नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन तयारी अन्तिम चरणमा पुगेको छ।
आइतबार र सोमबार हुने प्रथम प्रदेश अधिवेशनका लागि धनगढीस्थित सौराई पार्टी प्यालेस झकिझकाउ पारिएको छ। अधिवेशनमा सहभागी हुन सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका प्रतिनिधि धनगढी आउने क्रम जारी छ।
दुई दिनसम्म चल्ने अधिवेशनमा ५३ हजार बढी संगठित सदस्यले चुनेको ६ सय ७५ जना प्रतिनिधिले सहभागिता जनाउने छन्। अधिवेशनले आगामी नयाँ नेतृत्व चयन गर्ने छ। प्रदेश अध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन्।
अध्यक्षका लागि कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी र बचन सिंह आकांक्षी देखिएका छन्। यसअघि नेकपा एमाले निकट राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष समेत रहेका सिंहले आफ्नो उम्मेदवारी रहने भन्दै पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए।
अधिवेशनको उद्घाटनका लागि एमाले अध्यक्ष केपी ओली आउने भएका छन्। उनी आइतबार बिहान जहाजबाट धनगढी आउने कार्यक्रम रहेको बताइएको छ।