लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी
१४ वैशाख २०८०
•
१ मिनेट पाठ
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी
नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आज दाबी पेस गरेका छन्।




संविधानको धारा १६८ को उपधारा २ बमोजिम उहाँले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

नेकपा (एमाले) नेतृत्वको सरकारका मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट गत सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुखले मङ्गलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन्।

प्रदेश प्रमुख शेरचनले आज अपराह्न ४ बजेसम्म उपधारा २ बमोजिम सरकार गठन हुने विश्वासिलो आधारसहित आउन दललाई आह्वान गरेका छन्। कांग्रेस र माओवादी केन्द्रसहित आठ दल र एक स्वतन्त्र गरी ५३ सांसदले चौधरीलाई संविधान बमोजिम मुख्यमन्त्री नियुक्त गर्न निवेदन दिएका थिए।

प्रदेश प्रमुखले तोकेको समय सीमाबमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न नेपाली कांग्रेससहित गठबन्धन दलका सदस्यले सरकारको दाबी प्रस्तुत गरेका हुन्।

उनलाई मुख्यमन्त्री नियुक्ति गर्न नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)को समर्थन छ।

कुल ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११ सदस्य छन्। साथै राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार/चार,  जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक/एक र एक स्वतन्त्र सदस्य छन्।
अर्को समाचार
एक्लिएका हुन् त मुख्यमन्त्री ?
२० पौष २०८०
•
४ मिनेट पाठ
एक्लिएका हुन् त मुख्यमन्त्री ?
केही दिनअघि नेपाली कांग्रेसका सरोज थापालाई मन्त्री नियुक्त गरेपछि मुख्यमन्त्रीको कार्यशैली प्रति रुष्ट बनेको लुम्बिनी कांग्रेस झनै चिढियो। पार्टीको संस्थापनइतर समूहलाई सरकारमा शून्य सहभागी हुने अवस्था पारिदिएपछि लुम्बिनी कांग्रेस प्रदेश समितिले भनेको थियो, ‘अब सरकारलाई पार्टीको सहयोग रहँदैन, सरकारको विरोधमा पार्टी उभिन्छ।’




यद्यपि कांग्रेस प्रदेश समितिले सरोज थापाको मन्त्री नियुक्तिलाई आफ्नो विरोधको कारण भनेको छैन तर समन्वय नगरी मन्त्री नियुक्त गरेको आरोप मात्रै उसले लगायो। आफूसँग समन्वयविना नै मन्त्री नियुक्त गरेपछि चिढिएको कांग्रेस प्रदेश समिति आफ्नै दलका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीप्रति सन्तुष्ट बन्न सकिरहेको छैन। आफ्नै पार्टीबाट एकल रूपमा सरकार चलाएको आरोप खेपिरहेका मुख्यमन्त्री चौधरीलाई अब पार्टी प्रदेश समितिबाट सम्पूर्ण सहयोग रहनेमा आशंका देखिन्छ।  

आफ्नै दल रुष्ट बनाएका मुख्यमन्त्री चौधरीप्रति सत्ता साझेदार ठूलो दल माओवादी पनि खुसी छैन। तीन मन्त्रालयको माग गरेको माओवादीले अहिलेसम्म दुई मन्त्रालय मात्रै हात पारेपछि त्यसको दोष मुख्यमन्त्री चौधरीमाथि नै थोपरिरहेको छ। जसरी पनि तीन मन्त्रालय पाउनुपर्ने अडानमा रहेको माओवादीलाई चित्त बुझाउन मुख्यमन्त्री चौधरीलाई बढी चुनौती छ।

माओवादीलाई उसले भनेजति मन्त्रालय भाग नपु¥याइदिए सत्ता साझेदार ठूलो दल माओवादीबाटै असहयोग हुने खतरामा मुख्यमन्त्री छन्। मुख्यमन्त्री चौधरीको कार्यशैलीप्रति माओवादी पनि सन्तुष्ट भने देखिन्न। ‘मुख्यमन्त्रीले एकलौटी रूपमा आफ्नो इच्छाअनुसार मात्रै चल्न खोज्नुभयो,’ माओवादीका एक सांसदले भने। ‘सत्ता साझेदार दलहरूको कुरै नसुनेर एकलौटी ढंगबाट चलेकै कारण सरकारले काम गर्न नसकिरहेको अवस्था हो।’

आफ्नै दल कांग्रेस र मुख्यमन्त्री नियुक्तिमा साथ दिएको माओवादी मात्रै होइन, चौधरीलाई मुख्यमन्त्री बन्न बहुमतको हिस्सा बनेका साना दलहरू पनि उनीप्रति पछिल्लो समय सकारात्मक छैनन्। सरकारको काम कारबाहीमा मुख्यमन्त्री एकल हाबी भएको भन्दै सरकारमा रहेका साना दलहरू पछिल्लो समय उनीप्रति चिढिएका छन्।

साना दलहरूले मुख्यमन्त्रीलाई संसदीय समितिको नेतृत्वमा भाँजो हालेर मुख्यमन्त्री चौधरीलाई अप्ठ्यारो पारिदिएका छन्। यी दलहरूकै अडानका कारण गत १७ गते हुने भनिएको संसदीय समितिको नेतृत्व चयनको चुनाव नै रोकिएको छ। संसदीय समितिमा अडान राखेका साना दलहरूको माग संसदीय समितिको नेतृत्व भन्दा पनि मुख्यमन्त्रीको कार्यशैलीको विरोधको उपज हो।

थप एउटा मन्त्रालय बढाउने अन्तिम निर्णयमा पुगिसकेका मुख्यमन्त्री चौधरीको यो कार्यशैलीको विरोधमा यी दलहरू उभिएका हुन्। ठूला भनिएका दलहरूलाई मन्त्रालयको बढी भाग पु¥याउन मन्त्रालय थप्नै तयार हुने तर साना दललाई भने उपेक्षा गरिरहने प्रवृत्तिविरुद्ध आफूहरू उभिनु परेको एक साना दलका नेताले बताए।

‘मन्त्रालय जति सक्यो धेरै भाग लगाउन मन्त्रालय थप्न खोजिएको छ, तर हामीहरूले कुनै पनि हालतमा मन्त्रालय बढाउनु हुँदैन भनेर भन्दै आइरहेका छौं,’ ती नेताले भने, ‘न त हाम्रो आवाजको सम्बोधन हुने, नत साना दलहरूलाई समान ढंगको व्यवहार गरेर समानुपातिक रूपमा मिलाएर लैजाननै खोज्ने एकल प्रवृत्तिमा हाम्रो असहमति हो।’

ती नेताका अनुसार मन्त्रालय संख्या नबढाइए संसदीय समितिमा साना दलहरूको दाबी रहन नसक्ने देखिन्छ। ‘मन्त्रालय पनि आफूखुसी बढाउन खोज्ने अनि संसदीय समितिको नेतृत्व पनि आफैं मात्रै लिन खोज्ने ?,’ ती नेताले भने। ‘साना दलहरू सरकारमा सहभागी भए पनि कुनै पनि समन्वय नहुनु त राम्रो हुँदै भएन नि !’

त्यसो त, मुख्यमन्त्री चौधरीले आफूबाट केही गल्ती भएकाले त्यसलाई आगामी दिनमा सुधारेर जाने साना दलका मन्त्रीहरूलाई बताएका छन्। ‘मुख्यमन्त्रीले मन्त्रिपरिषद् बैठकमै आफूले सबैलाई मिलाएर जाने भन्नुभएको छ,’ एक मन्त्रीले भने। ‘उहाँको कुरा राम्रो आएको छ, तर हेरौं कसरी काम गर्नुहुन्छ ?’

यसैगरि मुख्यमन्त्री चौधरीले मन्त्रालयका सचिवहरूलाई बोलाएर आफूखुसी मन्त्रालयगत अजेन्डाका विषयमा छलफल गर्ने तर मन्त्रीहरूसँग समन्वय नगर्ने आरोप मुख्यमन्त्रीमाथि छ। ‘उहाँले मुख्य सचिवसँग छलफल गरेर अगाडि बढ्ने हो,’ ती मन्त्रीले भने, ‘तर मन्त्रालयका सचिवहरूलाई बोलाएर आफूखुसी छलफल गरिरहनुभयो, यो राम्रो भएन।’

यसैगरी, सरकारका अन्य निर्णय तथा नियुक्तिमा पनि कांग्रेस र माओवादीकै एकल निर्णय हुने गरेको तर साना आफूहरूलाई बेवास्ता भइरहेको भन्दै साना दलहरू मुख्यमन्त्रीप्रति रुष्ट छन्।

आफ्नै दलसहित सत्ता साझेदार सबै दलहरूलाई असन्तुष्ट बनाएका मुख्यमन्त्री चौधरी आफूले पनि गल्ती भएको स्वीकार भने गर्दै आएका छन्। यसले पनि मुख्यमन्त्री चौधरीका कार्यशैली समन्वयकारी नदेखिएको भन्न सकिने आधार देखिन्छ। उपल्लो आदेशको पालना गर्दा समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै मुख्यमन्त्री चौधरीले कांग्रेसको प्रदेश समितिसमक्ष केही दिनअघि माफी नै मागे।

सरोज थापालाई पार्टीबाट मन्त्री बनाएपछि असन्तुष्ट प्रदेश समितिले उनलाई बोलाएर समन्वय गर्न निर्देशन नै दिएको थियो। त्यो बेला उनले आफू दबाबमा परेर निर्णय गर्नु पर्ने अवस्थामा पुगेको र आगामी दिनमा पार्टीसँग समन्वय गरेर अघि बढ्ने बचन प्रदेश समितिलाई दिएका थिए।

सरकारमाथि एकल रूपमा हाबी बनेका कारण आफ्नै दल तथा सत्तासहयात्री दलहरूबाट अहिले आलोचित भइहेका मुख्यमन्त्री चौधरीले आफ्नो कार्यशैली सुधार गर्नैपर्ने तर्क राजनीनिक बिश्लेषकहरूको छ। अन्यथा सत्ता सञ्चालनमा असहजता संगै सत्तासहयात्री दलहरूको असहयोगले सरकारकाले काम चुस्न गर्न नसक्ने बुझाइ उनीहरूको छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस