ। माननीय मन्त्रीज्युले राजीनामा दिनु पर्दैन? आज आरती साहको परिवारले न्याय पाउन सकेका छैनन। र उनीहरु न्यायको माग गरिरहेका छन्। राज्य कहाँ हो भनेर खोजिरहेका छन्। यति घट्दा खटिसक्दा गृहमन्त्रीज्यु कहाँ हुनुहुन्छ, उहाँले के गनु भयो? आज न आरतीय साहको परिवारले न्याय पाउन सक्यो, न मिटरब्याजीहरुले न्याय पाउन सके। न बालकुमारी घटनाका पीडतले न्याय पाउने सके। हिजो विगतलाई कोट्याएर घायल बन्नभन्दा अब के गर्ने हो, सुनौलो मौका छ। काम गरे भयो नि त। त्यसैले यो असफल सरकार भएको छ। असफल सरकारका गृहमन्त्रीको राजीनामा माग्दछु। र बालकुमारी घटनाका दोषी मन्त्रीज्युलाई स्पष्टिकरण पनि सोधिँदैन, जवाफ पनि दिनुहुन्न। उहाँले पनि म राजीनामाको माग गर्न चाहन्छु।’
अर्को समाचार
काँग्रेस सांसद रायमाझीको आरोप: सरकार जनताप्रति जवाफदेही भएन
१४ फागुन २०८०
•
२ मिनेट पाठ
काँग्रेस सांसद रायमाझीको आरोप: सरकार जनताप्रति जवाफदेही भएन
नेपाली काँग्रेसबाट राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझीले सरकारले जनताप्रति जवाफदेही बन्न नसकेको आरोप लगाएका छन्।




सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले निर्वाचित भइसकेपछि जनतातिर फर्किन नसकेको बताए। सरकारले एउटा कानले सुन्ने र अर्को कानले उडाउने मात्रै काम गरिहरेको उनले बताए। उनले सरकारले गरेका निर्णय ६ महिनापछि उल्टिरहेको बताए। संसद सांसदले बोल्नै मात्रै थलो हो की बोलेका कुरा सरकारले चासो दिएर सुन्नुपर्छ भन्दै प्रश्न गरे।

उनले राष्ट्रिय सभाबाट उत्पत्ति भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट तुहिने अवस्थामा पुगेको बताए। उनले प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको विधेयक तुहाउने काम गर्ने हो भने संघीय संसदको गरिमा के हुन्छ? भन्दै प्रश्न गरे।

उनले भने, ‘राष्ट्रिय सभाबाट उत्पत्ति भएको एउटा विधेयक जुन मर्यादा विधेयक यहाँबाट सर्वसम्मत हुँदै प्रतिनिधि सभामा गएको छ। त्यो प्रतिनिधि सभाबाट फर्किएर आउने हो की होइन? प्रतिनिधि सभाले त्यसलाई टेबुल त गरेको छ। तर प्रतिनिधि सभामा मन्त्रीहरुको अभिव्यक्ति सुन्दा मन्त्रीहरुसँग भेट्दा त्यो विधेयक बनाउँदै गर्दा र सरोकारवाला मन्त्रीसँग भेट्दा विधेयकको बारेमा छलफल गर्दा र हामी सर्वदलीय रुपमा भेट्दा यो विधेयक गृह मन्त्रालयको हक अधिकार भित्र पर्दछ भन्नेकुरा आयो। राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको सभामुखलाई माथि राखेर प्रधानन्यायाधीशलाई तल राखेको विषयमा एउटा ठूलो भूकम्प नै गएको थियो। त्यो विधेयक यहाँबाट सर्वसम्मत रुपमा गएको छ । राष्ट्रिय सभाबाट गएको विधेयक प्रतिनिधि सभाले तुहाउने काम गर्‍यो भने संघीय संसदको गरिमा के हुन्छ? गीतमा एउटा श्लोक छ, कर्म गर्नु, फलको आशा नगर्नु। आज नेपाली जनताले त्यही कुरा आशा गर्नुपर्ने हो? कर्म गरे, आफ्नो निर्वाचन क्षेत्रमा मत हाले, जिताए तर जनताले आशा गर्ने काम गर्ने हो की होइन। निर्वाचित भइसकेपछि जनतातिर फर्किनै सकेका छैनौँ। जनताले चाहेको कुरा खोजिरहेका छौँ की छैनौँ। सरकारले एउटा कानले सुन्ने र अर्को कानले उडाउने मात्रै काम गर्ने भए के हुन्छ। मिटरब्याजी पीडित आएका छन्। सरकारले कति रह्यो निर्णय र कानूनको काम। सरकारले गरेका निर्णय ६ महिनापछि उल्टिरहेको छ। सांसदले उठाउने मात्रै थलो हो यो। कार्यान्वयन गर्नुपर्छ की पर्दैन?’
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस