पार्टी र जिल्लाको काममा समय दिने भन्दै नेपाली कांग्रेस बागमती प्रदेशका सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन्।
बागमती प्रदेशसभा सदस्य काफ्लेले प्रदेश संसदीय दलको सचेतक पदबाट राजीनामा दिएका हुन्। मंगलबार उनले संसदीय दलका नेता बहदुरसिं लामालाई भेटेर राजीनामा पत्र बुझाएका हुन्। सचेतकको भूमिकामा रहँदा पार्टी, संगठन र दोलखेली जनताको सेवामा समय अभाव भएको महसुस भएकोले राजीनामा दिएको उनले जानकारी दिए।
‘नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको सचेतकको भूमिकाबाट राजीनामा दिएको छु’, उनले भने, ‘गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो। सचेतकको भूमिकामा रहँदा पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस भएकोले यो निर्णयमा पुगेको हुँ। प्रदेश सांसद र कांग्रेसको केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशिल रहनेछु।’ उनले पदमा रहँदा सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त समेत गरेका छन्।’ २०७९ पुसमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलको नेतृत्वमा नेकपा एमाले र राप्रपाको गठबन्धनको सरकार गठन भएपछि नेपाली कांग्रेस प्रतिपक्षमा रहेको थियो।
प्रतिपक्षमा रहँदा कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले काफ्लेलाई प्रमुख सचेतक नियुक्त गरेका थिए। तत्कालीन सत्ता गठबन्धन करिब २ महिना चल्दा काफ्लेलाई प्रमुख प्रतिपक्ष दलको मुख्य सचेतकको जिम्मेवारी तोकिएको थियो। काफ्लेले राजीनामा दिएको विषयलाई लिएर कांग्रेसभित्र अनेक अड्कलबाजी समेत सुरु भएको छ। संसदीय दलको नेता लामालाई हटाएर ईन्द्रबहादुर लामालाई बनाउने अभियान सुरु भएको चर्चा समेत सुरु भएको छ। यस विषयमा भने नेता काफ्लेले मुख खोलेका छैनन्।