राष्ट्रिय राजनीतिमा प्रतिद्वन्द्वी रहँदै आएका नेपाली कांग्रेस र नेकपा एमालेले गत स्थानीय चुनावमा सहकार्य गरेर सल्यानको कुमाख गाँउपालिकामा माओवादीको यसअघिको बर्चस्व तोडेका थिए। सम्बद्ध दलहरुको केन्द्रीय निर्देशन र तालमेलविरुद्ध गठवन्धन गरेर गाँउपालिकाको नेतृत्व हासिल गरेका विजयी पदाधिकारीहरु यी दुवै दल मिलेर काम गर्न सकिने सम्भावना देख्छन् । उनीहरु भन्छन्, ‘स्थानीय विकास र प्राथमिकतालाई सर्वोपरी मान्दा फरक धारणा भएका दल पनि एक ठाँउमा आउन सक्छन् र निश्चित दलको बलमिच्याइँ र दबदबालाई अन्त्य गर्न सक्छन् । यो अन्यत्रका लागि पनि राम्रो सिकाइ हुन सक्छ ।’
१० वर्षको जनयुद्धको बेला सल्यानको अन्यत्र भागजस्तै वर्तमान कुमाख गाँउपालिकाको क्षेत्र पनि माओवादी आधार इलाका र लालकिल्ला जस्तै थियो । यो अवधिमा माओवादीले ‘काग्रेसलाई खोजीखोजी र एमालेलाई रोजी रोजी’ कारबाही गर्ने गरेको स्थानीय बताउँछन् । यही कारबाहीमा एमाले र कांग्रेसका केही नेताहरुको हत्यासमेत भएको थियो र कैयन विस्थापित भएका थिए । बृहत् शान्ति सम्झौता अन्तर्गत २०६३मा माओवादी मुलधारको राजनीतिमा आए पछि २०७२ मा जारी सविधानअनुसार संघीय नेपालको २०७४ सालमा भएको पहिलो स्थानीय चुनावमा यो गाँउपलिकामा माओवादीकै वर्चश्व थियो ।
२०७४ को स्थानीय चुनावमा गाँउपालिकाको एक वडामा मात्र काग्रेसले अध्यक्ष पद जितेको थियो र अध्यक्ष र उपाध्यक्षसहित अन्य ६ वटै वडाका अध्यक्ष पदमा माओवादीले जितेको थियो ।
यो अवधिमा गाँउपालिका हरेक विकास निर्माण, बजेट निर्माण तथा सेवा सुविधा उपलब्ध गराउने विषयमा माओवादीले एकलौटी गरेको आरोप काग्रेस एमालेको थियो । त्यही पृष्ठभूमिमा साझा पीडा बोकेका एमाले र काग्रेसले गत वर्ष दोस्रो स्थानीय चुनावमा मिलेर चुनाव लडेका थिए ।
२०७४ को स्थानीय चुनावपछि माओवादीको गरेको मलमिच्याइँ र एकलौटी रबैयाका कारण एमाले र कांगे्रस एकै ठाँउमा उभिन सर्वसाधारणले यी दुवै पार्टीलाई सुझाव दिएको बताउछन्, कुमाख गाँउपालिका नेकपा एमाले अध्यक्ष भैरव शाह ।
‘स्थानीय पृष्ठभूमि र अन्य कारणले हामी एकै ठाँउमा रहनुपर्ने बाध्यता छ,’जनयुद्धका बेला ५ महिनासम्म माओवादीको अपहरणका परेका शाह भन्छन् ।
शाहको जस्तै धारणा गाँउपालिका अध्यक्ष तथा कांग्रेस नेता मान बहादुर बुढाथोकीको छ ।
‘माओवादीको व्यवहारका कारण हामी पनि दुखी थियांै र एमाले पनि दुखी थियो,’माओवादी जनयुद्धताका आफ्नो थातथलो छाडेर केही वर्ष नेपालगन्ज बस्ने बाध्य भएका बुढाथोकी भन्छन् । स्थानीय चुनावको पूर्वसन्ध्यामा वर्तमान सत्ता गठबन्धनको जिल्लास्तरीय बैठकमा माओवादीले कांग्रेसलाई उपाध्यक्ष र एक वडाध्यक्ष पद दिन सकिने बताएपछि आफूलाई माओवादीले अवमूल्यन गरेको भन्दै स्थानीय काग्रेस नेताहरुले यो प्रस्ताव अस्वीकार गरेका थिए ।
यसरी कांग्रेस र एमाले दुवैको साझा आवश्यकता र समान पीडाको पृष्ठभूमिमा २०७८ सालको स्थानीय चुनावमा गाँउपालिकाको अध्यक्ष पदमा कांग्रेस, उपाध्यक्षमा एमाले, ४ वडामा काग्रेस र ३ वडामा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको थियो । त्यही गठबन्धनका कारण अध्यक्ष पदमा बुढाथोकी निर्वाचित भएका थिए भने उपाध्यक्षमा एमालेका लाल बहादुर रावत । चुनावमा सातमध्ये ४ वडाध्यक्ष माओवादीले जितेको थियो भने ३ वडामा कांग्रेसले । माओवादीको बलियो पकड भएको यो गाँउपालिकाको कार्यपालिकामा अझै पनि माओवादीको बहुमत छ । कार्यपालिकाका कुल १५ सदस्य मध्ये १० जना माओवादी र कांग्रेस तथा एमालेका ५ सदस्य रहेकाछन् । कतिपयले गाँउपालिका अध्यक्ष पदमा आफ्नै बागी उम्मेदवारका कारण माओवादीले गाउपालिकाको नेतृत्व गुमाएको ठान्छन् । त्यही कारणले चुनावको नतिजापश्चात गाँउपालिकाको अध्यक्ष पदमा बागी उम्मेदवार रहेका लाल चन्द्र रावत ३ महिनापछि मात्र गाँउ फर्केका थिए ।
कठिन र विषम अवस्थामा चुनाव जितेर कांग्रेसको अस्तित्व जोगाएको दाबी गर्दै गाँउपालिका अध्यक्ष बुढाथोकी भन्छन्, ‘हामीले विशेष धन्यवाद पाउनुपर्नेमा गाँउपालिकाले माग गरेको कतिपय योजना र बजेट प्रदेश र संघले वेवास्ता गर्ने गरेको छ ।’
उनी अझै पनि गाँउपालिकाका तीनचौथाइ जनसंख्यामा बिजुली नपुगेको बताउँछन् ।
स्थानीय एमाले कार्यकर्ताहरुमा माओवादी भन्दा कांग्रेस ठिक र कांग्रेस कार्यकर्ताहरुमा पनि माओवादीभन्दा एमाले ठिक भन्ने धारणा रहेको गरेको चर्चा गर्दै अध्यक्ष बुढाथोकी भन्छन्, ‘अहिले देशमा स्वीकार गर्न नसकिने खाले गठबन्धन हँुदा जनतामा घोर वितृष्णा देखिएको छ । संसद्को पछिल्लो उपचुनावको नतिजाले त झन् यसलाई मुखरित पारेको छ ।’
गाँउपालिका अध्यक्ष बुढाथोकी एकखाले सहमति बनाएर कांग्रेस एमाले मिलेर जान सके आर्थिक विकास र राजनीतिक स्थिरता हुने तर्क गर्छन् । ‘सत्तामा कायम रहन मात्र चाहँदा आर्थिक विकास, स्थिरता र स्थानीय विकास ओझेलमा परेका छन् । केन्द्रीय नेताले सत्ताभन्दा स्थानीय विकासलाई महत्व दिनुपर्ने हो,’ उनी थप्छन् । उता, गाँउपालिकाका एमाले अध्यक्ष शाह पनि गाँउपालिकामा रहेको एमाले कांग्रेस सहकार्यका कारण आएको नतिजाप्रति सर्वसाधारणसमेत सन्तुष्ट रहेको दाबी गर्छन् ।
‘एमाले काग्रेस मिलुन भन्ने शुभेच्छा स्थानीय सर्वसाधारणको थियो । यसलाई स्थानीय पृष्ठभूमिले पनि मलजल दिएकै हो,’शाह थप्छन्, ‘गत चुनावमा मात्र होइन, आगामी चुनावमा पनि यही खाले गठवन्धन हुनुपर्छ र हाम्रो प्राथमिकता पनि त्यही हो । ’