प्रमुख प्रतिपक्ष दल नेकपा एमालले सुन प्रकरण छानबिन गर्न उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायम राख्दै बुधबार पनि संसद अवरुद्ध गरेपछि प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो सम्मका लागि स्थगित भएको छ।
सभामुख देवराज घिमिरेले बुधबारका निर्धारित कार्यक्रमहरु सूचीबाट हटाएर शुक्रबार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगितको सुचना सुनाएका हुन।
एमालेले ससद सुरु हुने बित्तिकै सुन प्रकरण छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राख्दै नाराबाजी सुरु गरेको थियाे।
एमालले १४ दिनदेखि उच्चस्तरीय समिति गठनको माग गरिरहेको छ। आज पनि संसद सुरु हुनै लाग्दा त्यही माग दोहोराएर संसद अवरुद्घ गरेकाे हाे। एमालेका सांसदहरुले सुशासन कायम गरे, तस्करहरुलाई कारवाही गर, उच्च स्तरीय छानबिन समिति गठन गरलगायतका नारा लगाएका थिए। सभामुख देवराज घिमिरेले भने बसेर सदन सुचारू गर्न दिन अनुरोध गर्दा पनि एमालेका सासदहरु नराेकिएपछि सभामुख घिमिरेले ससद स्थगित गरेका हुन।