मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले मन्त्रीहरू र राजनीति दलका संसदीय दलका नेताहरू सहित काठमाडौं पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई ७ बुँदे ज्ञापन पत्र बुझाएका छन्।
मुख्यमन्त्री यादवसहित मन्त्रीहरू र संसदीय दलका नेताहरु बुधबार राती नै काठमाडौं पुगी बिहीबार दिउँसो प्रधानमन्त्री दाहाललाई ज्ञापन–पत्र बुझएका हुन्।
उनीहरुले संविधान प्रदत्त प्रदेशको अधिकार हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई एक महिनाको समय दिएका छन्।
मुख्यमन्त्री यादवले भन्छन् ‘हामीले प्रधानमन्त्रीज्यूलाई ६ बुँदे ज्ञापन पत्र बुझाएका छौं। समय सीमाभित्र प्रदेशको अधिकार हस्तान्तरण नभए शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी समेत दिएका छौं।’
उनले थपे ‘मुलुकमा सङ्घीयता आएको ८ वर्ष भयो। ६ वर्ष त प्रदेश सरकारकै भयो। सङ्घीयता र प्रदेश सरकारलाई सबल र अधिकार सम्पन्न बनाउने यो पर्याप्त समय हो। तर, संघीय सरकारले सबै अधिकार आफूसँग राखेर प्रदेश सरकारलाई चल्न दिएको छैन।’
मुख्यमन्त्री यादवका अनुसार प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्रमार्फत प्रहरी समायोजन, निजामती कर्मचारीको खटनपटन, गुठीको जग्गामा प्रदेश सरकारको स्वामित्व र वन क्षेत्र प्रदेशको मातहत ल्याउन लगायतको विषय ज्ञापन पत्रमार्फत आग्रह गरिएको छ।
अधिकार नदिए काठमाडौंको माइतीघर मण्डलामा धर्ना बस्ने र त्यही प्रकृतिको कार्यक्रम मधेस प्रदेशको ८ वटै जिल्लामा सुरुवात गर्ने उनको चेतावनी छ।
प्रदेशभित्रको प्रहरी प्रशासन र शान्ति सुरक्षाको अधिकार संविधानले स्पष्ट रूपमा प्रदेशलाई तोकेको छ । संविधानको अनुसूची ६ मा रहेको प्रदेशको एकल अधिकारको सूचीमा प्राथमिकताका साथ पहिलो बुँदामै ‘प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा’ को अधिकार प्रदेशको हुने उल्लेख छ।
संविधानको त्यही व्यवस्था अनुसार संघीय संसद्ले २०७६ माघ २८ मा बनाएको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपरिवेक्षण र समन्वय सम्बन्धी ऐनमा प्रदेशभित्रको शान्ति सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्ने अधिकार प्रदेश प्रहरीलाई तोकिएको छ।