चुनावमा मत बिक्री भएमा राजनीति स्थिर हुन्न: सांसद् यादव
०२ मंसिर २०८०
•
४ मिनेट पाठ
चुनावमा मत बिक्री भएमा राजनीति स्थिर हुन्न: सांसद् यादव
जनता समाजवादी पार्टी नेपालकी नेत्री रेखा यादव मुलुकको कानुन बनाउने उपल्लो निकाय सङ्घीय संसद् राजनीतिक दलको गालीगलोज र रिस पोख्ने अखडा बन्न पुगेको प्रतिक्रिया दिन्छिन्। उनी आफ्नो एक बर्से कार्यकालको समीक्षा गर्दै देश र जनताका जल्दाबल्दा विषयमा प्रखर रूपमा आवाज उठाउनुपर्नेमा सदनलाई राजनीतिक दलले सरकार बनाउने तथा गिराउने खेल मैदानका रूपमा मात्र प्रयोग गरिरहेको आरोप लगाउँछिन्।




‘सांसदसँग संवाद’ मा नेत्री यादवले भनिन्, “संसदको मुख्य काम कानुन निर्माण गर्ने भए पनि यसलाई राजनीतिक दलले एका अर्कालाई आरोपप्रत्यारोप  गर्ने थलो बनाए। देशका ज्वलन्त विषय उठाउनेलाई भन्दा नेताका नाममा अरूको आलोचना गर्नेलाई सदनमा धेरै समय दिइन्छ, यो धेरै दुःख लाग्ने विषय हो।”

सांसद् यादवले आफूहरू ऐन  बनाउने मुख्य जिम्मेवारी लिएर आएकाले सदनमा सबैको भूमिका बराबर हुने पक्षलाई हेक्का गरी समयको पाबन्दी पनि एउटै हुनुपर्छ भन्ने मान्यता रहेको पनि सुनाइन्।

विसं २०४७ मा नेपाल सदभावना पार्टीमा आबद्ध भई राजनीतिमा प्रवेश गरेकी नेत्री यादव युवा र महिला मञ्च हुँदै २०६४ सालमा मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरिन्।

मोरङबाट पार्टीको महिला फोरमको केन्द्रीय सदस्य र राजनीतिक समिति सदस्य हुँदै हाल उनी जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य र राजनीतिक समिति सदस्य हुन्।

मैथिली भाषामा पद तथा गोपनीयताको शपथ लिएकी सांसद यादवका ‘आत्मजा’ नेपाली उपन्यास तथा हिन्दी कवितासंग्रह ‘धीरे से’ (नेपाली अनुवाद कृति ‘सुस्तरी’) र ‘तुम बिन’ प्रकाशित छन्।

सङ्घीय सांसद यादवले भनिन्, ‘सदनमा जनताका आवाज राख्दै गर्दा तीन मिनेटमै हाम्रो माइक काटिन्छ तर अर्काको आलोचनामै केन्द्रित बेकारको भाषण प्रस्तोतालाई घन्टौं समय दिइन्छ। सदनलाई जुहारी खेल्ने होइन, ऐनकानुन बनाउने थलोका रूपमा प्रयोग गरिनुपर्छ। भाषणको बाहुल्यले सदनका दुवै अधिवेशन धेरै उपलब्धिमूलक हुन सकेन।”

भूकम्प लगायत प्राकृतिक विपद्को सामना गर्न चालिएका कतिपय कदम औचित्यपूर्ण हुन नसकेको उल्लेख गर्दै सांसद यादवले युवा र विद्यार्थीको विदेश पलायन रोक्न प्रभावकारी कार्ययोजना आउन नसकेको तथा विकास निर्माण र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा गएको एक वर्ष फलदायी हुन नसकेको बताइन्।

शान्ति प्रक्रियासँग जोडिएको सत्य निरुपण र बेपत्ता आयोग सम्बन्धी विधेयक पनि लामो समयदेखि अड्किरहेकाले अब छिटो टुङ्ग्याउनुपर्नेमा उनले जोड दिइन्।

सांसद यादवका अनुसार आफूहरू संलग्न नभए पनि कतिपय विषयमा भ्रष्टाचारको भागीदारको आरोप खेप्न परिरहेको छ। अनियमितता र भ्रष्टाचार मौलाउनमा राजनीतिसँगै कर्मचारीतन्त्र पनि त्यतिकै दोषी भएको उनको भनाइ छ।

नेताहरूलाई ओहदामा पुग्नासाथ भ्रष्टाचारका लागि बाटो देखाउन कार्यालय सहयोगीदेखि सचिवसम्मको भूमिका रहने गरेको छ। आफूले संसदमा नागरिकतासहित जनसरोकारका सवालमा निरन्तर आवाज उठाइरहेको जिकिर गर्दै सांसद यादवले भनिन्, “नागरिकता विधेयक सदनबाट पास भयो, कानुन पनि बन्यो। कार्यान्वयनमा भने अझै केही जटिलता र झन्झट देखियो। उदाहरणका लागि अझै महिलाले सन्तानलाई आफ्ना नामबाट नागरिकता दिन पाएका छैनन्।”

आफू र आफ्नो राजनीतिक दल समानुपातिक निर्वाचन प्रणालीको पक्षधर भए पनि सदुपयोग नहुँदा परिवारवाद र समूहमा सीमित बन्न पुगेको उदाहरण प्रस्तुत गर्दै समानुपातिक सांसद यादवले प्रत्यक्ष निर्वाचनमा पनि जनताले अब कस्तो व्यक्तिलाई जिताउने भनी मनन गर्ने बेला आइसकेको स्पष्ट पारिन्।

उनले भनिन्, “जनता पनि चुनावका बेला व्यक्ति होइन, खल्ती हेर्छन्। समस्या त्यही हो। यहाँ निष्ठाको राजनीति गर्नेको जमानत जफत हुन्छ, पैसावालले चुनाव जित्छ। त्यसैले जनता नै पहिला इमानदार हुनुपर्छ।”

पैसाका बलमा चुनाव जित्नेको प्रस्तुति पनि सोही स्तरकै हुने गरेको उदाहरण दिंदै सांसद यादवले ‘सहयोग गर्छु’ भनेर आउने व्यक्ति वा संस्थासँग पनि कमिसन खोज्ने प्रवृत्ति मौलाएको बताइन्।

नेत्री यादवले हरेक सङ्घसंस्थामा राजनीतिकरण भएकै कारण मुलुकका उद्योग र कलकारखाना बन्द हुँदा बेरोजगारी समस्या ह्वात्तै बढेको प्रतिक्रिया दिइन्।

स्वतन्त्र अदालतसहित न्यायालयमा समेत राजनीतिको चर्काे प्रभाव र दबाब देखिएको विचार प्रकट गर्दै उनले कर्मचारी, प्रहरी प्रशासन र निर्वाचन आयोगसमेत राजनीतिबाट टाढा रहन नसकेको धारणा राखिन्।

उनले भनिन्, “वडा कार्यालयमा निःशुल्क लेखिदिनुपर्ने निवेदनमा पनि कर्मचारीले ठूलो रकम लिने गरेको देखिएको छ। यो भ्रष्टाचारको एउटा नमूना हो, यस्ता काममा सरकारी कर्मचारीबाटै अतिरिक्त रकम असुल्ने प्रवृत्ति जताततै देखिन्छ।”

विद्यार्थीलाई उच्च शिक्षा दिने नारा लगाइए पनि त्यसपछिको रोजगारीका पाटामा ध्यान नपुर्‍याइँदा लर्काे लागेर छोरानाति विदेशिन बाध्य भएको उल्लेख गर्दै नेत्री यादवले छोराछोरी विदेश जाँदा गौरव गर्ने नेपाली समाजले पनि  पलायनलाई मलजल गरिरहेको प्रतिक्रिया दिइन्।

सांसद यादवले भनिन्, “बाँकी उद्योगधन्दा पनि क्रमशः बन्द हुँदैछन्। देशको अर्थतन्त्र हामी आफैंले सङ्कटमा पुर्‍यायौं। युवाको माइन्ड र मसललाई प्रयोग गर्न सकेनौं, अनि यहाँ मनी कसरी आउँछ? यसमा राज्यकै दोष छ।”
अर्को समाचार
जसपा नेपालले लुम्बिनी प्रदेश सरकारको विपक्षमा मतदान गर्ने
२२ चैत्र २०८०
•
१ मिनेट पाठ
जसपा नेपालले लुम्बिनी प्रदेश सरकारको विपक्षमा मतदान गर्ने
जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ।




बिहीबार बिहान पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो।

जसपाको उक्त बैठकले लुम्बिनी प्रदेशमा रहेका आफ्ना सांसदलाई कांग्रेस नेतृत्व सरकारको विपक्षमा विश्वासको मत हाल्न निर्देशनसमेत दिएको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २८ सेकेन्ड अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
यो पनि पढौँ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस