प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सङ्क्रमणकालीन न्यायमा सहमति खोज्न छलफलमा जुटेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षसमेत प्रधानमन्त्रीबिच छलफलपछि सोमबार आफ्ना सहयोगीसहित पुनः छलफलमा जुटेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले उक्त विषय टुङ्गो लगाउन नेताहरू छलफलमा जुटेका छन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा पछिल्लो पटक मतदानबाट भए पनि यो विषय टुङ्गोमा पुर्याउनु पर्ने कुरा उठेको थियो।
गत पुस ४ गतेको एक कार्यक्रममा सभामुख देवराज घिमिरेले पनि सङ्क्रमणकालीन विधेयक सर्वसम्मतिबाट नटुङ्गिए प्रक्रियाबाट टुङ्गाउनु पर्ने बताएका थिए। गत फागुन २५ गते प्रतिनिधिसभामा दर्ता भएको यो विधेयक गत वैशाख १५ गते समितिमा दफावार छलफलका लागि पठाइएको थियो।
संसद्मा विधेयक दर्ता भएपछि २०७९ चैत १२ गते प्रतिनिधिसभाको बैठकमा सैद्धान्तिक छलफल सकिएपछि यस विधेयकमा संशोधनहरू दर्ता भएका थिए।
त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख घिमिरेले फास्ट ट्याकबाट विधेयक पारित गर्ने विषयमा आफ्नै कार्यकक्षमा गत २०७९ चैत २५ गते शीर्ष नेताबिच सहमतिको प्रयास गरेका थिए।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, कांग्रेसका सभापति देउवा र एमालेका अध्यक्ष ओलीबिच छलफल भएको थियो।
सो छलफलमा टिआरसी विधेयकलाई ‘फास्ट ट्याक’ बाट पारित गर्ने विषयमा सत्तारुढ दल कांग्रेस र माओवादीबाट आएको प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीले अस्वीकार गरेका थिए। नेता ओलीले टिआरसीलाई पहिले संसदीय समितिमा लैजानुपर्ने अडान राखेका थिए। एमालेले नमानेपछि यो विधेयक समितिमा पुगेको थियो।
समितिले विषय टुङ्गो लगाउन नसकेपछि गत जेठ ५ गते ११ सदस्यीय उपसमिति गठन गरेर छलफल गरिएको थियो। पीडित पक्षलाई पनि उपसमितिमा बोलाई छलफल गरिएको थियो। उपसमितिले गत असोज २१ गते चार विषयमा सहमति गर्न नसकेर प्रतिवेदन बुझाएको थियो।
त्यसपछि बसेको मूल समितिका केही बैठकले सहमति जुटाउन पनि नसकेको र मतदानमा पनि लैजान नसक्ने अवस्था आएपछि शीर्ष नेता समक्ष पठाउने भएको हो।
उपसमितिले चार विषयमा सहमति गर्न नसकेको प्रतिवेदन बुझाउँदा गत असोज २१ गतेको बैठकमा कानुन मन्त्री गुरुङले समितिले नै यो चार विषय टुङ्गोमा पुर्याउने आशा व्यक्त गरेका थिए। तर, उनले शुक्रबार समितिको बैठकमा अल्पमत र बहुमतको प्रक्रियाबाट विवादित विषय टुङ्ग्याउने हतारो नगर्न समितिलाई आग्रह गरेका छन्।
गम्भीर मानव अधिकार उल्लङ्घनको परिभाषा उपसमितिले टुङ्गो लगाउन सकेको छैन। गम्भीर मानव अधिकार उल्लङ्घन अन्तर्गत हत्याको परिभाषामा दोहोरो भिडन्त बाहेकका सबै हत्या राख्ने कि स्वेच्छाचारी हत्या राख्ने विषयमा विवाद छ। उपसमितिको प्रतिवेदनमा हत्याको वर्गीकरण भएको छैन।
‘हत्याको वर्गीकरण कसरी गर्ने भन्ने अझै पनि केही कुरा टुङ्गो लागेको छैन । यसमा अन्तर्राष्ट्रिय मान्यताअनुसार परिभाषा, अन्तर्राष्ट्रिय मानवीय कानुन, सर्वोच्च अदालतले गरेको फैसलामा टेकेर परिभाषा दिनुपर्छ भन्ने कुरा उठेको छ, तर के लेख्ने भन्ने स्पष्ट भइसकेको छैन।
मानव अधिकार उल्लङ्घनका घटनामा मेलमिलाप नभए कस्तो उपचार खोज्ने भन्ने प्रश्न छ। कुनै व्यक्तिले द्वन्द्वका क्रममा कुनै तरिकाले म मान्दिन मलाई परिपूरणले भएन, मेलमिलाप गरेर वा क्षमा याचनाले भएन भने कुन ढङ्गले सम्बोधन गर्ने भन्ने प्रश्न छ। मानव अधिकार उल्लङ्घन घटनामा मेलमिलापमा जान स्वतन्त्र सहमति हुनुपर्छ। यदि स्वतन्त्र सहमति भएन, मेलमिलाप भएन भने के गर्ने, कानुनी उपचारमा कसरी लाने भन्ने कुरा स्पष्ट गर्नुपर्ने अवस्था छ।
यसै गरी, द्वन्द्वकालीन मुद्दामा घटी सजाय गर्ने सहमति भए पनि कति प्रतिशत घटाउने भन्ने विषय टुङ्गिएको छैन । सङ्क्रमणकालीन न्याय प्रक्रियामा फौजदारी संहिता नियमावलीअनुसार समान सजाय गर्न नमिल्ने भएकाले निश्चित प्रतिशत राख्नुपर्ने मत छ।
प्रतिवेदनमा घटी सजायमा प्रचलित कानुनबमोजिम हुने भनिएको छ । कानुनमा के छ ? घट्ने कति हो भन्ने प्रतिशतमा तोकिनुपर्छ। सजायको यति प्रतिशत कम हुने भनेर तोक्नुपर्छ भन्ने पीडितको माग छ।
अर्को कुरा बाल सेनाको व्यवस्थापन हो। विस्तृत शान्ति सम्झौतामा बाल सेनाको विषय उल्लेख नभएको, तर अन्तर्राष्ट्रिय समुदाय र सर्वोच्च अदालतले प्रश्न उठाएकाले कुनै प्रक्रियाबाट परिपूरणमा लैजानुपर्ने उपसमितिको निष्कर्ष छ। तर, कसरी सम्बोधन गर्ने भन्ने टुङ्गिएको छैन।