२०८४ अघि नै समाजवादी मोर्चा बन्छ:नेत्रविक्रम चन्द ‘विप्लव’
१४ मंसिर २०८०
•
७ मिनेट पाठ
२०८४ अघि नै समाजवादी मोर्चा बन्छ:नेत्रविक्रम चन्द ‘विप्लव’
फाइल तस्बिर
नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव हुन्। शसस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्कमल दाहालका विश्वसापात्र रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका उनी सरकार र माओवादीबीच २०६३ मा भएको विस्तृत शान्ति सम्झौतापछि भने नेत्तृत्वसँग असन्तुष्ट रहे। २०७१ मा तत्कालीन एकीकृत माओवादीसँग छुट्टिएर नेकपाको नेतृत्वमा रहेका चन्दसँग नागरिक दैनिकका लागि सहकर्मी दिनेश सुवेदीले गरेको कुराकानीको संक्षेप:




तपाईको बाल्यकाल तथा राजीनिक यात्राबारे बताइदिनुस् न ?

– म २०२४ फागुन ११ गते रोल्पाको परिवर्तन गाउँपालिका–३ इरिवाङको केवरीमा भएको थियो। मध्यमवर्गीय किसान परिवारमा जन्मेको मेरो किशोरावस्था रोल्पामै बित्यो। सदरमुकाम लिवाङस्थित बालकल्याण नमुना माध्यमिक विद्यालयबाट एसएलसी गरेको गरेको हुँ। २०३९ सालमा अखिल छैठौंबाट राजनीतिक यात्रा सुरु भएको हो। त्यसको चार वर्षमै छैठौंको रोल्पा जिल्ला अध्यक्ष बनेको थिए। माओवादीले युद्ध सुरु गर्दा विद्यार्थी संगठनमा उपाध्यक्ष थिएँ साथै २०५२ फागुन १ गतेबाट सशस्त्र द्वन्द्वको थालनी विद्यार्थी राजनीतिसँगै पार्टीको ललितपुर सचिव पनि थिएँ। २०५४ सालमा, कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज हुँदै राजनीति अघि बढेको हो।

सशस्त्र द्वन्द्वका बेला पार्टी नेतृत्वको विश्वासपात्र बनेर लड्नुभयो तर पछि किन असन्तुष्ट भएर अलग हुनुभयो ?

– हामीले वैज्ञानिक समाजवादलाई अंगीकार गरेका छौं। २०६३ मंसिर ५ मा पार्टीले शान्ति सम्झौताका नाममा जुन बाटो समात्यो त्यसले वैज्ञानिक समाजवादतर्फ लैजाँदैन। अर्कोकुरा हामीसँग विस्तृत शान्ति सम्झौता गर्नुअघि छलफल पनि गरिएन।

पार्टीले के गर्दैछ हिजोआज ?

– यसबेला देश अन्योलपूर्ण अवस्थामा छ। त्यसको निकासका लागि राजाितिक दलसँग सम्वाद र जनताबीचमा सूचना प्रवाह गर्ने काम हाम्रो पार्टीले गरिरहेको छ। त्यसैगरी देशलाई समाजवादमा रुपान्तरण गर्ने एउटा अभियानमा छांै।

२०५२ सालमामा ओवादी शसस्त्र द्वन्द्व सुरु गर्दै गर्दाको नेपाल र अहिलेको नेपाललाई कसरी चित्रण गर्नुहुन्छ ?

– भौतिक संरचनामा केही परिवर्तन त भएको छ तर जनताको अपेक्षा, चाहाना र आर्थिक जीवन पद्धतिमा खास परिवर्तन हुन सकेको छैन। त्यसले जनतालाई ठूलो बेचैनी बढिरहेको मैले देखेको छु।

किन त्यसो भयो ?

– त्यसका पछाडि संक्रमणकाललाई नेतृत्व गर्ने नेताहरुको क्षमतामा समस्या देखा प¥यो। खासगरी संघर्ष, क्रान्ती, जनयुद्ध र जनआन्दोलन पछि आएको नेतृत्वले जनताको चाहना अनुरुप राजनितिक स्थीरता, आर्थिक समृद्धि अथवा सुसासन देशको स्वाधिनताको पक्षमा जसरी तदारुकताका साथ काम हुनुपथ्र्यो तर भएन।

यहाँले भने जस्तो भौतीक सवालमाअलिकतीउपलब्धीभएपनिमानबियबिकास अर्थात जनजिबिकामा उस्तै छ त्यो तपाई पनि स्वीकार गर्नु हुन्छ ?

निस्चय नै।

के गर्ने त अब ? २०५२ सालदेखि तपाईहरु आज सम्म क्रान्ति भन्दै हुनुहुन्छ। यसको निकास कहाँनेर छ ?

राजनीतिक स्थिरता चाहिन्छ। नेपालमा कस्तो प्रणालीले नेतृत्व गर्ने हो या एउटा शासकीय प्रणाली नै यति अस्थीर बन्यो कि कुनै सरकार तीन वर्ष पनि चल्न पाएको छैन। कुनै सरकारको नेतृत्वले दीर्घकालीन योजना बनाएको छैन। देशलाई हिँडाउने दिशानिर्देश गर्न सकेको छैन। आर्थिक क्षेत्रमा ठोस नीति अगाडि सारिएका छैनन्। रोजगारी, उद्योगधन्दा, कलकारखानाका कुरा, शिक्षा स्वास्थ्यका कुराहरुमा सुधार आउन सकेको छैन। त्यसलाई समाधान गर्नेगरी एउटा नयाँ प्रणालीको अवधारणा अगाडि सार्नुपर्छ।

तपाईंहरुले सुरु गरेको एकीकृत जनक्रान्ति र संसदीय व्यवस्थाको मिलनबिन्दु कतै देख्नुहुन्छ ? समाजवादी मोर्चा तयार गर्नलाई मिलन बिन्दु अर्थात् ‘लेनदेन’ त होला नि ?

– नेपाली विशेषताको समाजवाद। पहिले वैज्ञानीक समाजवाद भन्थ्यो अहिले सबै दल पक्षलाई पनि मान्य हुनेगरी साझा रूपमा ढालेर नेपाली विशेषताको समाजवादमा सहमति हुन सक्छ।

यहाँहरुले क्रान्ति भन्न थालेको २०५२ देखि अहिलेसम्म करिब तीन दशक भयो। जनतामा छांै भन्नुहुन्छ तर पछिल्लो समय उदाएका शक्ति तपाईंहरुभन्दा बलियो देखिँदैछन्। तपाईहरुले जनतालाई ३० वर्षसम्म पनि बुझाउन नसकेको हो ?

– प्रचारात्मक पक्षबाट त्यो देखिन्छ। संख्याको हिसाबले पनि नागरिकहरुको रोजाइमा त्यो गएको छ। तर कुनै ठोस नीति, विचार अगाडि सारेर परिणाम दिएर जनतालाई आबद्ध गरेकोभन्दा पनि अहिले नेतृत्व गरिरहेका पार्टीहरुले सही प्रकारले जनताको अपेक्षा सम्बोधन नगर्दाको परणाम हो। तर उहाँहरुलाई पनि त्यो अधिकार छ। प्रतिस्पर्धामा जान पाइन्छ।

यहाँहरुले जनतालाई आफ्नोबारेमा बुझाउन नसकेको पनि स्वीकार गर्नुहुन्छ ?

– निश्चय नै जनतालाई हामिले बुझाएकै हो तर जनतामा पछिल्लो समयमा राज्यले गरेका कामबाट वितृष्णा पैदा भयो त्यसलाई सम्झाउने कुरा अझै अपुग भएको छ त्यसलाई बुझाउन हामी लाग्नुपर्छ त्यो चाहिँ सही हो।

भर्खरै सुरु भएको राजावादीको आन्दोलनलाई कसरी हेर्नुभएको छ ?

– त्यो पनि संसदीय राजनीतिको असफलतासँग जोडिएको छ। केही नागरिकले त्यहाँ पनि सहभागिता देखाएका छन्। त्यो समाधानको बाटो होइन। दुई सय पचार वर्ष राजतन्त्र झेलेर नै यहाँसम्म आएको हो। राजाले स्वतन्त्र नागरिकका रुपमा राजनीति गर्न पाउँछन् र पाउनुपर्छ। उनले देशको स्वाधीनताका लागि सहकार्य गर्न चाहन्छन् भने त्यो पनि स्वभाविक हो। तर, राजा नै फर्काउने सोच्नुभएको हो भने नेपालको निकास हैन। जनताले पनि स्वीकार गर्दैनन्। सम्भव छैन।

जनतालाई अलमल भयो। राजावादीकोमा जाने कि नयाँशक्तिको पछि लाग्ने ? तपाईंहरुतिर लाग्ने कि पुरानैसँग बस्ने ? नेपाली विशेषताको समाजवाद ‘भेग’ भयो। यो कुरा आमजनमाससम्म पुर्‍याउन पर्दैन ? माओवादी आन्दोलनको आधार इलाका रोल्पा रुकुमसँगै देशभरका धेरै युवा यहाँहरुले साम्राज्यवादी भनेर भन्ने गरेको देश अमेरिका पुगेका छन् त्यो पनि गैरकानुनी बाटोबाट। गाउँ रित्तिएको छ। नेपाली विशेषताको समाजवाद युवाविना सम्भव छ ?

– यसका लागि नेपालको शिक्षा नीतिमा सुधार गर्नुपर्छ। यहाँका किशोर र युवालाई राष्ट्रप्रेमबाट ओतप्रोत शिक्षा दिनुपर्छ। वैज्ञानिक शिक्षा दिनुपर्छ। रोजगारमूलक व्यावहारिक शिक्षा पुर्‍याउनुपर्छ। युवालाई देशमै बसेर आफ्नो विकास निर्माण र समृद्धिको सपना देख्ने बनाउनुपर्छ। आत्मनिर्भर बनाउने खालको उत्पादनमा जोड दिनुपर्छ। यी कुरा भए भने विदेश जाने होइन गएकालाई फर्काउन सकिने सम्भावना हुन्छ।

आशा गर्ने ठाउँ छ ?

निश्चय नै छ।

१० वर्ष चलेको युद्धका समयमा बैंक लुट्न थालेपछि माओवादीमा विचलन आएको भनेर युद्ध लडेकैहरुले भन्नुहुन्छ। अहिले त्यही प्रकृतिको आरोप तपाईंहरुमा पनि लाग्न थालेको छ। तपाईं नेतृत्वको पार्टीले पनि आर्थिक हिसाबकिताब पारदर्शी गरेन। अर्थात् जनताप्रतिजवाफदेही हुनुपर्ने थियो, भएन भन्ने आरोप छ नि ?

– यो सय प्रतिशत झुट कुरा हो। एउटा त जनयुद्धमा बैंक कब्जा भएपछि विचलन आयो भन्ने कुरा पटक्कै सत्य हैन। त्यसबेला माओवादीमा एउटा नीति थियो। सियो र धागो पनि सित्तैमा नलिनू, हिसाब देखाउनू। नेता, कार्यकर्ता र जनताको जीवनसँगै थियो। कुनै समस्या नै थिएन। त्यहीँभित्र एकदुईजना धुर्तहरुले यताउता छट्टुपट्टु गरे होलान्। छोराछोरी काठमाडांै लगेर पढाउने गरे होलान्। त्यो छुट्टै कुरा हो अपवाद हो। अहिले हाम्रो पार्टीमा त झनकहिकतै अलिकति पनि त्यो समस्या छैन। केवल पूर्वाग्रह मात्र हो। बरु हामी आत्मनिर्भर अर्थतन्त्रको अभियानमा छौं। आत्मनिर्भर पाटी, आत्मनिर्भर नेताकार्यकर्ताको नीतिलाई अगाडि सारेपछि हामीसँग बचत नै छ नि। हामीसँग अहिले खाद्य भण्डार छ। हामीलाई खानका निम्ती भौतारिन पर्ने अवस्था छैन।

संक्रमणकालीन न्यायको वर्तमान अवस्थालाई कसरी हेर्नु भाएको छ ?

– नेतृत्वको अभाव हो। नेतृत्वसहित संक्रमणकालमा धकेलिएपछि कुहिरोको काग जस्तै भएको छ। जे मन लाग्यो त्यो व्याख्या गर्ने काम भएको छ।

यो विषयमा तपार्इंहरुको छलफल सल्लाह हुन्छ ?

जनयुद्ध न्यायपूर्ण विद्रोह थियो। त्यो बेलाका सम्पूर्ण संघर्षहरु विद्रोह र प्रतिरोधका संघर्ष थिए। त्यो क्रान्तिलाई राज्यले आफ्नो स्वामित्वमा ग्रहण गर्नुपर्छ। त्योभित्रका समस्या के हुन् त्यसलाई सल्झाउनु पर्छ। त्यसो ग¥यो भने सोझो हुन्छ। त्यसो नगरेर सिंगो जनयुद्धबारे भ्रम छरेर छानबिन गर्छु भन्यो भने चोरलाई साधु र साधुलाई चोर बनाउने हुन जान्छ, जुन गलत हुन्छ।

युद्ध पनि लड्नु भो। भोग्नु भो। अहिले अलि फरक राजनीति गर्दै हुनुहुन्छ। अब देश कता जान्छ ? एकीकरणका लागि समाजवादी मोर्चा चलेको छ। सम्भावना कति छ ?

– एकदमै राम्रो छ। निकै सुझबुझकासाथ व्यापक छलफल गरेर निर्माण गरेको समाजवादी मोर्चा हो। नाम नै समाजवादी मोर्चा भइसकेपछि यसले आजको राज्यलाई समाजवादमा रुपान्तरण गर्ने लक्ष्य लिएको छ। त्यो लक्षममा हामी अगाडि बढ्छौं। म चाहिँ आशावादी छु।

२०८० भित्र समाजवादी मोर्चा अर्थात् एकीकरणको सम्भावना छ ?

– २०८० भित्रै त भन्न सकिन्न। २०८४ अघि चाहिँ पक्कै हुन्छ। त्यसबेलासम्म ठूलो हेरफेर आउँछ।

वर्तमान अवस्थामा नेपालीका लागि के भन्न चाहनुहुन्छ ?

–हामीसँग सबै चिज छ। खानी छ पानी छ, वन छ, जडिबुटी, स्रोतसाधन छ, जाँगरिला नेपाली छन्। सबै भएको सन्र्दभमा हामीलाई एउटा स्थिर खालको राज्य प्रणाली चाहिएको छ। सुझबुझपूर्ण नेतृत्व चाहिएको छ। हामीले त्यो निर्माण गर्ने आँट गर्नुपर्छ। निरास हुन जरुरी छैन। यो शताब्दीमा फेरि नेपाललाई अन्योलबाट नयाँ क्षितिजतिर बढाउन सक्छौं। यो कुरालाई सबैले मनन गर्न विशेष आग्रह गर्छु।
अर्को समाचार
शान्तिपूर्ण मार्गमा हिँड्ने विप्लवको प्रतिबद्धता
२२ फागुन २०७७
•
३ मिनेट पाठ
शान्तिपूर्ण मार्गमा हिँड्ने विप्लवको प्रतिबद्धता
नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी (विप्लव) बीच भएको सहमतिमा हस्ताक्षर गर्न शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (विप्लव) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ । तस्बिर : मोनिका मल्ल/नागरिक
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार शान्तिपूर्ण राजनीतिमा पौडिन आएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति प्रशंसाका शब्दहरू समर्पण गरे। उनीभन्दा अघि बोलेका महासचिव चन्दले ‘घाम र जुनको पनि भेट हुने रैछ’ भन्दै आफूहरूले शान्तिपूर्ण राजनीतिक बाटो रोजेको बताएका थिए। ओलीले विप्लवसँग सहमति रातारात नभएको उल्लेख गर्दै त्यसका लागि पहिलेदेखि नै संवाद हुँदै आएको स्पष्ट पारे।




चन्दले सम्बोधनका क्रममा नेपाली जनताले अझै मुक्ति नपाएको स्पष्ट पारे। शान्तिपूर्ण बाटोमा आए पनि जनताको अधिकार प्राप्तिमा सक्रिय रहने उनको भनाइ थियो।  

‘कसैले नेपालका बारेमा आफ्नो ठानेर निर्णय गर्छु भन्दा नपाउने स्थिति छ। यो परिवेशलाई अन्त्य गर्न नेपाली जनतालाई एकचोटि अधिकार प्रयोग गर्न दिनुपर्छ। अहिले पनि हाम्रो दृष्टिकोण छ, नेपाली जनताले अधिकार प्रयोग गर्न पाउनुपर्छ। नेता, दल सबैलाई हामीले चुन्यौं,’ उनले भने, ‘आवश्यक पर्दा प्रत्यक्ष ढंगले नेपालबारे जनमत दिने, फैसला दिने अधिकार जनताले पाउनुपर्छ। हामी यहाँबाट हार्दिकतापूर्वक आग्रह गर्न चाहन्छौं– हामी तयार छौं।’  

दुवै नेताले सम्बोधन गर्नुअघि शुक्रबार सरकार र ‘विप्लव’ नेतृत्वको नेकपाबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो। शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। उनीहरूले हस्ताक्षर गरेको सहमतिपत्रमा सरकार र नेपाल कम्युनिस्ट पार्टी दुवैले वार्ताबाट समस्याको समाधान गर्ने, विप्लव समूहले शान्तिपूर्ण रूपमा राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने, पक्राउ परेका विप्लव समूहका कार्यकर्ता रिहा तथा सम्पूर्ण मुद्दा फिर्ता लिने उल्लेख हुन्।

शान्तिपूर्ण बाटोमा आएकाले शान्तिको प्यारामिटर उचाइमा पुगेको बताउँदै प्रधानमन्त्री ओलीले विप्लवलाई धन्यवाद दिएका थिए। गृहमन्त्री थापाले निरन्तर सम्पर्क गरेर विप्लव समूहलाई शान्तिपूर्ण मार्गमा ल्याउन पहल गरेका थिए। उनको एकल पहलकदमी भएको भनिए पनि कार्यक्रममा भने ओली–विप्लवकै कारण वार्ता सफल भएको बताइएको थियो। सहमतिअघि विप्लव शुक्रबार बिहान नवलपरासीबाट काठमाडौं आएका थिए। सो कार्यक्रममा वार्ता समितिका सदस्य राजन भट्टराईले कार्यक्रम चलाएका थिए भने विप्लव समूहका केन्द्रीय सदस्य उदय चलाउनेले स्वागत भाषण गरेका थिए।  

सरकार–विप्लव सहमतिलाई नेकपा दाहाल–नेपाल समूहले पनि स्वागत गरेको छ। सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सो सहमतिको स्वागत गरेका हुन्। ‘हाम्रो पार्टीको आज बसेको संसदीय दलको बैठकले विप्लव समूहको शान्तिपूर्ण बाटोमा आउने कदमलाई स्वागत गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने।  

विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदा नै आफूहरूले त्यसको विरोध गरेको भन्दै अहिलेको सहमतिमार्फत त्यो सच्चिएको श्रेष्ठले बताए। ‘वार्ताद्वारा राजनीतिक समस्याको शान्तिपूर्ण समाधानको हामी सधैं स्वागत गर्छौं,’ श्रेष्ठले भने, ‘सो पार्टीलाई अपराधी घोषणा र प्रतिबन्धको हामीले त्यतिखेर नै सार्वजनिक रूपमै विरोध गरेका थियौं। अहिलेको सहमतिमार्फत कम्तीमा त्यति कुरा भने सच्चिएको छ।’
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस