बयालिस किलोमिटर टाढाबाट पानी ल्याएका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ अहिले चर्चाको सिखरमा छन्। विभिन्न अवरोधका बावजुत कोकाहा खोलाको पानी धरानमा ल्यापछि उनी भक्कानिए। र, आशु थाम्न सकेनन्।
धरानमा पानी आएसँगै मेयर साम्पाङ रोएको भिडियो यतिबेला सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ। खानेपानीको अभाव भोगिरहेका धरानबासीलाई जिवन दिन उनी सफल भए। मेयर साम्पाङले श्रमदान अभियान चलाएर करिब ४२ किलोमिटर दुरीको पानी ९८ औं दिनमा धरानमा झारेका हुन्।
हिजो मध्यराती कोकाहाको पानी धरान–२० स्थित पकुवा खोलामा खसालेर वास आउट गरिएको हो। पुराना राजनीतिक दल, तीनका नेताहरु एवं मेयर साम्पाङका आलोचकहरुले निरन्तर आलोचना गरिरहे पनि श्रमदान अभियानबाट नै कोकाहाको पानी ल्याउन मेयर साम्पाङ सफल भएका हुन्।
पानी पकुवा खोलामा खसेपछि घर नफर्की साम्पाङले त्यसरात खोलामा नै बिताएका थिए। ‘गर्न खोजे गर्न सकिदो रहेछ’ भन्ने कुरा मेयर साम्पाङले प्रमाणित गरेको धेरैले भन्ने गरेका छन्। धेरैले उनलाई जनप्रतिधि हुन् त यस्तो भन्दै उदाहरणहरु पनि दिइरहेका छन्। सर्वसाधरण र सेलिब्रेटीहरुको सामाजिक सञ्जालको भित्तामा साम्पाङले धरानमा खेसेको पानीका भिडियोहरु पोस्टिएका छन्।
मंगलबार नेकपा एमालेका नेता गोकुल बास्कोटाले धरानकाले धारो ल्याएछन्, समाचारहरु नकारात्मकता र केवल नकारात्मकमा र आत्मरतिमा रमाउने भन्दा पनि यो समाचार भिन्न लागेको बताएका छन्। उनले भनेका छन्, ‘समाचारहरु नकारात्मकता र केवल नकारात्मकमा र आत्मरतिमा रमाउने भन्दा भिन्न लागे है मलाई त। सकारात्मक थ्रेट पनि मज्जा हुदों रहेछ। सधैभरि,सबैतिर यस्तै होला?’
पानी खसालेपछि मुस्कुराएका साम्पाङको तस्वीर सेयर गर्दै निर्देशक दिपकराज गिरीले यस्ता फोटोले मात्र आनन्द दिने बताएका छन्। उनले लेखेका छन्, ‘हो! यस्ता फोटा ले चाहि आनन्द दिन्छ! ठूला राजनीतिक गफ होइन ,बिकास मात्रै लक्ष्य!’
अभिनेत्री करिश्मा मानन्धरले पनि कोकाहाको पानी खुवाउँन सफल भएकोमा मेयर साम्पाङलाई बधाइ दिएकी छिन्। उनले लेखेकी छिन्, ‘मेयर साप! धरानबासी जनताहरुलाई ४२ किलोमिटर टाढा रहेको कोकाहाको पानी खुवाउँन सफल हुनु भो, यस्तै अनेकौं सफलताको शुभकामना छ।’
अभिनेत्री स्वतीमा खड्काले पनि लभहार्ट र तालीको इमोजी राख्दै साम्पाङको तस्वीर सेयर गरेकी छिन्। त्यस्तै अभिनेता आसिफ शाहले मेयर साम्पाङले गरेको कामलाई सलाम दिएका छन्। साम्पाङको तस्वीर सेयर गर्दै अभिनेता शाहले सलाम छ है.... भनेका छन्।
मेयर साम्पाङलाइ जनता र सेलीब्रेटीले असली हिरोको उपमा दिएपनि राजनीतिक दल र तीनका नेताहरु भने मौन देखिन्छन्। उनीहरुले साम्पाङका नाममा शब्दहरु खर्चिन चाहेको देखिदैन।
आफ्ना नेताहरुले गरेका स साना काममा पनि नछुटाइ बधाइ दिने नेतृत्वहरुले पानी अभाव झेलिरहेका धराने जनतालाई श्रमदान मार्फत पानी खुवाएका साम्पाङलाई बधाई दिएको कही कतै देखिदैन्।
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
इनम सापकोटा प्रकरणमा सरकारले कृत्रिम प्रमाण सिर्जना गर्न खोजेको आरोप सार्वजनिक भएपछि सरकारको अनुसन्धान प्रणाली र राज्यशक्तिको दुरुपयोगमाथि गम्भीर प्रश्न उठेको भन्दै बस्नेतले यस्तो उक्त टिप्पणी गरेका छन्।
‘सत्ता स्थायी होइन तर राज्यले गरेको गैरकानुनी कामको जवाफदेहिता स्थायी हुन्छ। सरकारमा बस्नु भनेको संविधान र कानुनभन्दा माथि बस्नु होइन,’ उनले भने।
प्रहरी र प्रशासन सरकारका निजी संयन्त्र नभई संविधान र कानुनप्रति उत्तरदायी संस्था भएको उल्लेख गर्दै सरकार पनि कानुन र दवाफदेहिताको दायरमा बस्नुपर्ने उनको भनाइ छ।
बस्नेतले सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘नागरिकले गल्ती गरे कानुन लाग्ने, तर सरकारी निकायका जिम्मेवार व्यक्ति र संयन्त्रले नै कानुन मिचेको आरोप लाग्दा छानबिन नहुने ? राज्यशक्तिको प्रयोग गरेर कसैलाई फसाउन पाइँदैन। सरकारका गतिविधि कानुनभन्दा माथि र बाहिर हुँदैनन्।’
विवादास्पद कार्यशैली र एकपछि अर्को गरी सार्वजनिक भइरहेका प्रकरणले बालेन्द्र शाह नेतृत्वको सरकारको चरित्र उदाङ्गो बनाउँदै लगेको उनको टिप्पणी छ। सरकार सुशासनको नारा दिएर राज्य आतंकको बाटोमा हिड्न खोज्नु विडम्बनापूर्ण भएको उनको टिप्पणी छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...