नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा अध्यक्ष पदका लागी ३ जना आकाङ्क्षी देखिएका छन्।
केन्द्रीय कमिटीमा रहेका कुनै नेताहरुले प्रदेश समितिको अध्यक्षमा इच्छा जाहेर नगरेकाले प्रदेश समितिमा रहेका ३ जना नेताहरु प्रदेश नेतृत्वमा दौडमा देखिएका छन्।
प्रदेश समितिका निवर्तमान उपाध्यक्ष कमल तिमिल्सेना, प्रदेश सचिवालय सदस्य कृष्णराज जेशी र बचन बहादुर सिंहले प्रदेश अध्यक्षमा आकाङ्क्षी देखिएका छन्।
आइतबार नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी ओलीले सहमतिमा नेतृत्व छनौट गर्न आग्रह गरेका थिए। भने उद्घाटन सत्र सकिएपछि नेकपा एमालेका अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले तीनै जना आकाक्षीलाई राखेर सहमति गराउने प्रयास गरेको बताइएको छ।
‘अध्यक्ष र महासचिवले अकाक्षी ३ जनालाई राखेर सहमति गर्नुहोस् भनेर भनेका छन्’ सहभागी एक नेताले भने। अध्यक्ष र महासचिवले सहमति गर्नुहोस् भनेपछि तीनै जना आकाक्षीले हुन्छ भनेर भनेको उनले बताए।
अध्यक्षका दाबेदार तिमिल्सेनाले सहमतिका लागी प्रयास जारी रहेको बताएका छन्। अध्यक्षका लागी आफ्नो प्रवल दाबी रहेको र आफ्नो नाममा सहमति गर्न प्रयास जारी राखेको उनले बताए। सहमति नभएर अध्यक्षको लागी निर्वाचन लड्न तयार भएको उनको भनाई छ।
‘अध्यक्षमा मेरो प्रवल दाबी हो, सहमतिका लागी पनि प्रयत्न जारी छ,’ तिमिल्सेनाले भने, ‘सहमति भएन भने सबैले स्विकारेको पद्धतिमा कार्यकर्ताबाट अनुमोदित भएर अध्यक्ष बन्ने कुरामा पनि मेरो मन्जुरी हुन्छ’। पार्टीलाई एकताबद्ध बनाएर जनतासँग जोडेर अघि बढाउन आफ्नो अध्यक्षमा दाबी रहेको उनको भनाई छ।
यसै गरी अर्का अध्यक्षका आकाङ्क्षी जैशीले पनि अध्यक्ष पदका लागी सहमतिको प्रयास भइरहेको बताए। ‘६० प्रतिशत सहमति हुने सम्भावना नै छ, सहमतिको प्रयास जारी छ’ उनले भने, अहिले अकाक्षी देखिएका साथीले नै समर्थन गरेर म अघि बढेकाले मेरा नाममा सहमति हुनुपर्छ भन्ने हो’।
पार्टीलाई चलायमान बनाउन र फरक ढंगल चलाउन आफ्नो अध्यक्षमा दाबी रहेको उनले बताए। यसै गरी अर्का आकाङ्क्षी सिंहले सहमतिको प्रयास भइरहेको बताएका छन्। सहमति भएमा आफू सहमतिको बाधक नहुने र सहमति नभएमा निर्वाचन लड्ने उनले बताए।
पार्टीलाई समयानुकूल सक्षम बनाउन आफ्नो अध्यक्ष पदमा दाबी भएको उनले बताए।
‘पार्टीको नेतृत्वले पनि तीनै जनालाई राखेर सहमति गर्नुहोस् भन्नु भएको छ, सहमति भयो भने म वाधक हुँदैन, तर सहमति भएन भने म पनि चुनाव लड्छु’ उनले भने। सहमति होला जस्तो आफूलाई नलागेको उनको भनाई छ।
अधिवेशनमा सुदूरपश्चिमका ९ वटै जिल्लाका ५३ हजार बढी संगठित सदस्यले छनोट गरेका ६ सय ७५ जना प्रतिनिधिको सहभागिता रहेको छ।