राप्रपाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले शुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा समर्थन र ऐक्यबद्धता जनाएको छ।
शनिबार पार्टीका निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाको टोलीले धर्ना स्थलमा पुगेर पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको हो।
धर्ना स्थलमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्षहरु, अन्य पदाधिकारीहरु, संघ र प्रदेशका उपलब्ध सांसदहरू, भातृ संगठनका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको समुह समेत ऐक्यबद्धताका लागि पुगेका थिए।
आफ्ना मागहरू सहित धर्नामा बसिरहेका महाविर पुन र आविष्कार केन्द्रका टोलीसंगको भेटमा निर्देशन समितिका अध्यक्ष डा.लोहनीले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिका लागि खोज, अनुसन्धान, नवीन सोच र आविष्कार अपरिहार्य विषय भएको बताउनु हुँदै पुन र आविष्कार केन्द्रले उठाएका विषय र मागहरू जायज भएको बताए।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले योग्यता पुगेका सक्षम युवालाई विदेश पलायन हुनबाट रोक्न र नेपाललाई सबल, सक्षम र आत्मनिर्भर बनाउन पुनको प्रयास सह्रानीय रहेको र राज्यले पुन जस्ता निस्वार्थ अभियन्तालाई खोज, अनुसन्धानका लागि उचित वातावरण सिर्जना र प्रोत्साहित गरिनुपर्नेमा जोड दिएका छन्।
आविष्कार केन्द्रका पुनले आफ्नो अभियानमा संस्थागत उपस्थिति र ऐक्यबद्धता जनाएकोमा राप्रपालाई धन्यवाद दिँदै अनुसन्धान, नबप्रवर्तन र आविष्कारमा राजनीतिक दलका बीच साझा धारणा र एकताबद्ध प्रयास हुनुपर्ने बताएका छन्। शुक्रबारदेखि पुनसहितको टोली माइतीघरमा धर्ना बसिरहेको छ। गएराति पनि उनीहरु त्यही वास बसेका थिए।
सांसदले राखेका योजनाको बजेट कटौती गरेको भन्दै एमाले र राप्रपाका सांसदले विरोध गरेका छन्।
सोमबारको प्रदेश सभाको बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदले उठेर बजेट कटौतीको विरोध गरेका हुन्।
एमाले र राप्रपाका सांसद उठेर विरोध गरेपछि सभामुख इस्राइल मन्सुरीले एमाले संसदीय दलका उपनेता राम बहादुर रानालाई बोल्ने समय दिएका थिए। एमालेका उपनेता रामबहादुर रानाले प्रदेशसभालाई सम्बोधन गर्दै सांसदका योजना मुख्यमन्त्रीले कटौती गरेका कारण बजेट पास गर्नुपर्ने बाध्यता नरहेको बताए। उपनेता रानाले भने ‘सांसदकै योजना काटिए पछि बजेट पास गर्नुपर्ने बाध्यता के? बजेट फेल गर्दा के फरक पर्छ?’ रानाले बजेट फेल भए सरकार नै संकटमा पर्ने स्पष्ट पारे। रानाले भने‘ बजेट फेल भए सरकार नै संकटमा पर्छ भन्ने हेक्का होस्।’
संसद्लाई सम्बोधन गर्दै मुख्यमन्त्री केदार कार्कीले २५ करोड भन्दा कमका योजना कटौटी गर्दा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई समेत सोधेको दाबी गरे। ‘२५ करोड मुनिका योजना कटौती गर्दा पूर्व मुख्यमन्त्रीलाई सोधेरै गरेको हुँ’ कार्कीले भने ‘ पूर्व मुख्यमन्त्रीज्यूले मैले सकिन तपाई गर्नुहोस् भनेपछि मैले कटौती गरेको हुँ।’ मुख्यमन्त्री कार्कीले आगामी वर्ष देखि योजना बैंक मार्फत आएका योजना मात्रै छनोट गर्ने परिपार्टीको विकास गर्ने मुख्यमन्त्री कार्कीले स्पष्ट पारे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...