नक्कली भुटानी शरणार्थी प्रकरण: ‘भिआइपी’ आरोपितको प्रतिरक्षामा ‘हाई प्रोफाइल’ वकिल
२२ जेष्ठ २०८०
•
४ मिनेट पाठ
नक्कली भुटानी शरणार्थी प्रकरण: ‘भिआइपी’ आरोपितको प्रतिरक्षामा ‘हाई प्रोफाइल’ वकिल
नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गतका मुद्दामा जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस सुरू भएको छ। जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबार थुनछेक बहस सुरू भएको हो। थुनछेक बहस सकिएपछि मुद्दाका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा सामान्य तारेखमा छाड्ने भन्ने आदेश हुन्छ। जसलाई अदालती भाषामा ‘थुनछेक आदेश’ भनिन्छ।




सामान्यतयाः अरू फौजदारी मुद्दामा अदालतले एक वा दुई दिन बहस गरी थुनछेक आदेश जारी गर्ने अभ्यास छ। तर शरणार्थी प्रकरणमा भने एक वा दुई दिनभित्रै आदेश हुने सम्भावना न्यून छ। शरणार्थी प्रकरणमा मुछिएका आरोपितलाई पाँचवटा कसुरमा मुद्दा चलाइएको छ।

धेरै आरोपित र उनीहरूका पक्षमा बहस गर्ने कानुन व्यवसायीहरू पनि धेरै हुने भएकाले थुनछेक बहस सकिन कम्तीमा डेढ साता लाग्ने देखिएको छ। इजलासले १० दिनभित्रै बहस सकाएर थुनछेक आदेश जारी गर्नेे योजना बनाएको छ। न्यायाधीश न्यौपानेले यही जेठ ३१ गतेसम्म आफूले थुनछेक आदेश दिन चाहेको बताएका छन्। बहसका लागि वादी (सरकार पक्ष) र प्रतिवादी (अभियुक्त पक्ष) का वकिललाई निश्चित समय व्यवस्थापन गरी बहस सकाएर ३१ गते साँझसम्म थुनछेक आदेश जारी गर्ने बताएका हुन्।

शरणार्थी प्रकरणमा मुछिएका तीसजनालाई पाँच÷पाँचवटा कसुरमा मुद्दा चलाइएको छ। धेरै आरोपित भएकाले थुनछेक बहस सकिन कम्तीमा डेढ साता लाग्ने देखिएको छ। आइतबारदेखि सुरु थुनछेक बहस १० दिनभित्र सकाएर आदेश जारी गर्ने योजना काठमाडौं जिल्ला अदालतको छ।
‘त्यो दिन (जेठ ३१ गते) चिया समयअघि तपाईंहरूले बहस सकिदिनुहोस्। चिया समयपछि अध्ययन गर्न केहीबेर लाग्ला,’ दुवै पक्षका वकिलहरूलाई बहसको सीमा तोक्दै न्यायाधीश न्यौपानेले भने, ‘त्यो दिन बेलुकासम्म आदेश दिनेछु।’

इजलासमा तोकिएको समयअनुसार वादी पक्षका वकिललाई बहस गर्न तीन दिन समय तोकिएको छ। जसअनुसार आइतबार, सोमबार र मंगलबार सरकारी (वादी) पक्षका वकिलले बहस गर्ने छन्। त्यसपछि ६ दिन प्रतिवादी पक्षका वकिलले बहस गर्ने छन्। जेठ ३१ गते सरकारी वकिलले जवाफी बहस गर्ने सहमति भएको छ। सोही दिन इजलासले थुनछेक आदेश दिनेगरी सहमति जुटाइएको छ। यसरी समय निर्धारण गरिए पनि बहस चल्दै गर्दा समय केही तलमाथि हुन सक्ने अवस्था रहने जानकार बताउँछन्।

इजलासमा तोकिएको समयअनुसार वादी पक्षका वकिललाई बहस गर्न तीन दिन समय तोकिएको छ।
समय निर्धारण गरिएसँगै आइतबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका तर्फबाट बहस सुरू गरिएको छ। जसमा महेशप्रसाद खत्रीले आफ्नो बहस सकाएका छन्। उनले बहसमा करिब तीन घण्टा समय लगाए। त्यसपछि जनकप्रसाद घिमिरेले बहस थालेका छन्। उनले सोमबार पनि बहस गर्नेछन्। त्यसपछि वादीतर्फबाट सीताराम अर्याल, प्रकाश घिमिरे, दिनेश भट्टराई, सूरबहादुर परियार र निर्मला मरासिनीले बहस गर्ने जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जनाएको छ।

यसैगरी वादीतर्फबाट बहसका लागि स्वागत नेपालसहित तीनजना वकिलले वकालतनामाका लागि निवेदन दिएका छन्। जवाफी बहस जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले गर्नेछन्।

प्रतिवादी (अभियुक्त) का तर्फबाट प्रतिरक्षा बहस गर्न ‘हाई प्रोफाइल’ कानुन व्यवसायीहरू इजलासमा उपस्थित हुनेछन्। विशेषगरी भिआइपी अभियुक्तहरूको प्रतिरक्षामा हाई प्रोफाइल वकिलहरूले बहस गर्ने भएका हुन्। प्रतिवादीका तर्फबाट बहस गर्न नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले वकालतनामा दिएका छन्। घिमिरेले पूर्वगृहमन्त्री बालकृष्ण खाणका पक्षमा प्रतिरक्षा बहस गर्ने भएका छन्।

खाणको पक्षमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, वरिष्ठ अधिवक्ताहरू महादेव यादव, हरिहर दाहाल, प्रेमबहादुर खड्का, शेरबहादुर केसीलगायतले पनि बहस गर्ने भएका छन्। प्राजातान्त्रिक कानुन व्यवसायी महासंघ (डिएलए) का अध्यक्ष योगेन्द्र अधिकारीसहितले पनि खाणकै प्रतिरक्षामा बहस गर्न निवेदन दिएका छन्।

यस्तै एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ता रमेश बडाललगायतले बहस गर्ने भएका छन्। नेपाल सरकारका सचिव (हाल निलम्बित) टेकनारायण पाण्डेको प्रतिरक्षामा बहस गर्न पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले वकालतनामा भरेका छन्।

यस्तै एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ता रमेश बडाललगायतले बहस गर्ने भएका छन्।
नक्कली भुटानी शरणार्थी मामिलामा नेपाल प्रहरीले छानबिन गरी बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, नेपाल सरकारका निलम्बित सचिव पाण्डे, एमाले उपाध्यक्ष रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, संविधानसभा सदस्य आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसमेत ३० जनाविरुद्ध विभिन्न पाँचवटा कसुरमा मुद्दा दायर गरेको छ। जसमध्ये १८ जना हिरासतमा तथा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा, इन्द्रजित राईका छोरा निरज राईसहित १२ जना फरार छन्। अभियोगपत्र उनीहरूविरुद्ध ठगी, संगठित अपराध, राज्यविरूद्ध कसुर, सरकारी लिखत कीर्ते र एकीकृत कसुरमा सजाय माग गरिएको छ।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
१३ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस