भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम–कोरला सडक योजना (म्याग्दी खण्ड) को स्थलगत अनुगमन गरेका छन्।
सडक निर्माणमा देखिएका समस्या, निर्माण कम्पनीको ढिलासुस्ती, बाढीपहिरो क्षति पुगेको स्थानमा पुगेर उनले निरीक्षण गरेका हुन्।
उनले कालिगण्डकी करिडोर अन्तर्गत पर्ने बेनी–मालढुंगा सडकखण्ड, बेनी–जोमसोम सडकखण्ड (भुरुङ तातोपानी) सम्म पुगेर निर्माणाधीन अवस्थाको सडकमा देखिएका समस्यालाई पन्छाएर समयमै योजना सम्पन्न गर्न निर्देशन दिए।
‘काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गरिन्छ, कालिगण्डकी करिडोर सरकारको प्राथमिकताको योजना पनि हो’ मन्त्री ज्वालाले भने।
मन्त्री ज्यालाले सडकलाई दिगो र सुरक्षित बनाउन आयोजनाले प्रस्ताव गरेको भिरकाटेको सुरूङमार्गको समेत अनुगमन गरेका थिए। कालिगण्डकी नदीको कटानले साँधुरिएकाले आयोजनाले ३ सय ८४ मिटर लामो सुरुङ बनाउने प्रस्तावलाई अगाडी बढाउने मन्त्री ज्वालाको भनाई छ।
सुरुङ बनाउन करिब ८८ करोड लागत सहित डिपिआर समेत आयोजनाले स्वीकृतिका लागि अगाडी बढाइएको छ। उनले सडक विभाग, बेनी–जोमसोम–कोरला सडक योजनाका प्रतिनिधिलाई लिएर अनुगमनमा आएका मन्त्री ज्वालालाई म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गण्डकी प्रदेशका भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल सहितको टोलीले स्वागत तथा सडकखण्डका समस्याका बारेमा जानकारी गराएका थिए।
प्रतिनिधिसभा सदस्य गर्बुजाले बैसरीबाट औल जोड्ने पक्की पुलको आवश्यकताबारेमा स्थानीयवासी सहित मन्त्रीलाई आगामी बजेटमा समावेश गर्न माग गरे। त्यस्तै गण्डकी प्रदेशका मन्त्री जुग्जालीले पश्चिम म्याग्दीको तातोपानीमा बेलिब्रिज सहितको संरचना बनाउन आवश्यक रहेको बताए।
प्रतिनिधिसभा सांसद गर्बुजा र गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जुग्जालीले बर्खाको समयमा जोखिमपूर्ण स्थान आसपासमा वैकल्पिक मार्ग तथा अपुरो काम गर्ने, निर्माण क्षेत्रमा मजदुर नभएका, विगतका प्रतिबद्धता अनुसार काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोड्ने, धरौटी जफत र कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघि समेत बढाउनुपर्ने बताएका थिए।
कालीगण्डकी करिडोरको म्याग्दी खण्डको रघुगंगा गाउँपालिका–२ बैसरीखण्ड र अन्नपूर्ण गापा–२ र ३ वडा क्षेत्रमा पहिरो, कमजोर भुगोलका कारण बर्खाको समयमा बाढीपहिरोले सताउने गरेको योजना प्रमुख धुब्र झाले बताए।
उनले पहिरोग्रस्त स्थल र कडा पहरा फुटाउनुपर्ने बाहेकमा कालोपत्रे भइरहेको र गर्ने तयारी भएको सुनाए। ‘पोखरेबगरमा कालोपत्रे भइरहेको छ। कालोपत्रेसँगै महभीर देखि पोखरेबगरसम्म चट्टान भएको भागमा बाहेक सडक विस्तार, नाली, पर्खाल निर्माण र सबबेस बिछ्याउने काम सकिएको छ’ आयोजना प्रमुख झाँले भने।
चीन र भारत जोड्ने नेपालको छोटो दूरीको कालीगण्डकी कोरिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो। विसं २०७४ देखि सुरु गरिएको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा नदी कटान र बाढी पहिरोको समस्या छ।
एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको काममा ढिलाइ हुँदा निर्वाचित जनप्रतिनिधि, सरोकारवाला निकाय र सर्वसाधारणको समेत तीव्र गुनासो आएकाले कामको गति बढाउन मन्त्री ज्वाला सहितको टोली अनुगमनमा आएको थियो।
पर्वत। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्।
लामो समयदेखि स्थानीयवासीका लागि समस्या बन्दै आएको सुनछाप पहिरोले गत असोजमा थप क्षति पुर्याएपछि स्थानीय आवागमन, सडक यातायात तथा सिँचाइ सेवा प्रभावित बनेको छ। मन्त्री श्रेष्ठले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै पहिरोका कारण उत्पन्न समस्या, जोखिम र तत्काल आवश्यक पहलका विषयमा जानकारी लिएका हुन्।
अवलोकनपछि स्थानीय जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिसँग भएको छलफलमा पहिरोको तत्काल मर्मतसँगै दीर्घकालीन नियन्त्रण र प्रभावित पूर्वाधारको संरक्षणलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।
समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरेर एकीकृत योजना अघि बढाउने पहल सुरु गरिएको मन्त्री श्रेष्ठले बताए।
सो अवसरमा पर्वतका प्रतिनिधिसभा सदस्य सागर भूसालले सुनछाप पहिरोको नियन्त्रण अत्यावश्यक रहेको उल्लेख गर्दै यसको दिगो समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।
स्थानीय समस्या र आवश्यकताको वास्तविक पहिचान स्थलगत अवलोकनबाटै सम्भव हुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि र समुदायसँगको सहकार्यमा पहिरो नियन्त्रण तथा प्रभावित पूर्वाधारको संरक्षणका लागि आवश्यक पहल र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...