पूर्वप्रधानमन्त्री झलनाथ खनालले सपना देख्न नसक्दा देशले गति लिन नसकेको बताएका छन्। उनले नयाँ संविधान बनेपछि तीन सरकार निर्माण भएपनि देशको अवस्था सुध्रिन नसकेको बताए।
इलाम नगरपालिका–१, साखेजुङमा सञ्चालित रत्नकुमार बान्तवा बहु प्राविधिक शिक्षालयको औपचारिक उद्घाटन गर्दै खनालले भने, ‘अहिलेका प्रधानमन्त्री प्रचण्ड पनि आफूले गरेको काम आफैं बताउन सकिरहनुभएको छैन, आफूले गर्नुपर्ने जति गर्नै नसकेको स्विकार्नु भएको छ।’
खनालले देशमा भयावह आर्थिक संकट आएको बताए। ‘अहिले कर्मचारीलाई तलब दिन पुग्ने गरी नै राजस्व उठेको छैन,’ उनले भने, ‘मान्छेले सपना देख्नुपर्छ, राति देख्ने औपचारिक सपना होइन, साँच्चीकै सपना देख्नुपर्छ।’
खनालले आफ्नै जन्म गाउँ साखेजुङमा निर्मित शिक्षालयका लागि यसअघि ५६ रोपनी जग्गासमेत दान दिएका थिए। ‘मैले यो जमिन पनि पछि केही हुन्छ भन्ने सपना देखेरै दिएको हुँ,’ उनले भने, ‘कमसेकम प्राविधिक शिक्षा दिन सकियो भने देशले गति लिन्छ, युवा बिदेसिनु पर्दैन भन्ने मेरो सपना हो।’
उनले ‘विद्या धनम् सर्व धनम् प्रधानम्’ लाई अब ‘विद्या दानम् सर्व दानम् प्रधानम्’ भन्ने उक्ति बनाउनुपर्ने बताए। ‘अहिले देशमा जति पनि संकट छन्, शिक्षा र चेतना अभाव पनि त्यसको कारण हो,’ उनले भने, ‘बालबालिकादेखि नै शिक्षाको चेतना जगाउनुपर्छ।’
खनालले देशको औपचारिक शिक्षाको पाठ्यक्रम नै आमुल परिवर्तन गरी व्यावहारिक शिक्षा दिन सुझाव दिए। ‘हाम्रो पाठ्यक्रम थोत्रो भइसक्यो, अब देश विकासको ग्यारेन्टी गर्ने शिक्षा दिनुपर्छ,’ उनले भने, ‘नैतिक शिक्षा भन्ने त झन् छँदै छैन, हाम्रा भाइ–बहिनी छाडा भएका छन्। प्राविधिक शिक्षा व्यापक बनाउनुपर्छ।’
खनालले यो शिक्षालय इलामको महत्त्वपूर्ण सम्पत्ति भएको पनि बताए।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को आंगिक तथा कोशी प्रदेशको नमुना प्राविधिक शिक्षालयका रूपमा २०७४ सालमा यो शिक्षालय स्थापना भएको हो।
अहिले यहाँ पशु विज्ञान, बाली विज्ञान, वन विज्ञान, सिभिल इन्जिनियरिङ, फार्मेसी, विशेष फार्मेसी र यो वर्षदेखि प्रि–डिप्लोमातर्फको चिया प्रविधि पनि पढाइ भइरहेको छ। शिक्षालयमा अहिले साढे पाँच सय हाराहारीमा विद्यार्थी अध्ययनरत छन्।