दरबार हाईस्कुलको अस्तित्व जोगाउँदै काठमाडौँ महानगर
१२ भदौ २०८०
•
२ मिनेट पाठ
दरबार हाईस्कुलको अस्तित्व जोगाउँदै काठमाडौँ महानगर
साँझ पख दरबार हाईस्कुल। तस्बिर: फनिङ शाक्य
काठमाडौँ महानगरपालिकाले ऐतिहासिक दरबार हाईस्कुलको हाताभित्र सञ्चालित दुई विद्यालयलाई एक बनाएर पुरानै अस्तित्वमा फर्काउने जनाएको छ।




एउटै भवनामा दुई विद्यालय सञ्चालन हुँदा दरबार हाईस्कुलको अस्तित्व खुल्न नसकेको भन्दै संस्कृत माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयको नाम हटाएर एउटै नाम ‘दरबार हाईस्कुल’ बाट सञ्चालन गर्न लागेको कामपाले जानाएको छ।

कामपाको शिक्षा विभागका प्रमुख सिताराम अधिकारीका अनुसार आउने शैक्षिक सत्रदेखि एउटै नामले विद्यालय सञ्चलान हुनेछ। एक हजार विद्यार्थीको क्षमता रहेको यस विद्यालय भवनमा एउटै व्यवस्थापनले सञ्चालन गर्ने छन्।

कोइरालाले भने, “भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालयपछि बनाएकाले सुरुकै अस्तित्वमा स्वीकार्न दरबार हाईस्कुलकै नामले सञ्चालन गर्न लागिएको हो।”

विसं १९१० मा राणाका छोराछोरी पठनपाठन गराउने उद्देश्यले तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा उक्त विद्यालय स्थापना भएको थियो। लामो इतिहास बोकेको विद्यालय भएकाले पनि यसको अस्तित्व जोगाउनु कामपाको कर्तव्य भएको उनको भनाइ थियो।

ऐतिहासिक मात्रै होइन उक्त विद्यालय हाल कामपामा  रहेको ८९ सामुदायिक विद्यालय र तीन नमूना विद्यालयमध्ये एक हो। गत आवदेखि कामपाले यसलाई नमूना विद्यालयको रुपमा सञ्चालन गर्दै आएको छ। ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुलमा कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित भए पनि पछिल्लो समय नवनिर्मित भवन, सफा खाजा घर तथा थोरै लगानीमा अङ्ग्रेजी माध्यममा पढाइ हुने भएपछि अहिले भने प्रशस्त विद्यार्थी छन्।

ऐतिहासिक र पुरानो विद्यालय भएकाले सुरुको समयमा सम्पन्न परिवारका छोराछोरीले मात्र अध्ययन गर्ने गरेका थिए। कुनै समय श्रमिकका छोराछोरी मात्र पढ्ने गरेको यस विद्यालयमा अहिले सरकारी कर्मचारी तथा स्थानीयवासीका छोराछोरीको आकर्षण बढी रहेको विद्यालय व्यवस्थापनले जानाएको छ।

आठ वर्षअघिको भूकम्पपछि पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको उक्त स्कुल नौ रोपनी जमिनमा निर्माण गरिएको चार तले सो विद्यालय भवनमा ४० कक्षा कोठा छन्। भूकम्पपछि चीन सरकारको पूर्ण सहयोगमा चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले उक्त विद्यालय भवन निर्माण गरेको हो।

भूकम्पपछि उक्त स्कुल पुनःनिर्माणको शिलान्यास विसं २०७५ साउन १८ गते गरिएको थियो। विसं २०७७ कात्तिक ५ गते तत्कालीन राष्ट्र प्रमुख विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणसँगै सो विद्यालय भवन उद्घाटन गरेपछि पुनःसञ्चालनमा आएको हो। रासस
अर्को समाचार
नयाँ स्वरूपमा दरबार हाईस्कुल
१४ माघ २०७७
•
६ मिनेट पाठ
नयाँ स्वरूपमा दरबार हाईस्कुल
बाहिरी आवरण हेर्दा लाग्छ, यो कुनै ‘दरबार’ हुनुपर्छ अथवा कुनै ठूलो सरकारी कार्यालय । काठमाडौंको जमलस्थित मुलुककै सबैभन्दा पुरानो स्कुल दरबार हाइस्कुलको अहिले बनेको नयाँ भवन देख्दा धेरैले यस्तै अनुमान गर्दा हुन् । सुन्दर भवन देख्दा धेरैलाई स्कुलको भवन पनि यस्तो हुन्छ र भन्ने पत्यार नलाग्ला । तर, देशकै ऐतिहासिक स्कुल पुनर्निर्माण कार्य पछि निकै आर्कषक  र टलक्क टल्किने बनेको छ । लोभ्याउँदो रूप देख्दा सरकारी विद्यालय संरक्षणमा सरकारको चासो गएको अनुमान धेरैले गरेका छन् ।  




देशभरकै सरकारी स्कुलमध्येको सबैभन्दा झकिझकाउ बनेपछि विद्यार्थी संख्या पनि बढ्न थालेका छन् । ‘उपत्यकाको मौलिक र पुरानो विद्यालय पुनर्निर्माण सकिएपछि पूर्वरूप भन्दा राम्रो छ,’ संस्कृतिविद् चुण्डा बज्राचार्य भन्छिन्, ‘पुरानो स्कुललाई यसरी स्याहार गर्नु र पुरानो रूप दिनु निकै सकारात्मक हो ।’ उनले दरबार हाईस्कुल देशकै शैक्षित इतिहास बोकेको स्कुल भएकाले यसमा सबैले चासो दिनुपर्ने बताइन् ।

४६ कोठा भएको नयाँ भवन ८५ करोड लागतमा पुनर्निर्माण गरिएको हो । चीन सरकारको सहयोगमा पुनर्निर्माण गरिएको यो स्कुलको भवन निकै आकर्षक बनेको छ । हरेक कक्षा कोठामा ४० जना विद्यार्थी राख्ने व्यवस्था मिलाइएको छ ।
पछिल्लो समय विपन्न वर्गका विद्यार्थीहरूले सरकारी स्कुल रोजपछि धनीवर्ग र नेताहरूका छोराछोरी भने निजी स्कुलमा पढ्न आर्कषण भएको उनको भनाइ छ । ‘उपत्यकाको शैक्षिक क्षेत्र राम्रो थियो भन्ने सन्देश नयाँ भवनले दिएको छ,’ उनले भनिन्, ‘अब विद्यार्थी संख्या बढाउनमा जोड दिनुपर्छ ।’

पुनर्निर्माण पछि भवनको रंग र शैली निकै आकर्षक छ । सरकारी विद्यालयको भवन सुन्दर बनेपछि भूकम्पपछि पुनर्निर्माणले गति पाइरहेको छ, भन्ने अर्को आशा नागरिकमा थपिएको छ । चिनियाँ ठेकेदार कम्पनीले पुनर्निर्माण गरेको भए पनि त्यसले सरकारलाई ‘जस’ लिने बाटो बनाइदिएको छ । यो स्कुल चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको हो । सांघाई कन्स्ट्रक्सनले बनाएको भवन निकै आकर्षक बनेको छ । चिनियाँ कम्पनीले चीनकै कन्सल्ट्यान्ट र ठेकेदारले ८५ करोड लागतमा भवन पुनर्निर्माण कार्य सकाएका हुन् । नयाँ भवनमा ४६ वटा कोठा रहेको छन् ।  हरेक कक्षामा ४० जनाका दरले विद्यार्थी अटाउन सक्छन् ।

रानीपोखरीको छेउमा रहेको ऐतिहासिक दरबार हाईस्कूल (भानु माध्यमिक विद्यालय) को पुनर्निर्माण केही समय अघिमात्रै सकिएको हो । भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि स्कुलको आधुनिक पुनर्निर्माण कार्य थालिएको थियो । भवन निर्माणको लागि चीन र नेपालका गरी दैनिक १ सय कामदार खटाइएको थियो ।  

९ रोपनी क्षेत्रफलमा रहेको भवन पुनर्निर्माण गर्दा ८५ करोड खर्च भएको छ । भूकम्पअघि दुई तले (२० कोठे) रहेको दरबार हाईस्कुल अहिले चार तले र ४६ कक्षाकोठाको बनेको छ । भवनको शैली तथा नमुना ‘चाइना एभिएसन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ले तयार गरेको थियो । मौलिकता नमासिने गरी बनाइएको स्कुल आकर्षक बनेको छ । निर्माण कम्पनीका व्यवस्थापक राजेन्द्र केसीले १९ महिनामा दरबार हाईस्कूलको मौलिक रूप फकाइएको बताए । ‘पुनर्निर्माण गर्दा आर्थिक तथा संरचनाको ढाँचामा कुनै विवाद भएन, सबैको समन्वयका कारण छिटो पुनर्निर्माण सकियो,’ उनले भने ।

राणाका छोराछोरी पढाउन १९१० सालमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको पालामा दरबार हाईस्कूल निर्माण गरिएको थियो । १९६४ सालमा संस्कृत पढ्नका लागि मात्रै सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरियो । राजनीतिक परिवर्तन हुँदै गएपछि हाल दरबार स्कुल साझा बनेको छ ।  

अहिले विपन्न परिवारका धेरै बालबालिकाले यस स्कुलमा पढ्छन् । यो स्कुलमा २०४८ सालदेखि सबैले पढ्न पाउने व्यवस्था गरिएको थियो ।

ऐतिहासिक स्कुलको भूकम्पअघिको संरचना भने कमजोर थियो । अहिले भने निर्माण गर्दा माटो, इँटा, सुर्की र चुनासहित बलियोको लागि सिमेन्ट प्रयोग गरिएको छ ।  पुनर्निर्माणका क्रममा हाल दरबार हाईस्कुल आसपासको क्षेत्र पनि हराभरा पारिएको छ । स्कुलको अगाडिको भागमा गमला र दुबो रोपिएको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आएको  दरबार स्कुलमा हाल भने विद्यार्थीको संख्या कम छ । पछिल्लो समय न्युन आर्थिक अवस्था भएका व्यक्तिका छोराछोरी मात्रै विद्यालयमा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक अखिलेश आजादले  

जानकारी दिए । उनका अनुसार दरबार स्कुलको शैक्षिक व्यवस्था सुधारको लागि पर्याप्त लगानी गरिरहेको भए पनि विद्यार्थी संख्या खस्किएको छ । ‘विद्यालयको संरचना बढेको छ, विद्यार्थी संख्या भने घटेको छ,’ उनले भने, ‘भवन राम्रो बनेपछि संख्या बढ्ने अनुमान गरिएको छ ।’

विद्यालय संरचना व्यवस्थित हुँदा पनि विद्यार्थीको संख्या बढेको छैन । दरबार हाईस्कुलकै भवनभित्र भूकम्पअघि भानु मावि र संस्कृत मावि पनि सञ्चालित थिए । हाल दुवै विद्यालयका विद्यार्थी गाभिएका छन् । अहिले विद्यार्थी संख्या २ सय ५० जना रहेको बताइएको छ । ३५ जना शिक्षक कर्मचारी रहेको दरबार हाईस्कुल उपत्यकाको शैक्षिक सम्पदा पनि मानिन्छ ।  

अहिले सत्ता हाक्ने अधिकांशहरूले यही पढेका थिए । तर, सत्तामा हुनेहरूले यो स्कुलको लागि गरेको योगदान भने कमजोर देखिन्छ । मन्त्री, सांसदका छोराछोरीले यस विद्यालयमा पढ्दैनन् । कुनै समय देशको नेतृत्व जन्माएको यस विद्यालयलाई अहिले विपन्न र गरिब परिवारका छोराछोरीले पढ्ने थलोका रूपमा लिने थालिएको छ । दबार हाईस्कूलका पूर्व प्रधानाध्यापक सुर्वण शाक्यले पहिले जीवन दर्शन र नैतिक विषयमा सम्बन्धित धेरै विषयहरू पढाइ हुने भए पनि अहिले ती विषयहरू लोप भइसकेको बताए । त्यतिबेलाको शिक्षा पद्धती पनि दर्शन र जीवनमा केन्द्रित बनेकोले त्यसबेलाको पठनपाठन प्रभावकारी भएको उनको भनाइ छ ।  

उनका अनुसार त्यतिबेलाका पाठ्यक्रम पनि व्यवहारिक र जीवनउपयोगी थिए । नैतिक शिक्षाको जग नै दरबार हाईस्कूल मानिन्थ्यो । करेसाबारी र कौशिखेतीबारे पढाइ हुन्थ्यो । किसानसँग विद्यार्थीहरूले कार्यशाला गराइन्थ्यो । युवाहरूलाई व्यवसायिक बनाउनको लागि पूर्वव्यावसायिक पढाइ हुन्थ्यो । सामाजिक र विज्ञान संकायमा विद्यार्थीमा चाम थियो । प्राविधिक विषय पढ्न विद्यार्थीहरूले खुबै रुचाउँथे ।

तर, २०३६ सालको राजनीतिक परिवर्तनले दरबार हाईस्कूलमा ठूलो हलचल ल्यायो । स्वतन्त्र सरकारी शिक्षा आर्जनको केन्द्रलाई राजनीतिक अखडा बनाए ।

२०४० सालसम्म दरबार हाईस्कूलको पढाइ खल्बिल्लिएको थियो । पूर्व प्रध्यानाध्यापक शाक्य भन्छन्, ‘राजनीतिक भातृ संगठन स्थापना भएपछि नेपालको शिक्षा प्रणालीमा ठूलो असर पर्‍यो, देशकै सबैभन्दा बढी विद्यार्थी रहेको दरबार हाईस्कूलमा राजनीतिक नारा लगाउन थालिएका थिए, त्यसले पनि दरबार हाई स्कूललाई असर पारेको थियो र हालसम्म पनि शैक्षिक क्षेत्रमा राजनीतिक दबदबा उस्तै छ ।’  

उनले २०३० सालमा दरबार हाईस्कुलमा २ हजार ३ सय जना विद्यार्थी रहेको बताए । उक्त संख्या २०४० सालमा पुग्दा १ हजार २ सयमा झरेको थियो । राजनीतिक अवरोधका कारण विद्यार्थीको संख्या पनि घटेको थियो । शाक्यका अनुसार २०३५ सालअघिसम्म दरबार हाईस्कुलका कक्षाकोठा १० वटा थिए । त्यस्तै, बैठक हल पनि बनाइएको थियो । विद्यालयको आसपासमा बगैंचा बनाइएको थियो । ‘२०३० सालभन्दाअघि दरबार स्कुलको भौतिक अवस्था निकै कमजोर थियो,’ उनले भने, ‘२०३३ सालमा हामीले भौतिक संरचना व्यवस्थित भयो, भौतिक संरचना राम्रो भए पनि राजनीतिक अवस्थाका कारण पढाइ प्रभावित बन्यो ।’

संस्कृतिविद् सत्यमोहन जोशीले दरबार हाईस्कुल पुरानो शिक्षा प्रणाली र शैक्षिक इतिहास बोकेको संस्था भएकोले यसलाई थप व्यवस्थित गरी सञ्चालन गर्नुपर्ने बताए । ‘दरबार हाईस्कुल नभएको भए पढेलेखेकाहरूको संख्या कम हुने थियो,’ उनले भने, ‘राणाले नै बनाएको भएर राजनीतिक परिवर्तनपछि जनताका छोराछोरीले पढ्न पाए, यो निकै गतिलो कुरा हो,’ उनले भने ।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस