चितवन-२ का १३ वटा केन्द्र अतिसंवेदनशील,१ हजार २७० प्रहरी परिचालन
०८ वैशाख २०८०
•
३ मिनेट पाठ
चितवन-२ का १३ वटा केन्द्र अतिसंवेदनशील,१ हजार २७० प्रहरी परिचालन
चितवन प्रहरीले बैशाख १० गते हुने प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर- २ को उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ।




निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाकर्मीको उलेख्य मात्रामा परिचानल गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए।

‘आम निर्वाचनभन्दा उपनिर्वाचनमा हामीलाई सुरक्षा चुनौती बढी छ। बाहिरी जिल्लाका समेत आएर निर्वाचनलाई समस्या सृजना गर्ने उतिकै सम्भावना हुन्छ,’ कार्कीले भने, ‘त्यसलाई मध्येनजर गर्दै हामीले सुरक्षा व्यवस्था मजभूत बनाएका छौँ।’ उनका अनुसार, चितवन क्षेत्र नम्बर दुईको उपनिर्वाचनका लागि १ हजार २७० जना प्रहरी खटिएका छन्। निर्वाचनको सुरक्षाका लागि बाहिरी जिल्लाबाट ८ सय प्रहरी आएका छन्। सोही मात्रामा बाहिरी घेरामा ससस्त्र प्रहरी र नेपाली सेनाले समेत निर्वाचनको सुरक्षामा खटिने छन्।

तनहुँ र बारा जिल्लामा भन्दा चितवन संवेदन्शील जिल्ला हो। प्रहरीले विशेष गरि भरतपुर बजार क्षेत्रका केन्द्रलाई यसपटक संवेदन्शील रुपमा लिएको छ। ‘विगतमा भौगोलिक विकटता कारण सुरक्षा चुनौती हुन्थ्यो। अहिले बजार क्षेत्र अति सम्बेनशील छन्,’ उनले भने, ‘बजारका केन्द्रमा भिड जम्मा हुने अवस्था छ।’ जिल्ला प्रहरी कार्यालय चितवनले १३ वटा मतदान केन्द्रलाई संवेदन्शील रुपमा लिएको। सोही अनुसार, प्रहरीले प्रत्येक बुथमा कम्तिमा एक दर्जन प्रहरी खटाएको छ। ‘एउटा केन्द्रमा १२ जना प्रहरी हुन्छन् । बुथ थपिँदै गए पाँच जनाका दरले प्रहरी थपिन्छन्,’ उनले भने, ‘६देखि ८ वटा बुथ भएको ठाउँमा प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी परिचालित छन्।’ अन्य स्थानमा प्रहरी नायव निरिक्षकको कमाण्डमा टोली खटिएको छ। प्रहरीले रिजर्भ टोली समेत बनाएको छ। भरतपुर महानगरपालिकाका १० वटा वडामा ४ र कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा समान २÷२वटा टोली तयारी अवस्थामा राखेको छ। साथै मोबाइल टोली रहने कार्कीले जानकारी दिए।

आम निर्वाचनमा एउटा बुथमा २ जना प्रहरी र  ५ जना म्यादी प्रहरी परिचालित हुन्थे। उनीहरुले ४ वटा मतपेटिकाको सुरक्षा गर्नुपर्दथ्यो। अहिले एउटा मतपेटिकाको लागि १२ जना प्रहरी खटिनेछन्। चितवन निर्वाचन क्षेत्र नम्बर २मा १ लाख २४ हजार ६९५ मतदाता रहेका छन्। मतदान स्थल ४३ र मतदान केन्द्र १ सय ३८ छन्।

निर्वाचनको दिनमा राजमार्गमा लामो दुरीमा गुढ्ने सवारी साधनको व्यवस्थापनका लागि १५० जना प्रहरी खटिनेछन्। चितवनको मौवाखोलादेखि भरतपुरसम्म ३० ठाउँमा प्रहरी साहायक निरिक्षकको कमाण्डमा खटिने कार्कीले जानकारी दिए। एक ठाउँमा ५ जनाको समुह हुनेछ। यस क्षेत्रमा स्थानीय रुटका सवारी साधान आवागमन बन्द गरिएको उनले जानकारी दिए। ‘लामो दुरीका सवारी साधनलाई पनि समूहमा मात्रै सुरक्षा निगरानीसहित गनतव्यमा पठाईने छ,’ उनले भने,  ‘धादिङतर्फको मौवा खोला, मुग्लिन, नारायणगढको पुलचोक र गोन्द्राङ चोकमा चेकजाँच गरि केही समयको अन्तरालमा प्रहरीको स्कटिङमा मात्रै पठाइनेछ।’

चितवन प्रशासनले नारायणी पुलमा पर्न सक्ने सवारी साधनको जामको असरलाई न्यूनीकरण गर्न नवलपरासी पूर्वको गैंडाकोट क्षेत्रमा कडा चेकजाँच गरेर लामो दुरीका सवारी साधन एकिङ गरेर मात्रै पठाउन भनिएको जनाएको छ। वैशाख १० गते जिल्ला प्रशासनबाट अनुमति प्राप्त सवारी साधनहरु, एम्बुलेन्स, स्वास्थयकर्मी, पत्रकारका सवारी साधनहरु मात्र संचालन गर्न पाइने चितवन प्रशासनले जनाएको छ।
अर्को समाचार
इलाम-२: २५ वर्षे प्रगतिको पुलिन्दा बोकेर भोट माग्दै एमाले
०३ वैशाख २०८१
•
४ मिनेट पाठ
इलाम-२: २५ वर्षे प्रगतिको पुलिन्दा बोकेर भोट माग्दै एमाले
वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले) करिब २५ वर्ष इलाम क्षेत्र-२ को प्रतिनिधित्व गर्दा पार्टीले गरेका विकासे काम स्मरण गराउँदै मतदातासम्म पुग्दैछ।




पार्टीको तर्फबाट साढे दुई दशक प्रतिनिधित्व गरेका सुवासचन्द्र नेम्बाङले गरेका संविधान निर्माणको नेतृत्वदेखि इलामको भौतिक विकासका दर्जनौं कामको पुलिन्दा बोकेर एमाले चुनावी अभियानमा लागेको छ। गत भदौ २६ मा नेम्बाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। अहिले इलाम-२ बाट उनकै छोरा सुहाङ लड्दैछन्। 

नेम्बाङले देशको मूल कानुन मानिने संविधान निर्माणको नेतृत्व गर्नुलाई ऐतिहासिक उपलिब्धका रूपमा लिएको छ। नेम्बाङले यो क्षेत्रबाट २०५६ सालयताका सबै चुनाव जितेका थिए। कतिपयले नेम्बाङले स्थानीय आवश्यकताअनुसार काम गर्न नसकेको आलोचना गरेपछि एमाले विगतका काम र अबको प्रतिबद्धतासहित मतदाता रिझाउँदैछ।

‘इलामबाट निर्वाचित सांसदले दुई पटकसम्म सर्वसम्मत रूपमा संविधानसभाको नेतृत्व गर्ने अवसर पाउनु एमालेमात्र होइन, सिंगो इलामका लागि गौरवको विषय हो,’ एमाले उपसचिव उमेश गुरुङ भन्छन्, ‘त्यतिमात्र होइन, किरात धर्मगुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गराउनदेखि भूमिहीन चुलाचुलीबासीलाई धनीपुर्जा हातमा पुर्‍याउन पनि नेम्बाङकै पहल सफल भएको बिर्सिनुहुँदैन।’

नेम्बाङले इलाम क्षेत्र २ मा दीर्घकालीन महत्वका विकास योजनासमेत सुरुआत गरेको एमालेले उल्लेख गरेको छ। नेम्बाङले यहाँबाट विजयी भएपछि सडक, बिजुली, खानेपानी, पुल, भवन, कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रमा गरेका दर्जनौं कामलाई एमालेले दस्तावेजका रूपमा पनि उनले जनाए।

‘अब इलाम क्षेत्र २ विकासले पूर्ण भयो भन्ने होइन, अझै धेरै काम बाँकी छन्,’ उनले भने, ‘जति काम सुरुआत भएका छन्, जति योजना कार्यान्वयनको पहल भइरहेको छ, तिनले यो क्षेत्रमा समृद्धिको आधार भने तयार गर्नेछन्।’

आउँदो उपनिर्वाचनमा आफूहरू विगतमा गरेका काम र अब पार्टी, उम्मेदवारको तर्फबाट गरिएका प्रतिबद्धता बोकेर मतदातासम्म पुगिरहेको उनले जनाए। ‘यसबीचमा दर्जनौं महत्वपूर्ण काम भएको जगजाहेरै छ,’ उपसचिव गुरुङले भने अधुरा काम पूरा गर्न र नयाँ योजना कार्यान्वयन गर्न एमाले प्रतिबद्ध छ, हाम्रा उम्मेदवार प्रतिबद्ध हुनुहुन्छ।’

निर्माणाधीन राँके–रवि–भेडेटार सडक, राकसे–बेलासे सडक, दमक–चिसापानी सडक, मदन भण्डारी राजमार्ग, लक्ष्मीबाँध–बिहीबारे–गुरुआश्रम सडक, फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण र नामकरण, यही विमानस्थलबाट फुलुङ्गी–बिहीबारे–मार्चेबुङलगायत दर्जनौं सडक नेम्बाङकै पहलमा आएका योजना भएको एमालेले जनाएको छ।

दर्जनौं पुल, चुलाचुलीमा १५ शड्ढयाका अस्पताल, गाउँपालिका नगरपालिकाका भवन, इलामको सिटी हल, इलाम अस्पतालमा अक्सिजन प्लान्ट जडान, भेन्टिलेटर सेवा, सेतीदेवी–पुवाखोला झोलुङ्गे पुल (बन्जीसहितको योजना) पनि नेम्बाङको अग्रसरतामा आएको एमाले केन्दीय सदस्य राम रानाले बताए।

विद्युत् विस्तारका लागि काबेली कोरिडोर, इलाम जिल्लाभर पूर्ण विद्युतीकरण, विभिन्न विद्यालयलाई नमुना विद्यालयका योजना ल्याउने, बरबोटेको चुम्लुङ हिम, विभिन्न गाउँका स्कुलमा प्राविधिक शिक्षा विस्तारमा पनि नेम्बाङको पहल रहेको रानाले बताए।

‘यो निर्वाचन क्षेत्रमा भएका सयौं काम छन्, जसमा एमाले र दिवंगत नेता नेम्बाङको छाप लागेको छ,’ राना भन्छन्, ‘तीनै काम पूरा गर्ने र थप स्थानीय आवश्यकताका काम गर्ने योजना पार्टीले ल्याएको छ।’ यो उपनिर्वाचनका लागि एमालेले चिया, दूध, पशुमा देखिएको लम्पी स्किन रोगबाट किसानले पाउनुपर्ने सहुुलियत, कृषि मल–बीउलगायतलाई चुनावी एजेन्डा बनाएको छ। एमाले, नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलले यो पटक एमालेका सुहाङ नेम्बाङलाई साझा उम्मेदवार बनाएका छन्।

स्थानीय तहको अधिकार सुनिश्चित गर्ने, इलाममा मेडिकल कलेज स्थापना, सबैखाले शोषणविरुद्ध लड्ने, युवाको विदेश पलायन रोक्दै देशमै रोजगारी सिर्जनालाई पनि सुहाङले चुनावी एजेन्डा बनाएका छन्। खेलकुद, साहित्य, कला, सिनेमा, नाटकमा आबद्ध युवालाई व्यावसायिक बनाउने, सबै जाति, भाषा, धर्म, समुदायको आत्मसम्मान र पहिचानलाई सम्मान गर्दै त्यसलाई कायम राख्ने प्रतिबद्धता पनि एमालेले गरेको छ।

२०७९ सालको निर्वाचनमा इलाम क्षेत्र २ मा एमालेका सुवासचन्द्र नेम्बाङ विजयी बनेका थिए। उनी ३० हजार २० मत ल्याएका विजयी हुँदा तत्कालीय सत्ता गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए।

वैशाख १५ मा हुने उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्। कांग्रेसले पुनः खड्कालाई नै उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मिलन लिम्बू, पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम चुनावी प्रतिस्पर्धामा छन्।

जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन्।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि उम्मेदवार छन्।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
यो पनि पढौँ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस