गृहमन्त्री भन्छन्ः उच्चस्तरीय छानविन समिति बनाउँदा अनुसन्धान र दोषी पत्ता लगाउने कुरामा अलमल हुनसक्छ
०२ भदौ २०८०
•
४ मिनेट पाठ
गृहमन्त्री भन्छन्ः उच्चस्तरीय छानविन समिति बनाउँदा अनुसन्धान र दोषी पत्ता लगाउने कुरामा अलमल हुनसक्छ
पोखरामा शनिबार संचारकर्मीसँग बोल्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ। तस्बिरः सन्देश/नागरिक
उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डबारे अध्ययन गर्न उच्चस्तरीय छानविन समिति बनाउँदा अनुसन्धान र दोषी पत्ता लगाउने कुरामा अलमल्याउने (डिरेल) गर्ने खतरा रहने बताएका छन्।




जनतासँग माओवादी अभियान अन्तर्गतको कार्यक्रममा सहभागि हुन शनिबार पोखरा आएका श्रेष्ठसँग प्रेस सेन्टर कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले उच्चस्तरीय छानविन समिति बनाउँदा अनुसन्धान र दोषी पत्ता लगाउने कुरालाई अलमल्याउने खतरा रहने बताए।

एक क्विन्टल सुनकाण्डको सत्यतथ्य पत्ता लगाउन नेकपा एमालेले उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै आएको छ। तर सरकार र गठबन्धनमा आबद्ध दलहरुले सुनकाण्डको छानविन गर्न उच्चस्तरीय समिति आवश्यक नरहेको बताउँदै आएका छन्। सोहि विषयमा पत्रकारले सोधेको प्रश्नमा गृहमन्त्री श्रेष्ठले भने, ‘उच्चस्तरीय छानविन समितिको माग किन गर्नुभयो? भनेर म प्रश्न गर्न चाहन्न। तर यस्तो समिति बनाउँदा अनुसन्धान र दोषी पत्ता लगाउने कुरामा डिरेल गर्ने खतरा उत्पन्न गराउँछ।’

उनले अनुसन्धानमा बाधा पु¥याउने कुरा स्वीकार्य नहुने भन्दै उच्चस्तरीय छानविन समिति बनाउने कुरामा सहमत हुनै नसक्ने संकेत गरे। सुशासनको अभियान चलिरहेका बेला एमालेले संसद अवरोध गरेको प्रति आश्चर्य व्यक्त गर्दै उनले भने, ‘यो नगर्नु पर्ने थियो। नहुनुपर्ने काम भइरहेको छ। दुःखद काम भइरहेको छ।’  

यसअघि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको पालामा पनि र अर्को एकपटक गरेर दुईवटा छानविन समिति बनेपनि त्यसले परिणाम नदिएको उनले बताए। ‘यसअघिको प्रतिवेदन आयो तर परिणाम केहि पनि आएन। न सुन आयो, न सिफारिस कार्यान्वयन भयो,’ उनले भने।’  

उप–प्रधान तथा गृहमन्त्री श्रेष्ठले अनुसन्धानकै लागि भनेर सिआईबीको संरचना निर्माण भएकाले त्यसलाई बाईपास गरेर अरु कुनै समिति बनाउन आवश्यक नरहेको बताए। दोषी नछुटोस् तर निर्दोष नफसोस् भन्नेमा सरकार स्पष्ट रहेको बताउँदै उनले भने, ‘अनुसन्धानले, प्रमाणले जसलाई दोषी देखाउँछ त्यहाँसम्म जाने हो। त्यो हाम्रो स्ट्याण्डबाई डाईरेक्टिभ हो।’ उनले अनुसन्धानको क्रममा जो कोहि दोषी देखिएपनि नउम्किने बताए।  
उनले भने, ‘यसमा कोहि माओवादी प¥यो भने पनि छुट्दैन । कांग्रेस, एमाले वा अरु कुनै पार्टीको हामीलाई मतलव छैन। कुनै घरानाको हामीलाई मतलव छैन। कुनै सम्बन्ध, नाताको मतलव छैन। हामीलाई के मात्र मतलव छ भने अनुसन्धान र तथ्य प्रमाणको आधारमा दोषी देखिने चाहिँ नछुटोस्। निर्दोष कोहि नपरोस। यो मान्यतामा सिआईबीले काम गरिरहेको छ।’

गृहमन्त्री श्रेष्ठले सुनकाण्डले तस्करीलाई बढावा दिदाँ देशको छवी धमिल्याउनुको साथै राजश्व र अर्थतन्त्रमा असर गरेको बताउँदै उनले भने, ‘त्यसैले सुनकाण्डको नेटवर्कको पहिचान गरेर दोषीमाथि कारवाही गर्ने हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण सुरक्षा र व्यवस्थापनलाई समीक्षा गरेर नयाँ योजनाका साथ सुरक्षा अपनाईन्छ।’

उप–प्रधान तथा गृहमन्त्री श्रेष्ठले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीको बयान लिन हुन्न भनेर सरकार वा गठबन्धनका दलहरुले नभनेको दाबी गरे। ‘यो राजनीतिक पार्टीहरुको बैठकले निर्देशन दिने कुरा होईन,’ उनले भने, ‘राजनीतिक पार्टीहरुको बैठक, गठबन्धनको बैठक त्यसको निम्ति भयो भन्ने कुरा नै सत्य होईन। यो हुनै सक्दैन, यस विषयमा गठबन्धनको बैठकमा छलफल पनि भएको छैन।’  

लिता निवास प्रकरण किर्ते तथा संगठित अपराध अन्तर्गत अनुसन्धान भईरहेको भन्दै यो संविधान र कानून अनुसार अगाडि बढ्ने प्रष्ट पारे। उनले दल वा मन्त्रीले पनि फलानालाई वयान लेउ, फलानालाई नलेउ भनेर भन्न नमिल्ने बताए।

श्रेष्ठले प्रहरी र प्रशासनमा आर्थिक चलखेल र राजनीतिक हस्तक्षेपका आधारमा हुने सरुवा, बढुवा लगायतका काम बन्द गरेको दाबी गरे। प्रहरी, प्रशासनलाई स्वतन्त्र र स्वाभिमानपूर्वक काम गर्न दिनका लागि आफूले यो अभियान सञ्चालन गरेको बताउँदै उनले भने, ‘म आएदेखि प्रहरी, प्रशासनमा आर्थिक चलखेलले पदोन्नती गर्ने, बढुवा र सरुवा गर्ने, पदस्थापन गर्ने कार्य सबै सकियो। प्रहशासनमा पनि राजनीतिक वा बाह्य अरु प्रकारको हस्तक्षेपका आधारमा जिम्मेवारी दिने र प्रशासनिक वा सुरक्षाकर्मीलाई अपमानित गर्ने,। मनोबल गिराउने कार्यलाई निषेध गरेको छु।’

श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सुशासनको अभियान अन्तर्गत शरणार्थी प्रकरण, सुनकाण्ड, ललिता निवास काण्ड लगायतको छानविन भइरहेको बताए। सरकार भ्रष्टाचार विरोधी, दण्डहिनता विरोधी, ठगी विरोधी, अनियमितता विरोधी अभियानमा लागेको भन्दै उनले भने, ‘देशमा राजनीतिक परिवर्तन त भयो तर सुशासन, समृद्धि भएन। अब सुशासनसँगै समृद्धिको यात्रालाई तय गर्न सरकार लागिरहेको छ, यसबाट जनतालाई नया जीवन पाएको अनुभूति गराउने हो।’
अर्को समाचार
बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेकालाई रिहा गर्ने आदेशप्रति उपप्रधानमन्त्री श्रेष्ठको असन्तुष्टि
२८ माघ २०८०
•
१ मिनेट पाठ
बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेकालाई रिहा गर्ने आदेशप्रति उपप्रधानमन्त्री श्रेष्ठको असन्तुष्टि
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीलगायतका ३ जनालाई रिहा गर्ने अदालतको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन्।




आईतवार प्रतिनिधि सभा अन्तर्गतको राज्यको व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले जिल्ला अदालत काठमाडौंमा २ दिनको म्याद दिएर अनुसन्धान नै गर्न नदिई गरिएको सो फैसला नेपालको न्यायिक इतिहासकै पहिलो फैसला भएको जिकिर समेत गरे।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल प्रहरीले अपराध अनुसन्धान विभागले म्याद थप गर्न पाउने भएपनि त्यसको समय नदिएर त्यतिधेरै रोजगारी दिएको भन्ने जस्ता भाषा अदालतको फैसला आएको कुरालाई सम्बन्धित निकायले समिक्षा गर्नुपर्ने समेत बताए। उनले सरकारले अदालतको निर्णय मान्ने भएकाले त्यसको कार्यान्वयन पूर्ण रुपमा हुने पनि बताए। उपप्रधानमन्त्री श्रेष्ठले अदालतको सो निर्णयको कार्यान्वयन गर्ने र सरकारले त्यो मुद्दालाई अघि बढाउने बताए।  

उपप्रधानमन्त्री श्रेष्ठले सो मुद्दामा संलग्न जोकोहीलाई पनि कारबाही गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए। गत २२ माघमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति सदस्य अरुण चौधरी, अध्यक्ष सञ्जय ठाकुर र तत्कालिन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई २ दिनभित्र रिहा गर्न आदेश दिएको थियो। अदालतको सो निर्णय ठिक वा बेठिक जे भएपनि सरकारले त्यसलाई सम्मान गरेर अघि बढ्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाई थियो।  
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
यो पनि पढौँ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस