नक्कली शरणार्थी प्रकरणका दोषी नछुटुन भनेर प्रधानमन्त्री दाहाललाई भेटेको हो :ओली
२५ वैशाख २०८०
•
३ मिनेट पाठ
नक्कली शरणार्थी प्रकरणका दोषी नछुटुन भनेर प्रधानमन्त्री दाहाललाई भेटेको हो :ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीविरुद्ध दृढतापूर्वक उभिन चुनौति दिएका छन्।




अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल सो प्रकरणका दोषीलाई जोगाउने पक्षमा लागि परेकै कारण आफूले उनीसंगको भेटमा ‘दोषीहरु कोही पनि नछुटून’ भनेर भन्नु परेको जिकीर समेत गरे।

प्रधानमन्त्री दाहालले सो प्रकरणका दोषीलाई जोगाउने, आफ्नो पार्टीलाई फसाउने खालको प्रयास गरेपछि आफूले सो प्रकरणको छानवीन गरी दोषीमाथि कारबाही गर्न दवाव दिनु परेको उनको स्पष्टिकरण थियो।

सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम पूर्ण बैठकमा बोल्दै अध्यक्ष ओलीले सो प्रकरणमा आफ्नो पार्टीलाई फसाउन र दोषीलाई जोगाउन प्रधानमन्त्री दाहालले कस–कसलाई निर्देशन दिएको भन्ने कुरा आफूलाई थाहा भएको र पछि त्यसको सार्वजनिक गर्ने पनि बताए।

उनले प्रधानमन्त्री दाहालले आफूले भ्रष्टहरुलाई छुटाउन दवाव दिएजसरी सञ्चार माध्यममा बोलेको दोहो¥याउँदै हिरोइज्मको खेल खेल्ने प्रयास नगर्न समेत चेतावनी दिए। अध्यक्ष ओलीले आफ्नो पार्टी सो प्रकरणको दोषीलाई जोगाउने पक्षमा नरहेको पटकपटक दोहोर्‍याए।

उनले भने, ‘भ्रष्टहरु नछुटून भनेर मैले प्रधानमन्त्रीलाई भन्नुको अर्थ छ। प्रधानमन्त्रीलाई मैले त्यसो भन्नुको अर्थ छ। किनभने प्रधानमन्त्री भ्रष्टहरुलाई जोगाउने र अनाआवश्यक ढंगले मान्छेहरुलाई पोल्न लगाउने र मुद्दामा फसाउने खालका प्रयासमा हुनुहुन्छ। त्यसकारण समयमा मैले प्रधानमन्त्रीलाई भनेको छु–निर्दोषलाई फसाउने कोशिस नहोस्। कोही पनि भ्रष्टाचार नउम्किउन। प्रधानमन्त्रीले मसँगको भेटपछि बाहिर निस्केर मानिलिउँ पुष्पकमल दाहाललाई नेपाली जनताले चिनेकै छैन जसरी दुधले नुहाएको सेतो अवतारका साथ उहाँ मिडियामा निस्कनु भयो। पवित्र अवतार, चोखो अवतार। त्यसरुपमा निस्केर भ्रष्टलाई छोडदिन, दवावमा पर्दिन। के मलाई उहाँले दवाव दिनका लागि बोलाउनु भएको हो? मैले उहाँलाई दवाव दिएको थिए र? उहाँले कुनै दवाव दिएको छैन भन्नु पर्छ नि। सही कुरा बोल्नु पर्दैन। मैले दवाव दिएजसरी उहाँ मिडियामा बोल्नु भयो। मैले गएर उहाँलाई मान्छे छुटाउन दवाव दिए,  दोषीलाई छुटाउन दवाव दिए भनेजस्तो हिसावले धाक लगाउने भयो मानौं कि नेपाली जनताले प्रचण्डलाई चिनेकै छैनन्। कसैको दवाव मान्छु र मे। के भनेको त्यो? उहाँले त्यसपछि कार्यकर्तामाझ गएर दुवोको माला लगाएर भन्नु भयो, यो त टेलर मात्रै हो, फिल्म आउन बाँकि छ। म प्रचण्डजीलाई सोध्न चाहन्छु–तपाईको सिनेमा हलमा फिल्म कहिले लाग्छ? अन्त त धुमधाम भई सक्यो त? सबैतिर चलेको छ सिनेमा। तपाईको हलमा कहिले लाग्छ? हामी हेर्न चाहन्छौं त्यो सिनेमा। सबै टेलर मात्रै किन प्रचण्डजी। तपाई हल किन रित्तै, ताला लागेको छ। सञ्चार माध्याममा फिल्म आईराख्या छ। किन चुप हुुनुहुन्छ? मलाई बोलाएर भेटने अनि यो त टेलर मात्रै हो, फिल्म देखाईदिन्छु भन्ने। देखाउनुस्त फिल्म? अहिले मेरो संवैधानिक परिषद बैठकमा उहाँसँग भेट हुँदैछ। म आज पनि उहाँलाई सोध्नेवाला छु–फिल्म कहिले सुरु हुन्छ? कसैको बारेमा उहाँ किन चूसम्म बोलिराख्नु भएको छैन? कसैको बारेमा उहाँ किन निकै चम्केर अगाडि बढिरहनु भएको छ? अहिले म भनि हाल्दिन। ककसलाई फसाऊ भन्ने उहाँको निर्देशन छ? कसकसलाई उम्काऊ भन्ने निर्देशन छ। त्यसबारेमा म पछि कुरा गरौंला। तर प्रधानमन्त्री भएर यस प्रकारको खेल चल्दैन प्रचण्डजी। र, प्रधानमन्त्रीले यस्ता भ्रष्टाचारको काण्डहरुको छानविन दृढताका साथ गराउनु पर्छ। हिरोईज्मको व्यापार गर्ने होइन। उहाँ हिरोइज्मको व्यापार गरिराख्नु भएको छ। वा, दुवोको माला लगाएर हिरो। त्यसकारण यो व्यापार गर्ने होइन। स्टन्टबाजी गर्ने होइन प्रधानमन्त्रीजी। छानवीन गरेर दोषीमाथि कारबाही गर्नु प¥यो। अनि, प्रतिपक्षको विरुद्ध होइन। दोषीको विरुद्ध उभिने हिम्मत देखाउनुस त? म प्रधानमन्त्रीलाई चुनौति दिएर भन्छु–दोषीको विरुद्ध उभिने हिम्मत देखाउनुस। प्रतिपक्षका विरुद्ध होइन। म तपाईहरुलाई आश्वास्त पार्न चाहन्छु–हाम्रो पार्टी कसैको दोष, अपराधको ढाकछोप गर्दैन। र, कोही पनि दोषीलाई बचाउने काम गर्दैन।’
अर्को समाचार
सिंहदरबारमा ओली र दाहालबीच करिब २ घण्टा छलफल
२० वैशाख २०८१
•
१ मिनेट पाठ
सिंहदरबारमा ओली र दाहालबीच करिब २ घण्टा छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।




प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिव दुई घण्टा भेटवार्ता भएको हो।

भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए। उनले संसदको बजेट अधिवेशन बोलाउने मामिला संसद र सरकारको भएको भन्दै छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गरे।  

उनले भने, ‘संसदको अधिवेशन छिट्टै बोलाउनु होला यो सरकारको मामिला हो। संसदको मामिला हो । प्रधानमन्त्रीसँग समसामयिक राजनीति आदि विषयमा छलफल भयो।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः४० बजे पुगेका ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकि सिंहदरबारबाट बाहिरिएका थिए। 
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस