प्रहरी अनुसन्धान प्रतिवेदन तयार
०७ जेष्ठ २०८०
•
६ मिनेट पाठ
प्रहरी अनुसन्धान प्रतिवेदन तयार
नक्कली भुटानी शरणार्थी प्रकरण र भ्रष्टाचारमा संलग्नलाई कारबाही माग राखेर शनिबार काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शनका सहभागी। तस्बिर: नागरिक
‘हाई प्रोफाइल व्यक्ति’ पक्राउ परेको नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पीडित र बिचौलियाको बयान, बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन किर्तेे, एसएमएस र केही बाउन्स चेक प्रमाणका रूपमा पेस गर्दै अनुसन्धान प्रतिवेदन तयार गरेको छ। प्रहरीले आइतबार उक्त अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउने जनाएको छ।




अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार सुरुमा पीडितले दिएको बयान र गिरोहका सदस्यहरूले दिएको बयानका आधारमा फेला परेका बाउन्स चेक, मोबाइल सफ्टवेयर रिकभर गर्दा भेटिएका एसएमएस र गृह मन्त्रालयले गठन गरेर तयार पारेको प्रतिवेदनको किर्तेलाई नै मुख्य आधार र प्रमाणका रूपमा लिएर प्रतिवेदन तयार पारी सरकारी वकिल कार्यालयमा बुझाउन लागिएको हो। ‘सचिव टेकनारायण पाण्डेको एसएमएसका मात्रै ४० देखि ४५ वटा स्क्रिन सर्ट राखिएका छन्, अन्य बिचौलिया, गिरोह र पीडितका स्क्रिन सर्ट छन्,’ स्रोतले भन्यो।

पक्राउ परेका बिचौलियाको बयान, केही एसएमएस, केही नसाटिएका चेकका फोटोकपी र बैंक स्टेटमेन्ट, उजुरी, प्रयोग भएका सवारीसाधन, विभिन्न समयमा बिचौलियामार्फत भेटघाट भएका स्थल र मिति पनि प्रमाणका रूपमा राखिएका छन्। बिचौलियाहरूबाट बरामद भएका केही टिपोट, पीडितहरूले रकम दिएको लिखतलाई पनि आधार मानेर अनुसन्धान प्रतिवेदन तयार भएको छ।

किर्ते, बयान, एसएमएस, बैंक स्टेटमेन्ट, उजुरी, पीडितले रकम दिएका लिखत, केही नसाटिएका चेकलाई मुख्य आधार बनाएर प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाउने तयारी गरेको छ।
‘मुख्य प्रमाण बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनको किर्ते हो, त्यसमा उहाँ नै साक्षी हुनुहुन्छ,’ एक अनुसन्धान अधिकृतले भने। ती अनुसन्धान अधिकृतका अनुसार प्रतिवेदनमा सचिव पाण्डेले पैसा मागेको, काम गर्न नसक्ने बताएको, मन्त्रीलाई पैसा दिनुपरेकोजस्ता विषय समेटिएका छन्। ‘यी सबै प्रमाणका रूपमा प्रयोग हुनेछन्,’ स्रोतले भन्यो। स्रोतका अनुसार सचिव पाण्डेले तत्कालीन शान्तिसुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलमार्फत प्रतिवेदन मागेको र करिब एक सातामा फिर्ता गरेको पाइएको छ। सो विषयमा उनै सहसचिव पोखरेललाई पनि बयान लिइएको र साक्षीका रूपमा राखिएको छ।

‘उहाँलाई धेरैपटक अनुरोध गरिएको रहेछ, बयान दिने क्रममा सचिव पाण्डे र सहसचिव पोखरेलको झगडा नै परेको थियो,’ स्रोतले भन्यो। गिरोहका सदस्यसँग मिलेर सचिव पाण्डेले पन्थी कार्यदलको प्रतिवेदन मागेका थिए। सचिव पाण्डेले प्रतिवेदन माग्दा सहसचिव पोखरेलले प्रतिवेदन दिन नमिल्ने भनेका रहेछन्। सोही विषयमा प्रहरी कार्यालयभित्रै झगडा परेको थियो,’ अनुसन्धानमा खटिएका ती प्रहरीको दाबी छ। सहसचिव पोखरेलको बयानपछि प्रहरीले तत्कालीन उपसचिव सागरमणि पाठकको पनि बयान लिइएको छ। त्यही क्रममा मन्त्रालयकै शाखा अधिकृत यान्तोष प्रधानको पनि बयान लिएको छ। प्रहरीले सहसचिव पोखरेललाई पनि साक्षीका रूपमा राखेको छ।

प्रहरीका अनुसार गिरोहसँग मिलेर कार्यदल बनाउन लगाउने र त्यसलाई कार्यान्वयनको तहसम्म पु¥याउनेहरूको हकमा प्रहरीले निर्मम भएर अनुसन्धान प्रतिवेदन तयार गरेको छ। जसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सचिव टेकनारायण पाण्डे, गिरोहका मुख्य नाइके सानु भण्डारी र केशव दुलालको विषयमा प्रहरीले पर्याप्त प्रमाण संकलन गरेको जनाएको छ। ‘यो प्रकरणमा हाई प्रोफाइलकै व्यक्तिहरूको योजना र मिलेमतो छ, यसमा कुनै शंका छैन, कार्यदलको प्रतिवेदन नै किर्ते गरेका छन्, सरकारी छाप, दस्तखतमा मुद्दा बलियो बन्छ, ठगीमा पनि उल्लेख्य प्रमाण छन्, नेपाली नागरिकलाई भुटानी बनाउनेजस्तो राज्यद्रोहको मुद्दा अझ पेचिलो बनेको छ,’ स्रोतले भन्यो।

पक्राउ परेका बिचौलियाको बयान, केही एसएमएस, केही नसाटिएका चेकका फोटोकपी र बैंक स्टेटमेन्ट, उजुरी, प्रयोग भएका सवारीसाधन, विभिन्न समयमा बिचौलियामार्फत भेटघाट भएका स्थल र मिति पनि प्रमाणका रूपमा राखिएका छन्।
नीतिगत निर्णयमा पहुँच राख्नेहरू टोपबहादुर रायमाझी र रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई देखिएका छन्। उनीहरूका हकमा प्रहरी लचिलो बन्ने सम्भावना छैन। त्यसमा भुटानी शरणार्थी नेता टेकनाथ रिजालले कार्यदल बनाउने र सो कार्यदलको कार्यान्वयन तहसम्म पुर्‍याउने काममा सहयोगी बनेको देखिए पनि नियतवश हो कि भवितव्य हो भन्नेबारे केही खुलाइएको छैन।

त्यसैगरी कार्यान्वयन गर्ने पूर्वगृहसचिव पाण्डेको हकमा पैसा मागेको एसएमएस छ भने पूर्वगृहमन्त्री बालकृष्ण खाणको हकमा झापा जिल्लालाई पत्राचार गरेको र २०७८ पुस ३० गते बालकृष्ण पन्थी संयोजक रहेको कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको बाहेक ठगीका अन्य प्रमाण अपर्याप्त रहेको अनुसन्धान अधिकृतहरूले बताएका छन्।

उनीहरूको सम्बन्धमा पर्याप्त प्रमाण नभेटिएपछि प्रहरी कार्यालयमा पुनः अनुसन्धान गर्ने बाटो राख्न पूरक निवेदन परेको छ। सोहीअनुसार प्रहरीले ६० दिनको हदम्यादभित्र मुद्दा बुझाए पनि हाई प्रोइफाइल नेताहरूका मुद्दामा पुनः अनुसन्धान गर्ने बाटो रहिरहनेछ। त्यसमा अहिले नसमेटिएका व्यक्ति र पक्षलाई समेट्न सकिने प्रहरीको दाबी छ। प्रहरीले आफ्नो प्रतिवेदनमा ठगी, सरकारी किर्ते, संगठित अपराध र ‘राष्ट्रहित प्रतिकूलको कार्य गर्न नहुने’, भ्रष्टाचारलगायत कसुरमा मुद्दा चलाउन सिफारिस उल्लेख गर्ने तयारी गरेको छ।

मुलुकी अपराध संहिता २०७४ को दफा ५१ मा राष्ट्रहित प्रतिकूलको कार्य गर्न नहुने उल्लेख छ। प्रहरीले सोही दफाको उपदफा २ (क) मा उल्लेख भएको ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छविउपर अपमान हुने, होच्याउने वा घृणा वा द्वेष फेलाउने’ कसुरमा मुद्दा चलाउन सिफारिस गर्ने तयारी गरिरहेको छ।

उक्त कसुर गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। शरणार्थीको समस्या स्थायी रूपमा समाधान गर्न गृहमन्त्री रामबहादुर थापाको मन्त्रीस्तरीय निर्णयबाट २९ असार २०७६ मा कार्यदल गठन गरेको थियो। गृहका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले काम गरिरहेकै बखत राजनीतिक संरक्षण प्राप्त गिरोहले नक्कली शरणार्थीको सूची संकलन गरेको थियो। तर कार्यदलले ती सूचीमा उनीहरूले संकलन गरेको विवरण संलग्न थिएन।

गृहको कार्यदलको प्रतिवेदन अझै सार्वजनिक भएको छैन। तर सरकारीस्तरबाटै प्रतिवेदन हात पारेको गिरोहले प्रतिवेदन किर्ते गरेर ‘छुटेका शरणार्थी’ र ‘तेस्रो देशमा शरण लिन चाहने’ शीर्षकमा उपसूची थप गरी पैसा संकलन गरेको थियो। यही आधारमा गिरोहले झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची र दाङलगायत जिल्लाका ८७५ जनाबाट प्रतिव्यक्ति १० देखि ५० लाखसम्म उठाएको थियो। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ ले फौजदारी प्रकृतिका अपराधको अनुसन्धान तथा तहकिकात गर्ने अधिकार प्रहरीलाई दिएको छ।

गृहको कार्यदलको प्रतिवेदन अझै सार्वजनिक भएको छैन। तर सरकारीस्तरबाटै प्रतिवेदन हात पारेको गिरोहले प्रतिवेदन किर्ते गरेर ‘छुटेका शरणार्थी’ र ‘तेस्रो देशमा शरण लिन चाहने’ शीर्षकमा उपसूची थप गरी पैसा संकलन गरेको थियो।

प्रहरीले अनुसन्धानका क्रममा पाइएका तथ्यहरूलाई समेटेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गर्नुपर्ने हुन्छ। फौजदारी कार्यविधि संहिताको दफा ३१ को उपदफा १ बमोजिम अनुसन्धान पूरा भएपछि अनुसन्धान अधिकारी (प्रहरी) ले कसुर गरेको शंका गरिएकाहरूउपर मुद्दा चलाउन पर्याप्त प्रमाणअनुसार कुन कानुनअन्तर्गत सजाय हुनुपर्ने हो, सो कुरा खुलाई दसी प्रमाणसहितको अनुसन्धान प्रतिवेदन सम्बन्धित सरकारी वकिल कार्यालयमा पठाउनुपर्ने व्यवस्था छ।

प्रहरीको प्रतिवेदन र रायका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आकर्षित हुने कसुरहरूका आधारमा आरोपित व्यक्तिहरूलाई अभियोजन गरेर जिल्ला अदालतमा मुद्दा दायर गर्नेछन्। ‘सकेसम्म चाँडै अनुसन्धान प्रतिवेदन पठाउनेछांै,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले भने। अहिलेसम्म प्रहरीले १६ जना पक्राउ गरिसकेको छ भने त्यति नै संख्यामा फरार रहेको देखाएर अनुसन्धान प्रतिवेदन बुझाउन लागेको छ।
अर्को समाचार
किन प्रहरी परिसर पुगे आइजिपी कुँवर र महान्यायाधिवक्ता पोखरेल ?
०९ जेष्ठ २०८०
•
१ मिनेट पाठ
किन प्रहरी परिसर पुगे आइजिपी कुँवर र महान्यायाधिवक्ता पोखरेल ?
प्रहरीले आइतबार सरकारी वकील कार्यालय काठमाडौंमा बुझाउने भनिएको नक्कली भुटानी शरणार्थी अनुसन्धान प्रतिवेदन अचानक रोकिएको थियो। शनिवार नै तयार भएको अनुसन्धान प्रतिवेदनमा प्रहरी महानिरीक्षक वसन्त कुँवर, महान्यायाधिवक्ता दीनमणि पोखरेलले चासो राखेपछि रोकिएको हो। 




प्रहरी उच्च स्रोतका अनुसार आइतबार बिहान जिल्ला प्रहरी परिसर काठमाडाै‌मा आइजिपी कुँवर, महान्यायाधिवक्ता पोखरेल, एआईजी श्याम ज्ञवाली, परिसर प्रमुख एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीको संयुक्त बैठक बसेको थियो। त्यसक्रममा उच्च राजनीतिक दबाब रहेको र अनुसन्धान प्रतिवेदनलाई केही हेरफेर गर्न आग्रह गरिएको थियो। तर प्रहरी परिसर काठमाडौंका एसएसपी कार्कीले त्यसमा हेरफेर हुन नसक्ने जनाएका थिए।
‘प्रतिवेदनमा कुनै हेरफेर हुँदैन, प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि जे गर्नु छ उतै गर्नुहोला,’ एसएसपी कार्कीले भनेका थिए। त्यसपछि अनुसन्धान प्रतिवेदन जस्ताको तस्तै सरकारी वकिलको कार्यालयमा बुझाउने सहमति भएको थियो। प्रहरीको अनुसन्धानका विषयमा जानकारी लिन भन्दै आइजिपी आफैँ परिसर पुगेका थिए। साथै महान्यायाधिवक्ता पोखरेल पनि आइजिपीसँगै गएका थिए।  

‘प्रहरीलाई राजनीतिक दबाब थेग्न कठिन भइरहेको छ, अनुसन्धान हुँदै गरेको विषयमा परिसर प्रमुखले गृहमन्त्री, आइजिपी तथा महान्यायाधिवक्तालाई आफैँ गएर ब्रिफिङ गर्ने चलन छ तर परिसरमै आइजिपी र महान्यायाधिवक्ता आउनुले त्यसमा शंका गर्ने ठाउँ छ,’ उपत्यका प्रहरी कार्यालयका एक अधिकारीले भने। उनका अनुसार करिब चार घन्टा परिसरमा आइजिपी, महान्याधिवक्ता र एआइजीसहित परिसर प्रमुख एसएसपी दानबहादु कार्की र अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीबीच छलफल भएको थियो। उच्च राजनीतिक व्यक्तिहरू यो प्रकरणमा मुछिएपछि सर्वत्र चासो बढिरहेका बेला प्रहरी अनुसन्धान प्रतिवेदन प्रभावित पार्न खोजेको आशंका गरिएको छ।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस