काँग्रेस बदल्न महामन्त्री पद पनि त्याग गर्न तयार छु: गगन थापा
१६ असार २०८०
•
४ मिनेट पाठ
काँग्रेस बदल्न महामन्त्री पद पनि त्याग गर्न तयार छु: गगन थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन्।




एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले काँग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै उनले आफूले व्यक्तिको नभई पार्टी नै बदल्ने कुरा गरेको उल्लेख गरे।

नेपाली काँग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले डेमोक्रेसीमा एउटै व्यक्ति पटक पटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दाबी समेत गरे।

उनले काँग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको घोषणा गरे।

दाग लागेको काँग्रेसको महामन्त्री बन्नुभन्दा सफा काँग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनको भनाई थियो।
महामन्त्री थापाले काँग्रेस बदलिए मात्रै देश बदलिने भएकाले काँग्रेस बदल्ने अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे।

उनले भने, ‘संसारमा एउटा त्यस्तो देश मलाई बताई दिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको देश मलाई बत्ताइदिनुस्। कहीँ हुँदैन। कुनै डेमोक्रेसीमा हुँदैन। नेपालमा आज किन पुरानो पार्टी संकटमा छन्, थाहा छ ? काँग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुर्पै कारण मध्येको मूल कारण भनेको ती पार्टीको नेताहरु खासगरी पार्टीहरु जमेको पोखरी जस्तो भयो। कुनै व्यक्तिको दोष होइन। तर यस्तो कहीँ हुन्छ ? २० वर्षदेखि, २५ वर्षदेखि, ३० वर्षदेखि नेता नबदल्ने कुनै पनि पार्टी हुँदैन। सबै ठाउँमा हुन्छ। यो डेमोक्रेसीमा कि लगातार चुनाव जितेको जित्यै हुन्छ। पार्टीहरु त्यसरी बन्दैन। पोलिटिक्समा पनि एक्जिटको व्यवस्था गरिएको हुन्छ। हामी कहाँ एक्जिटको व्यवस्था गरिएन। आन्दोलनको बेलामा पनि एक्जिट हुँदैन। म उमेरको पनि कुरा गर्दिन। काँग्रेसमा हामीभन्दा पनि पाको एकसेएक जोस भएको, सोच भएको नेताहरु हुनुहुन्छ। हामी अमेरिकाको बाईडेनको कुरा गर्छौँ। उमेर पनि होइन। त्यही अमेरिकामा एउटा व्यक्ति दुई पटक भन्दा बढी राष्ट्रपति नहुने परम्परा पनि छ नि त। प्रत्येक देशले केही न केही परम्परा बनाएको हुन्छ। कि दुई पटक भन्दा बढी राष्ट्रपति हुँदैन। बेलामा व्यक्ति चुनाव लड्छ। चुनाव लड्दै गर्दा पार्टीले संसदीय दलको नेता छान्छ। उसको नेतृत्वमा पार्टी चुनावमा जान्छ। पार्टी बहुमत ल्याएन भने त्यो मान्छे भोलीपल्टबाट राजनीतिमा बस्दै बस्दैन । एक पटक प्रधानमन्त्री छोडेपछि ऊ फर्केर प्रधानमन्त्री हुन आउँदैन बेलायतमा। प्रत्येक देशले यस्तो केही न केही परम्परा बनाएका छन् के। पद्धति बनाएका छन्। अनि मात्र डमोक्रेसी चल्छ। अनि नेपालमा त्यो परम्परा बसाउनु परेन। नेपालमा त्यो परम्परा कसले बसाउँछ ? अनि यो परम्परा र थिति बसाउने पार्टी काँग्रेस होइन ? अनि काँग्रेसले थिति बसाउनु परेन ? कहिले काहीँ व्यक्ति कुरा गर्‍यो भन्छन् मान्छेहरू। व्यक्तिगत कुरा गरेको होइन। मैले नेपाली काँग्रेस भित्र भोली मेरो हकमा पनि त्यो कुरा लागू हुन्छ। मैले नेपाली काँग्रेस भित्र विधि बसाल्ने, थिति बसाल्ने कुरा गरेको हो। किन एउटै व्यक्ति ५ पटक, ६ पटक प्रधानमन्त्री बन्ने ? उत्तर के हो त्यसको । यो कुनै गुटको कुरा होइन । कुनै आदरको कुरा होइन । सुरु गरौँ न। खुला छलफल गरौँ। नयाँ परम्परा र थिति बसाल्ने कुरा नगर्ने ? यो गर्‍यौं भने मलाई अहिलेपनि के विश्वास छ भने कोही साथीहरु आत्तिनु पर्दैन। अघि नै यहाँ चर्चा भएको छ। आजको दिनमा नेपाली काँग्रेसले आत्मनिन्दा गरेर, काँग्रेस सक्कियो भनेर छाती पिटेर, रोएर, कराएर, बौलाएर हिँडेर पनि केही हुँदैन। सक्किएको छैन। कसैले सक्काएर सकिँदैन । राजाले सकेन, माओवादीले सकेन। बन्दुकले सकेन। कसले सक्छ ? सकिन्छ यो ? त्यसैले यो आत्मा निन्दा गरेर पनि नहिँडौँ । हामीलाई कसैले सक्दैन भन्ने त्यो अहंकार पनि नराखौँ। नेपाली काँग्रेसले आत्म निन्दा गरेर पनि हुँदैन। अहंकार पालेर पनि हुँदैन। काँग्रेसले आजको दिनमा गर्नुपर्ने भनेको आत्मा अवलोकन हो। आफ्नो बारेमा समीक्षा गर्नु पर्‍यो। काँग्रेस बदलियो भने बदलिएको काँग्रेसले देश बदल्छ हेर्नोस्। यो देश बदल्नै पर्छ। बदलिएको काँग्रेसले मात्रै यो काम गर्न सक्छ । तर काँग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ। म बदलिन तयार छु। म बदलिन तयार छ भनेको मैले पटक पटक भनेको छु–दाग लागेको काँग्रेसको महामन्त्री हुनु भन्दा सफा काँग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ। त्यो बदलिन म तयार हो । सबै तयार हुनुपर्छ। ’

महामन्त्री थापाले काँग्रेस सक्कियो भनेर नआत्तिन पनि सिंगो पार्टी पङ्क्तिलाई आह्वान गर्दै आफू बदलिएर देश बदल्ने अभियानमा काँग्रेस जुट्नुपर्ने उल्लेख गरे। उनले गठबन्धन सरकार परिवर्तन हुन सक्ने भए पनि काँग्रेसले सर्तसहित सरकारमा सहभागी हुने गरी नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने बताए।
अर्को समाचार
भोली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
२६ चैत्र २०८०
•
१ मिनेट पाठ
भोली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
नेपाली कांग्रेसले मंगलबार बिहान दुई वटा बैठक लगातार डाँकेको छ। कांग्रेसले मंगलबार बिहान साढे सात बजे संसदीय दल कार्यसमिति र आठ बजे कांग्रेस संसदीय दलको बैठक बोलाएको हो।




ती बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुने कांग्रेस संसदीय दल कार्यालयले जनाएको छ। 

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समितिलाई ‘बटमलाइन’ बनाउने निर्णय आज (सोमबार)नै गरिसकेको छ। सोमबार बिहानको बैठकले उक्त निर्णय गरेको हो। संसदीय छानबिन समिति बनाउने विषयमा शीर्ष तहको बैठकमा सबै एकमत रहेको कांग्रेस महामन्त्री गगनकुमार थापाले सोमबारको बैठकपछि जानकारी दिइसकेका छन्।

पछिल्लो प्रतिनिधिसभा बैठकमा पनि कांग्रेसले छानबिन समिति बनाउन सरकारलाई दिएको म्याद सकिएको र अबको बैठकमा सरकारले छानबिन समितिको खाका लिएर आउनुपर्ने माग राखेको थियो। 

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले संसदीय छानबिन समिति निर्माणका लागि सरकारलाई दिएको अल्टिमेटम सकिएको जानकारी गराएका थिए। उनले समिति निर्माण नभएसम्म संसद् अवरुद्ध हुनसक्ने चेतावनी समेत दिएका थिए।  

यस विषयमा छलफल गर्न कांग्रेसले सभामुख देवराज घिमिरेले संसदीय दलका नेताहरूलाई २ः३० बजे बोलाएका छन्। कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक उक्त बैठकमा सहभागी हुँदै छन्। 
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस