लुम्बिनीमा काँग्रेसलाई फकाउने माओवादी प्रयास फेरि विफल
०४ मंसिर २०८०
•
४ मिनेट पाठ
लुम्बिनीमा काँग्रेसलाई फकाउने माओवादी प्रयास फेरि विफल
तस्बिरः दाङको चखौरामा छलफलका लागि पुगेका मुख्यमन्त्री चौधरी सहित माओवादी तथा काँग्रेस नेताहरु।
लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउनका लागि काँग्रेसलाई फकाउने माओवादी प्रयास फेरि विफल भएको छ।




मन्त्रालय बढाउन नहुने पुरानो अडानबाट काँग्रेस टसमस भएन। आन्तरिक व्यवस्थापनका लागि प्रदेशमा मन्त्रालय बढाउनै पर्ने आवश्यकता देखेको माओवादीले आफ्ना उच्च तहका नेताबाटै काँग्रेसलाई फकाउने प्रयत्न गरेको थियो। काँग्रेसलाई फकाउन माओवादीका नेता वर्षमान पुन सहित उनकी पत्नी तथा पूर्व सभामुख एवं नेतृ ओनसरी घर्ती दाङ झरेका थिए। दाङको चखौरा स्थित थारु संग्राहलयमा काँग्रेस लुम्बिनी प्रदेशसभा पनि अमरसिंह पुनलाई फकाउने माओवादी नेता वर्षमानको दुई दिनको प्रयास निरर्थक बन्यो।

माओवादी नेता वर्षमानले काँग्रेस सभापति पुनलाई मन्त्रालय बढाउन नहुने अडानबाट पछि हटिदिन आग्रह गरेका थिए। तर सभापति पुनले पार्टीले नीतिगत निर्णय गरिसकेको बिषयमा आफू पछि हट्न नसक्ने जवाफ फर्काएका थिए। ‘वर्षमान जीले मन्त्रालय बढाएर गठबन्धनका बिचमा सन्तुलन कायम गरौँ भन्नु भयो,’ छलफल पछि काँग्रेस लुम्बिनी प्रदेश सभापति पुनले भने, ‘तर मैले अहिले मन्त्रालय बढाएर जाने पक्षमा काँग्रेस छैन, फलतः नीतिगत निर्णय गरिसकेको जानकारी गराएँ, पार्टीले नीतिगत निर्णय गरिसकेको बिषयमा आफूले केही गर्न नसक्ने भनेर उहाँलाई जवाफ दिएँ।’

वर्षमानले भने पार्टी भित्रको सन्तुलन कायम गर्नका लागि मन्त्रालय संख्या बढाउनै पर्ने माओवादीको बाध्यता सुनाएका थिए। अहिले माओवादीले थप दुई मन्त्रालय माग गरेको छ। माओवादीलाई दुई मन्त्रालय दिनका लागि मन्त्रालय संख्या बढाउनै पर्ने हुन्छ। अहिले कायम मन्त्री परिषद् अनुसार तीन मन्त्रालय रिक्त छन्। तीन मन्त्रालयमा मन्त्री नियुक्त हुँदा माओवादीको भागमा एउटा मात्रै मन्त्रालय पर्छ। तर आन्तरिक व्यवस्थापनका लागि माओवादीलाई दुई मन्त्रालय हुनै पर्ने उसको अडान छ। ‘पार्टीको आन्तरिक समस्यालाई पनि बुझिदिनु पर्‍यो भनेर वर्षमान जीले भन्नु भयो,’ काँग्रेस लुम्बिनी प्रदेश सभापति पुनले भने ‘मैले उहाँको प्रस्तावलाई अस्वीकार गरेँ, किनकि अहिले मन्त्रालय बढाउँदा प्रदेश सरकारलाई आम नागरिकले हेर्ने दृष्टिकोण झनै खराब हुन्छ।’

छलफलमा माओवादी नेता वर्षमान पुन,पूर्व सभामुख तथा माओवादी नेतृ ओनसरी घर्ती सहित काँग्रेस लुम्बिनी प्रदेश सभापति पुन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र माओवादी प्रदेशसभा संसदीय दलका नेता जोगबहादुर महरा सहभागी थिए। उनीहरुका बिच आइतबार राती अबेर सम्म र सोमबार बिहान संयुक्त तथा एक्ला एक्लै छलफल समेत भएका थिए। तर छलफलबाट कुनै निकास निस्केन। ‘नत माओवादी नेताहरु अहिले कायम रहेकै मन्त्री परिषद्लाई पूर्णता दिने कुरामा सहमत हुनु भयो, नत हामीहरू मन्त्रालय बढाउने कुरामा सहमत हुन सक्यौँ,’ सभापति पुनले भने ‘छलफलबाट कुनै निकास निस्केन।’

माओवादी नेता वर्षमानले माओवादीबाट कृष्णा केसी र दिपेन्द्र पुनलाई मन्त्री परिषद्मा पठाउने निर्णय भैसकेको भन्दै यो निर्णय कार्यान्वयन गर्नु पर्ने नैतिक दबाब रहेको सुनाएका थिए। माओवादी प्रदेश संसदीय दलले केसी र पुनलाई मन्त्री परिषद्मा पठाउने निर्णय गरिसकेको छ। तर काँग्रेसले भने जो भएपनि एक मन्त्रालयमा मात्रै अहिले मन्त्री पठाएर मन्त्री परिषद्को पूर्णताका लागि सघाउन माओवादीलाई सुझाव दिँदै आएको छ। ‘रिक्त रहेका तीन मन्त्रालय मध्य दुईमा काँग्रेसका र एकमा माओवादीबाट तत्कालै मन्त्री नियुक्त गरेर मन्त्री परिषद्लाई पूर्णता दिऊँ भनेर मैले भनिरहेको छु,’काँग्रेस लुम्बिनी प्रदेश सभापति पुनले भने ‘मन्त्रालय बढाउनै पर्ने अवस्था आएको खण्डमा पछि सोचौँला भनेको छु, तर उहाँहरूले यो मान्नु हुन्न।’

तर माओवादी भने आन्तरिक व्यवस्थापनका लागि दुई मन्त्रीलाई नै सरकारमा पठाउनै पर्ने दबाबमा छ। माओवादीमा कायम दुई धारको व्यवस्थापनका लागि कुनै एकलाई मन्त्रीका रुपमा सरकारमा पठाउँदा आन्तरिक सन्तुलन भताभुङ्ग हुने माओवादीको बुझाई छ। अब एक मात्रै मन्त्रालय लिएर सरकारमा जाँदा कृष्णा केसी स्वतः मन्त्री बन्ने र संसदीय दलका नेता जोगबहादुर महरा समूहको प्रतिनिधित्व सरकारमा शून्य बन्ने छ। फलतः दिपेन्द्रलाई सरकारमा सहभागी गराएर सरकारमा आफ्नो समूहको प्रतिनिधित्व महरा समूहले खोजिरहेको छ। अहिले सरकारमा रहेका अर्थमन्त्री धनबहादुर मास्की महरा इतर समूहका हुन्। सरकारमा सहभागी हुने भनिएकी कृष्णा पनि अर्थमन्त्री मास्की निकटस्थ हुन्।

तर काँग्रेसले नीतिगत निर्णय नै गरिसकेकाले मन्त्रालय बढाउने निर्णयबाट काँग्रेस पछि नहट्ने चट्टाने अडानमा देखिन्छ। ‘सिङ्गो पार्टीले मन्त्रालय नबढाउने भनेर नीतिगत निर्णय गरेको अवस्था हो,’ सभापति पुनले भने ‘अब मैले मात्रै यो निर्णय फिर्ता लिन्छु भनेर हुँदैन नि।’

आइतबार राती अबेर सम्म भएको छलफलमा मुख्यमन्त्री चौधरीले भने मन्त्री परिषद्को पूर्णताका लागि सहज वातावरण निर्माण गरिदिन माओवादी र काँग्रेस नेताहरुलाई आग्रह गरेका थिए । ६ महिना अघि मुख्यमन्त्री नियुक्त भएका चौधरीले अहिले सम्म मन्त्री परिषद्लाई पूर्णता दिन सकिरहेका छैनन्। ‘मन्त्री परिषद्लाई पूर्णता दिनका लागि सहज वातावरण निर्माणका लागि मुख्यमन्त्री जिले आग्रह गर्नु भयो,’ काँग्रेस लुम्बिनी सभापति पुनले भने, ‘अहिले कायम मन्त्री परिषद् अनुसार तीन मन्त्रालयमा काँग्रेसको भागमा परेका दुई र माओवादीको भागमा परेको एक मन्त्रालयमा तत्काल मन्त्री नियुक्त गर्नुस्, बाँकी पछि सोचौँला र निर्णय गरौँला भनेको छु।’

मुख्यमन्त्री सहित १० सदस्यीय लुम्बिनी मन्त्री परिषद्मा अहिले मुख्यमन्त्री सहित ७ मन्त्री छन्।  
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
१६ मिनेट अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस