माओवादीसँग एकीकरणको विषयमा नेसपाभित्र विवाद
१६ असोज २०८०
•
२ मिनेट पाठ
माओवादीसँग एकीकरणको विषयमा नेसपाभित्र विवाद
बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीभित्र नेकपा (माओवादी केन्द्र)सँग एकीकरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद उत्कर्षमा पुगेको छ। विवादकै बिचमा नेसपाको कार्यकारिणी समिति बैठक सोमबारदेखि काठमाडौंमा सुरु भएको छ।




बैठक मंगलबार पनि बस्ने भएको छ। नेसपा कार्यकारिणी समिति सदस्य तथा कार्यालय प्रमुख रोशन पोखरलेका अनुसार मंगलबारको बैठकमा धु्रवीकरण, तथा समग्रमा पार्टी एकीकरणलगायतका विषयमा छलफल हुने भएको छ। आइतबार बसेको बैठकमा पार्टीको अवस्थाबारे विभिन्न प्रदेश समितिबाट रिपोर्टिङ भएको पोखरेलले बताए।

स्रोतका अनुसार माओवादीसँग एकीकरण गर्ने कि नगर्ने विषयमा पार्टीभित्र दुईवटा धारणा आएको छ। यही भदौ २९ गते नेसपाका अध्यक्ष बाबुराम भट्टराई भारत गएका बेला नेकपा (माओवादी)ले पार्टी एकीकरण गर्न अर्का अध्यक्ष महेन्द्र यादवलाई सम्बोधन गरेर चिठी पठाएका थिए। उक्त चिठीपछि विवाद चर्किएको हो।
भट्टराई पक्षधर नेताहरूको भट्टराईलाई सम्बोधन गरेर चिठी पठाउनुपर्ने, त्यो नभए पनि दुईवटा अध्यक्षलाई सम्बोधन गरेर चिठी पठाउनुपर्ने थियो भन्ने तर्क छ। ‘यो त हाम्रो पार्टीभित्र खेल्न खोजेको देखियो। पार्टीभित्र दुईजना अध्यक्ष छन् तर एउटा अध्यक्षलाई मात्र सम्बोधन गरेर चिठी पठाउनु भनेको उहाँहरूको नियतमा प्रश्न गर्ने ठाउँ छ,’ भट्टराईपक्षीय एक नेताले भने।

यादवपक्षीय नेताहरू भने भट्टराई काठमाडौंबाहिर भएकाले यादवलाई सम्बोधन गरेर चिठी लेखिएको बताउँदै यस विषयमा विवाद गर्नुको कारण नभएको बताउँछन्।

उनीहरू माओवादीसँगको एकीकरण प्रक्रियालाई पहिलो प्राथमिकता दिएर तत्काल अघि बढाउनुपर्ने धारणा राख्छन्। तर भट्टराईपक्षीय नेताहरू माओवादीसँगको एकीकरणभन्दा संगठन विस्तारलाई प्राथिमकता दिनुपर्ने धारणा राख्छन्। भट्टराईलाई ईश्वर रिजाल, विश्वदीप पाण्डे, रोशन पोखरेललगायतले साथ दिएका छन् भने यादवको पक्षमा सवर प्रजापतिलगायतका नेता छन्।

माओवादीसँगको एकीकरणलाई प्राथमिकता दिने कि नदिने भन्ने विषयमा गत साल सम्पन्न प्रतिनिधिसभा चुनावलगत्तै विवाद सुरु भएको हो। निर्वाचनमा नेसपाका नेताहरूले माओवादीको चिह्न प्रयोग गरेर चुनाव लडेका थिए। त्यतिबेला नै माओवादी र नेसपाबीच एकीकरण गर्ने सहमति भएको थियो। चुनाव भएको एक वर्ष हुन लाग्दा पनि उक्त सहमति कार्यान्वयन हुन सकेको छैन।

अध्यक्ष बाबुराम भट्टराई भारत गएका बेला नेकपा (माओवादी केन्द्र)ले पार्टी एकीकरण गर्न अर्का अध्यक्ष महेन्द्र यादवलाई सम्बोधन गरेर चिठी पठाएका थिए। उक्त चिठीपछि विवाद चर्किएको हो।
स्रोतका अनुसार दुई पार्टीबीच एकीकरण भएमा एकीकृत पार्टीको नाममा कम्युनिस्ट शब्द नै नराखी समाजवादी शब्द राख्न भट्टराईको अडान छ। यसमा माओवादीका नेताहरू सहमत नभएको स्रोतको भनाइ छ। स्रोतका अनुसार दुई पार्टीबीच एकीकरण भएमा अहिलेको पार्टीको नाम फेर्न माओवादी तयार छ तर पार्टीको नाममै कम्युनिस्ट शब्द नै हटाउन भने माओवादीका नेता तयार छैनन्।

‘चुनावलगत्तै माओवादी अध्यक्ष दाहाल र भट्टराईबीच एक्लाएक्लै कुराकानी भएको थियो। उक्त कुराकानीमा पार्टीको नाममा कम्युनिस्ट शब्द राख्ने कि हटाउने भन्ने विषयमा सहमति जु्ट्न सकेको थिएन।
अर्को समाचार
महिन्द्र पक्षका नेता नेसपाकाे पार्टी जिम्मेवारीबाट मुक्त
०५ चैत्र २०८०
•
१ मिनेट पाठ
महिन्द्र पक्षका नेता नेसपाकाे पार्टी जिम्मेवारीबाट मुक्त
नेपाल समाजवादी पार्टी (नेसपा) को बाबुराम भट्टराइ पक्षले भट्टराइ पक्षलाई बाइपास गर्दै नेकपा (माओवादी) सँग पार्टी एकीकरण गर्ने घोषणा गरेका महिन्द्र यादव पक्षधर नेताहरूलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ।  




भट्टराइ पक्षले आइतबार कार्यकारणी समितिको बैठक बोलाएको थियो। सो बैठकको दुई तिहाइ सदस्यबाट उक्त निर्णय भएको पार्टीका प्रवक्ता कृष्णप्रसाद शर्माले बताए। उनले भने,‘जुन जुन व्यक्ति पार्टीबाट बर्हिगमन भइ माओवादीसँग एकताको घोषणा गरेका छन।

ती सबै व्यक्ति जिम्मेवारीबाट मुक्त भएका छन।’ यता, महिन्द्र यादव पक्षका नेताहरूका आइतबारको बैठकलाई बहिस्कार गरेका छन्। अहिले दुबै पक्षले आफू आधिकारिक भएको दाबी गर्दै आएको छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस