पशुपतिमा एकपछि अर्को बेथिति
२४ असार २०८०
•
३ मिनेट पाठ
पशुपतिमा एकपछि अर्को बेथिति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र पशुपति विकास कोषका डा. मिलनकुमार थापा।
हिन्दुहरूको आस्थाको धरोहर पशुपतिनाथा मन्दिरमा एकपछि अर्को बेथितिका घटना बढ्दै गएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति विकास कोषको अतिक्रमण गरिएको ३१ रोपनी जग्गालाई वैधता दिने निर्णय गरेको घटना सेलाउन नपाउँदै फेरि तिनै मन्त्रीले प्रतिस्पर्धा नगराईकन आफ्ना कार्यकर्तालाई पोस्ने गरी करिब डेढ करोड रूपैयाँको काम अमानतमा गराउन लागेका छन्।  




पशुपति विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री किराती र कोषका सदस्यसचिव डा. मिलनकुमार थापाको मिलेमतोमा अमानतमा काम गराउन १ करोड ५८ लाख ८४ हजार १ सय ६६ रूपैयाँ बजेट व्यवस्था गर्न लागिएको छ। ‘इमरजेन्सी’मा कुनै काम गर्नुपरे अमानतमा गराउने प्रचलन छ। तर पशुपतिमा मन्त्री किरातीको निर्देशन र सदस्यसचिव थापाको प्रस्तावमा अमानतमा काम गराउन लागिएको हो।  

सदस्यसचिव थापाले आइतबार आह्वान गरिएको बैठकमा विभिन्न काम अमानतमा गराइएको हुँदा खरिद प्रक्रिया पूरा गरी भुक्तानी दिनुपर्ने भएकाले बजेट व्यवस्था गर्न आवश्यक देखिएको भन्दै लिखित प्रस्ताव कोषका सदस्यलाई पठाएका छन्। पशुपतिनाथ मन्दिर परिसरभित्र विभिन्न स्थानमा वृक्षरोपण गर्ने, बगैंचा निर्माण गर्ने, बोटबिरुवा संरक्षणका लागि ट्री–गार्डलगायतका घेरा पर्खाल लगाउने, चौतारा निर्माण गर्ने, सरसफाइ गर्ने, नेपालको राष्ट्रिय झन्डा राख्ने आदि कार्यका लागि अमानतमा काम गराउन प्रस्ताव पेस गर्नुपरेको सदस्यसचिव थापाद्वारा हस्ताक्षर गरी परिषद्का सदस्यहरूलाई पठाएको प्रस्तावमा उल्लेख छ।

पशुपति विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री किराती र कोषका सदस्यसचिव डा. मिलनकुमार थापाको मिलेमतोमा अमानतमा काम गराउन १ करोड ५८ लाख ८४ हजार १ सय ६६ रूपैयाँ बजेट व्यवस्था गर्न लागिएको छ।  
पशुपति क्षेत्र सौन्दर्यकरणका लागि सार्वजनिक खरिद ऐन मिचेर मन्त्री किरातीले आफूले चाहेका व्यक्तिलाई अमानतमार्फत काम दिन लागेका हुन्। चालु आर्थिक वर्ष २०७९-८० सकिन एक साता बाँकी रहँदा सोमबारको बैठकबाट प्रस्ताव पारित गरेर रकम खर्च गर्ने मन्त्री किराती र सदस्यसचिव थापाको योजना छ। थापाको प्रस्तावअनुसार केही काम सम्पन्न भइसकेको छ भने केही गर्ने योजना छ। 

पशुपति क्षेत्रलाई स्वच्छ, सफा राखी सुन्दर बनाउन बोटबिरुवा र फूल रोपी हरियाली बनाउन आवश्यक भएको तर उक्त कार्यका लागि बजेट अपुग भएको हुँदा तत्काल बजेट व्यवस्था गर्न भनिएको छ। मन्त्री किरातीसँगको परामर्शमा सदस्यसचिवले बैठकका अजेन्डा प्रस्ताव गर्छन्। मन्त्री किरातीको अध्यक्षतामा बस्ने बैठकले सबै अजेन्डा पारित गर्नेे निश्चित छ। आफ्ना अजेन्डामा असहमति राख्ने परिषद्का तीनजना सदस्यलाई मन्त्री किरातीले हटाइसकेका छन्। किरातीका प्रस्ताव तथा निर्णयमा असहमति राख्ने विश्वकिरण जैन, पूर्णबहादुर जेठार र देवी बराललाई परिषद्को सदस्यबाट हटाइएको हो।  

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापाले नागरिकको जिज्ञासामा सुरुमा अमानतमा काम गर्न पाइँदैन भन्ने जवाफ दिए। आइतबारको बैठकमा प्रस्ताव लैजाँदै हुनुहुन्छ नि भन्दा थापाले भने, ‘इमरजेन्सी परेका बेला सानो काम अमानतमा गर्न सकिन्छ।’ डेढ करोड रूपैयाँको काम अमानतमा गराउँदै हुनुहुन्छ रे नि भन्ने जिज्ञासमा थापाले प्रस्ताव हेर्नुपर्छ भन्दै फोन राखे। कुनै काम तुरुन्त गर्नुपर्ने भए डिजाइन इस्टिेमट गरेर काम गराउने प्रचलन अमानत हो।

यसैगरी पशुपति क्षेत्रको कोर एरियामा विदेशी सहयोगमा कुनै संरचना नबनाउने निर्णय भए पनि भारतको सहयोगमा करिब १६ करोड रूपैयाँमा बज्रघर पुनर्निर्माण गर्ने प्रस्ताव पनि आइतबारको बैठकमा राखिने भएको छ। किरातीले पशुपतिको घ्याम्पो चोर्ने प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याएका छैनन्। कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने गोठाटारमा पशुपति विकास कोषका नाममा रहेको ५३५ रोपनी ३ आना जमिनमध्ये ३१ रोपनी अतिक्रमण भएको अध्ययनमा देखिँदादेखिँदै पनि मन्त्री किरातीले जग्गा खोजी नगरी हालसाबिक गर्ने निर्णय गरेपछि उनी विवादमा परेका थिए। अतिक्रमण गरेको जमिन खोजेर फिर्ता ल्याउनुपर्नेमा पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री किरातीले त्यसलाई हालसाबिक गर्ने निर्णय गरेपछि आलोचना भएको थियो।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
९ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस