धर्नामा तास खेलेको फोटो भाइरल भएपछि शिक्षकहरुले भने, 'यो मेयरको चलखेल हो'
१० जेष्ठ २०८०
•
८ मिनेट पाठ
धर्नामा तास खेलेको फोटो भाइरल भएपछि शिक्षकहरुले भने, 'यो मेयरको चलखेल हो'
वीरगञ्ज महानगरपालिकाले धर्नामा बसेका शिक्षकहरुको आवाज दबाउन अनेक चलखेल सुरु आरोप लागेको छ। धर्नामा बसेका शिक्षकहरुको व्यानरमा लेखीएको शब्द “धारणा” र शिक्षकहरुको हातमा देखीएको तासको पत्तीको यथार्थ नै नबुझी सामाजिक संञ्जालमा शिक्षकको चरित्र माथी प्रश्न चिन्ह उठाउन थालिएपछि शिक्षकहरुले यसको प्रतिक्रिया  दिएका छन्।  




घटनाको सुरुवातः

वीरगञ्ज महानगरपालिकाले शिक्षक सरुवामा पूर्वाग्रह गरेको भन्दै नेपाल शिक्षक महासंघले सोमबार महानगरपालिकाको मूल गेटमा धर्ना दिएका थिए। महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवको नेतृत्वमा भएको शिक्षकहरु आन्दोलनमा जिल्ला भरीका करिब डेढ सय जना शिक्षक सहभागी थिए। स्थानीय सरकारलाई शिक्षक सरुवाको अधिकार नभएको भन्दै सो धर्ना दिइएको थियो ।  

तर त्यहाँ शिक्षकहरुले उठाएका १५ बुंदे मांगको विषयमा वार्ताको कुरा नउठाएर महानगरका मेयर सिंहले आफु पन्छिनका लागी सिधा समाजिक संजालबाट कडा आलोचना गर्न थाले ।

बैशाख २६ गते वीरगञ्ज महानगरपालिकालाई ज्ञापन पत्र बुझाएकोमा महानगरपालिकाको तर्फबाट कुनै सुनुवाई नभएपछि जेठ ९ गते सोमबार महानगरको गेट अगाडी शिक्षकहरु धर्नामा बसे ।  

धर्ना दिएको केहि समय पछि “महानगर कार्यालय अगाडि धर्नामा बस्नु भएका गुरू जी हरूको नयाँ करामत” भन्ने मेयर राजेशमान सिंहको फेसबुक पोष्टले समाजिक संजाल तातियो । पोष्टमा शिक्षकहरु तास खेल्दै गरेको फोटोमा “ विद्यार्थीलाइ शिक्षाको ज्योति छर्ने शिक्षकहरु वीरगञ्ज महानगरको गेटमा धर्ना दिन गएका बेला जुवा खेल्दै । यस्ता शिक्षकले विद्यार्थी कस्तो शिक्षा देलान ?” भन्दै शिक्षकहरुको चरित्र माथि प्रश्न चिन्ह उठाइएको छ ।

त्यसमा कैयौं कमेन्ट आएका छन्।  कमेन्टमा “ मधेस प्रदेशको सब ठाउँको शिक्षकहरुको अवस्था यस्तै छ मेयर साब।” “ भैसी चराउनेलाई टिचर पेसामा लगाएपछि यस्तै हुन्छ” यी शिक्षकहरूले पुष्टि गरी सक्नु भो कि हामी सरकारी स्कूलको शिक्षक हौ ।” यस्ता अनेक टिकाटिप्पणी गरिएको छ ।

मेयरका पोष्टको पछि यहाँको स्थानीय मिडियाले पनि महानगरका शिक्षकको शिक्षाको स्तरको बारेमा लेख्न भ्याए । अनलाइनको फेसबुक पेजमा “वीरगञ्जमा शिक्षकहरुले गरिरहेको आन्दोलनमा राखिएको ब्यानर मै भेटियो शाब्दिक त्रुटि । सोमबार नेपाल शिक्षक महासंघले आयोजना गरेको धर्ना कार्यक्रमका लागि बनाइएको ब्यानरमै धर्ना गलत लेखिएको छ । सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेका ब्यानरको तस्विरमा धर्नाको सट्टा “धारणा“ लेखिएको स्पष्टसँग देख्न सकिन्छ । यसबाट पनि हामीले वीरगञ्जको शिक्षाको स्तर बारे अनुमान लगाउन सक्छौं ।” लेखीएको छ ।

यहाँका स्थानिय पत्रकारहरुले त शिक्षहरुको जिवन भरीको कामको मुल्याकंन गर्न पनि भ्याए । एकजना पत्रकारले समाजिक संजालमा लेखेका छन् “पहिलाका शिक्षक कति मेहनति थिए, कहाँ कहाँसम्म दुरदराजको गाउँमा सनिचरा लिएर पढउथे, महिनौ हुन्थ्यो आफ्नो घर फर्कन ! अहिले आफुले पायक पर्ने ठाउँमै हुनुपर्ने, पोशाक भत्ता चाहिने तर पोशाक लगाउनु नपर्ने, अतिरिक्त कक्षा चाहिने तर पढाउन फुर्सद नहुने ! यस्तो स्वार्थ बोकेका शिक्षकको अब आवश्यक्ता मधेसले बोकिरहनु नपरोस् ! सरूवा बढुवाको लागि आन्दोलन गर्ने शिक्षकहरूलाई जति सकिन्छ वीरगंज महानगरले पेलेर जानुपर्छ । जबसम्म शिक्षामा सुधार हुन्न तबसम्म मधेस सुध्रन्न । सहज हुन्छ आन्दोलन कर्ताले सहज रूपमा राजिनामा देउन मेहनत गरेर पढाउने सक्षम थुप्रै शिक्षक अवसरको पर्खाइमा छन् ।”  

यो पोष्ट मेयर सिंहका प्रेस सल्लाहकार देखी लिएर स्वकिय सचिव (पुर्व पत्रकार)ले समेत सेयर गरे । त्यसपछि ति पोष्टहरुमा शिक्षकको मर्यादित पेशा माथि अनेक थरिका प्रश्न चिन्ह उठ्न थाले ।  

अर्का एकजना पत्रकारले लेखेका छन् “ यो दोष म प्रणालीमा देख्छु । प्रणाली ल्याउन आन्दोलन गर्ने नेतृत्वले आन्दोलन गर्दा तास खेल्नुपर्छ भनेर सिकायो । मुलुक संघीय संरचनामा गएर एक कार्यकाल पूरा गरेको छ । तर, संघीय शिक्षा ऐन ल्याउन नेतृत्वले सकेन । मुलुकी ऐन विस्थापित भयो । देवानी, फौजदारी, अपराध संहिता २०७४ कार्यान्वयनमा आयो तर, कतिपय कानूनमा पूरानै मुलुकी ऐन अनुसार व्याख्या गरिएको छ कारवाही गरिएको छ । अपराध कसुर तथा सजाय ऐनहरू हेरे हुन्छ । काम केही नहुने तर, आर्थिक भारका लागि मात्रै शिक्षा विकास तथा समन्वय इकाई कार्यालय राखेर कर्मचारी पाल्ने । शिक्षा स्थानीय तहले हेर्ने तर, शिक्षक सरूवा गर्दा ऐन, नियमावली देखाएर आन्दोलनमा प्रोत्साहन दिने । यस्ता धेरै छन् । त्यसैले कानून समान हुनुपर्छ । समन्यायिक हुनुपर्छ । स्पष्ट हुनुपर्छ । अधिकारको नाममा शिक्षाक्षेत्रमा अराजकता हुनुहुदैन ।”

यसरी ब्यानर लेखाइ र तासको घटनाको वास्तविकता नै नबुझी महानगरका मेयर देखी लिएर यहाँका स्थानीय सञ्चार माध्यमले मर्यादित पेशामा जुडेका शिक्षकहरुको लागी भएभरका समाजिक संजालबाट चर्को आलोचना गरेका छन् ।  

घटनाको वास्तविकता

नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले धर्नामा बसेको बेला व्यानरमा लेखीएको शब्द “धारणा” छपाइ गर्ने व्यक्तिको गल्ति भएको बताए । उनले छपाईका लागी फोन मार्फत चाँदनी आर्टको जिम्मा दिएकाले प्रिन्टको गल्ति रहेको बताए । तर छपाइको गल्तिले सम्पुण शिक्षकको शैक्षिक पेशासंग जोडीएर बदनाम गर्नु एकदम दुखद् कुरा रहेको उनले भने ।  

“व्यानर आएपछि हामी सबै शिक्षक महानगरको गेटको छेउमा बसीरहेको बेला बैरिया स्कुलका र अठराहा स्कुलका कार्यालय सहयोगीले मिलेर लगाए, हामीले व्यानरको गल्ति हेरेर पेपर प्रिन्ट गर्न पठाएको बेला त्यहाँ केही व्यक्तिले धर्ना बिथोल्न फेसबुक मार्फत प्रयास गरे र गैरजिम्मेवारपन देखाए ।”

अध्यक्ष तिर्थराज यादवका अनुसार जिल्ला भरीका शिक्षकहरुको उपस्थितिमा धर्ना कार्यक्रम शान्तिपुर्ण रुपमा भएको हो । शिक्षकहरुको हातमा देखीएको तासको पत्तीको बारेमा उनले यथार्थ नै नबुझी सामाजिक संञ्जालमा शिक्षकको चरित्र हत्या काम गरिएको उनले बताए ।  

दिउँसो १ बजे देखी सुरु भएको धर्ना कार्यक्रम सांझ ५ बजे सम्म चलेको थियो । शान्तिपुर्ण भइरहेको धर्ना कार्यक्रममा ४ घण्टाको बसाइमा शिक्षकहरुले आफुले जानेका कलाहरु प्रस्तुत गर्दै थिए । सो अवधिमा श्री नेपाल राष्ट्र माध्यमीक बिद्ययालय निचुटाका शिक्षक देवेन्द्र प्रसाद साहले “शिक्षणमा विज्ञानको कमाल” भन्दै जादुकला प्रस्तुत गरे । जस अन्तर्गत जादुँका विभिन्न खेल हेराउदै जादाँ तासको पत्तीको रंङ्ग बदल्ने तरिका देखाए । उनले यो सब तन्त्रमन्त्रको कमाल नभइ विज्ञानको कमाल भएको भन्दै विज्ञानले हर कुरा सम्भव छ भन्दै अन्धविश्वासमा नपर्न उपस्थित सबैलाइ सिकाउदै थिए । तर त्यहाँ भइरहेका वास्तविक घटनाको एक पाटो लुकाएर अर्को पाटोबाट शिक्षकहरुको चरित्र हत्या गर्ने काम भएको शिक्षक साहले बताए । उनी १४ वर्ष देखी पटेर्वा सुगौली गाउपालीकाको विद्यालयमा मावि तहका विद्यार्थीलाइ अध्यापन गराउदै आएका छन् । जिल्ला भरी कै शिक्षक जमघट भएको बेला अतिरिक्त सिकाइ अन्तर्गत “विज्ञानको कमाल” देखाउन थालेको उनको भनाइ छ । जादुँ देखाउने बेला धर्ना स्थलमा नगर प्रहरी देखी सुरक्षाकर्मीहरु पनि सहभागी थिए तर भ्रामक तस्बिर देखाइ नगरका प्रमुख जस्ता व्यक्तिले शिक्षकलाइ बदनाम  गर्नु निन्दनीय भएको उनको गुनासो छ ।

“मलाई जादु कला हेराउन सरहरुले भन्नु भएको थियो र मलाई २ हजार भन्दा बढी जादुहरु आउछन् । र धर्णा कायक्रममा मैले तासको जादु देखाउदैँ गरेको बेलामा केहि मानिषले तासको मात्र फोटो लिएर त्यसको सोसल मिडियामा भाईरल गरे, मलाइ यो कुराको दुख छ आफ्नो अधिकार पाउनका लागी यहाँ बदनाम हुनु पर्छ ।”  

अध्यक्ष यादवले स्थानीय सरकारलाई शिक्षक सरुवाको अधिकार नभएको भन्दै शिक्षक महासंघले शिक्षा ऐन २०२८ र नियमावली २०५९ अनुसार शिक्षा विकास समन्वय समितिलाई शिक्षक सरुवाको अधिकार हुनुपर्नेमा गैरकानुनी रुपमा महानगरले सरुवा गरेको बताए ।  

“स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा शिक्षा सम्बन्धि २३ वटा अधिकार दिइएको छ, जसमा सरुवा सम्बन्धि अधिकार स्थानीय सरकारलाइ छैन, सरुवा गर्नु परेमा शिक्षा विकास समन्वय समिति मार्फत आउने विद्यालयका र जाने विद्यालयका पालिकाहरुमो सरुवा सहमति अनुसार हुन्छ ।”

शिक्षकले लिने तलब संघिय सरकार बाट स्थानीय सरकार मार्फत विद्यालयको खातामा आउने गरेको अध्यक्ष यादवले बताए । “स्थानीय सरकारले पैसा हामीहरुले शिक्षकलाइ दिने गरेको भ्रम मात्र हो यो त संघिय सरकारले दिने , तलब स्थानीय सरकार मार्फत आउने भएकाले शिक्षक सरुवामा उनीहरुको तानाशाहि प्रवृति भइरहेको छ ।”  

अध्यक्ष यादवले अहिलेका जनप्रतिनिधिहरुले आफुलाइ “छोटे राजा ”मानेर आफ्नो क्षेत्राधिकार बाहिर गइ धाक धम्कि दिने गरेको उनले बताए । अहिले कक्षामा उपस्थित भएका शिक्षकले हाजिरी गर्न छुटाएका छन् भने अचानक पुगेर गयल हाजिर गरेर स्पष्टिकरण सोध्ने गरेको प्रवृति बढेको उनको भनाइ छ । स्थानीय सरकारले शिक्षकको कमी कमजोरी कसरी सुधार्ने भन्ने कुराको छलफल नै नगरी अहिले विद्यालयलाइ बदनाम गराउने चलखेल भइरहेको अध्यक्ष यादवले बताए । “के मेयर साहेबले गएर कक्षा कोठामा पढाउने हो र ? पढाउने त त्यहि टिचरले हो  के शिक्षक र विद्यालयको बदनामी गरेर शिक्षामा सुधार गर्न सकिन्छ ? ”

वीरगञ्ज महानगरपलिकाको शैक्षिक प्रशासन महाशाखाले गैरकानुनी रुपमा शिक्षकहरुको सरुवा गरेको, शिक्षकहरुलाई डर, त्रास र धम्की दिने गरेको, चाकडी र चप्लुसी गर्नेलाई अवसर र काम गर्ने शिक्षकलाई दण्ड दिने महानगरको नीतिका विरुद्धको आन्दोलनमा आउनु परेको संघका अध्यक्ष यादवले भनाई छ ।  

स्थानीय सरकारले शिक्षामा आतकं मच्चाउन खोजेको आरोप शिक्षकहरुको छ । अहिले को धर्ना बिधोल्नका लागी महानगरले यस्तो हतकण्डा अपनाएको हुँदा अब कडा आन्दोलनमा जाने शिक्षकहरुको भनाइ छ । मंगलबार पनि शिक्षकहरुले महानगरको गेट अगाडी धर्ना दिएका छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले संविधान र संघीय कानुनले स्थानीय तहलाई शिक्षा क्षेत्रको समेत अधिकार दिएको हुँदा निष्क्रिय अवस्थामा रहेको शिक्षा ऐन २०२८ को दावी गर्नुको कुनै तुक नरहेको बताए । 
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
५६ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस