राजधानीमा वायु प्रदूषण र फोहर समस्या समाधान गर्न सांसदको माग
०६ वैशाख २०८०
•
२ मिनेट पाठ
राजधानीमा वायु प्रदूषण र फोहर समस्या समाधान गर्न सांसदको माग
प्रतिनिधिसभाका सांसदहरूले राजधानी काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणलगायत फोहरको समस्या समाधान गर्न माग गरेका छन्। प्रतिनिधिसभाको आजको प्रतिनिधि सभाको बैठकमा सांसद उदयशमशेर जबराले काठमाडौँ उपत्यकामा वायु प्रदूषण नियन्त्रणका लागि छोटो र दीर्घकालीन समाधानको बाटो खोजिनुपर्ने बताए। 




राजधानी वरपरका वनमा डढेलो र काठमाडौँ उपत्यकामा दुई किमी सडक निर्माण गर्न चार वर्ष लाग्ने गरेकाले पनि वायु प्रदूषण र फोहर बढेको उनको भनाइ थियो। सांसद असिम साहले सवारी चालक अनुमति प्रमाणपत्रलाई व्यवस्थित गरिनुपर्ने बताए। 

सांसद उर्मिला माझीले महँगो र असमान शिक्षाका कारण भ्रष्टाचार बढेको, वर्षैपिच्छे पुस्तक फेरिँदा समस्या हुने गरेकाले तीन वर्षसम्म नफेर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए। सांसद एकनाथ ढकालले यहाँको राहदानीले ३७ देशको मात्र भ्रमण गर्न पाइने भएकाले कूटनीति बलियो बनाउन अनुरोध गरे। 

सांसद ऐनबहादुर शाही ठकुरीले तिब्बत्सँग सीमा जोडिएका हुम्लाका नाका खोल्न माग गरे। मुगुको खत्याड गाउँपालिकाबाट दुई दिन हिँडेर मात्र सदरमुकाम पुग्न सकिने भएकाले गाउँपालिकामै इलाका प्रशासन कार्यालय खोल्न उनले माग गरे। सांसद कान्तिका सैँजुवाललले कर्णाली राजमार्गलाई गौरवको आयोजनाका रुपमा विकास गर्नुपर्ने बताइन। 

सांसद गीता बस्नेतले राष्ट्रिय जनावर गाईको संरक्षणका लागि सात सय ५३ वटै स्थानीय तहले गौशाला बनाउन बजेट छुट्याउनुपर्ने बताइन। सांसद चन्दा कार्की भण्डारीले स्वास्थ्य महत्त्वपूर्ण विषय भए पनि राज्यको प्राथमिकतामा नपरेको भन्दै सरकारी अस्पताल व्यवस्थित हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराइन। 

सांसद छिरिङ लामा तामाङले गणतन्त्रको मर्मअनुरूप विकास निर्माणको काम हुनुपर्नेमा जोड दिए। खस सभ्यता मौलिक भएकाले सिञ्जामा प्रतिष्ठान नै स्थापना गर्न उनले आग्रह गरे। सांसद जावेगा खातुनले बर्दियाका किसानले सीमा क्षेत्रबाट मलखाद ल्याउँदा समस्या भोग्नुपरेकाले समाधान गर्न सरकारसँग आग्रह गरिन। बैठकमा सांसदहरु अनिषा नेपाली, किरणकुमार साह, गोमा लाभ सापकोटा लगायतले रोल्पामा विद्युत् कार्य अलपत्र बनेको, जनताको दिनदिनै जीवनयापनमा समस्या हुँदा पनि तीन तहका सरकारको ध्यान जान नसकेको लगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए। 
अर्को समाचार
पर्यटन व्यावसायीको चिन्ताः वायु प्रदूषणले पाहुना तर्सिन सक्छन्
२३ वैशाख २०८१
•
५ मिनेट पाठ
पर्यटन व्यावसायीको चिन्ताः वायु प्रदूषणले पाहुना तर्सिन सक्छन्
अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गबाट देखिएको दृष्य। तस्बिर सौजन्यः विजय केसी
पदयात्रा व्यावसायी विजय केसी यति बेला अन्नपूर्ण आधारशिविर (एबिसी) को पदयात्रामा छन्। उनी आन्तरिक पाहुनाको समूह लिएर आधारशिविरको पदयात्रामा निस्केका थिए। आधार शिविर पुगेर पोखरा फर्किँदै गर्दा उनले आसपासका डाँडाकाँडा, हरियाली, खोलानाला, हिमाली चुचुरा स्पष्ट देख्न पाएका छैनन्।




‘सबैतिर तुवाँलोले ढाकेको छ। पदयात्रामा आएका पाहुना पनि यो बेला किन आइएछ भनेर गुनासो गरिरहेका छन्,’ एबिसीबाट पोखरा फर्कँदै गर्दा आइतबार दिउँसो छोमरोङमा रहेका उनले भने, ‘पोखरामा जत्तिको निस्सासिदो प्रदूषण त होइन। तर, अरुबेलाजस्तो स्पष्ट दृश्य यता पनि देख्न पाइन्न। हिमाली चुचुरासम्म पनि तुवाँलो छ। आधार शिविर पुगेपछि मात्र स्पष्ट दृश्य देख्न सकिन्न।’

उनका अनुसार आधारशिविरमै पुगेपछि त हिमाल पनि देखिएको छ। तर, तल्लो भेगबाट हेर्दा हिमाल पनि लुकेको छ। स्पष्ट दृश्य देख्न नपाउँदा पर्यटक पनि निराश हुने गरेका छन्। उनका अनुसार पदयात्रामा रहेका पर्यटकहरु माथिल्लो भागमा जाँदा समेत केही नदेखेपछि खिन्न हुने गरेका छन्। केसीले भने, ‘आन्तरिक पाहुना पनि खुसी छैनन्। विदेशी त झनै खुसी हुँदैनन्।’

पदयात्रामा जानु आफैमा पनि सहज र सधैँ सम्भव नहुने भएकोले आएको बेला राम्रो दृश्य हेर्ने चाहना सबैको हुने उनले बताए तर, अहिले पदयात्रा क्षेत्रसम्म पनि वायु प्रदूषणको प्रभाव रहेको उनले बताए। ‘विदेशी पर्यटक त पटक्कै खुसी छैनन्। हवाई जहाज पनि उडेका छैनन्। केही दिन अघि चिनियाँ पर्यटकको एक समूह दिनभर उडान नभएपछि रातारात गाडीमा पोखरा आए। ती पर्यटकले दोहोर्याएर नेपाल यात्रा नगर्न पनि सक्छन्। यो सिजनमा नेपाल नजानु भनेर अरूलाई पनि भन्न सक्छन्,’ उनले भने।

वायु प्रदूषणले गर्दा अत्तालिएको काठमाडौं र पर्यटकीय सहर पोखरा निसास्सिएको छ। यो सिजन नेपालका लागि यात्रा गर्न अनुकूल हुँदैन भनेर विदेशी पाहुनाले सन्देश प्रवाह गर्न सक्ने र त्यसको मार आगामी सिजनमा पनि पर्न सक्ने जोखिम रहेको उनले बताए। ‘वायु प्रदूषणले अहिलेका लागि त असर पारेको छ नै। यसको प्रभाव आगामी सिजनमा पनि पर्न सक्छ,’ उनले भने।  

वायु प्रदूषणले पोखरा अत्तालिन थालेको दुई साता पुगेको छ। नेपालमा घुम्न आउने विदेशी पर्यटकको सिजन चलिरहँदा यहाँ प्रदूषणले अत्याउन थालेको थियो। प्रदूषणको त्यो अत्यासलाग्दो अवस्था अझै कम भएको छैन। वर्षा भएपछि वा जोडले हावा चलेमा मात्र अहिलेको प्रदूषण कम हुने वातावरणका जानकारहरुले बताइरहेका छन्।

वायु प्रदूषणको असर यत्तिसम्म परेको छ की पोखराबाट अरुबेला देखिने हिमाली श्रृंखला नदेखिएको झन्डै महिना दिन हुन लागेको छ। पर्यटकीय क्षेत्र लेकसाइडबाट अरुबेला सहजै देखिने विश्व शान्ति स्तूप र पुम्दीकोटको शिव मन्दिर पनि तुवाँलोभित्र लुकेका छन्। यसले गर्दा घुम्न आउने पर्यटकले यतिबेला कुनैपनि दृश्य देख्न पाएका छैनन्। त्यत्तिमात्र नभई प्रदूषणले स्वास्थ्यमा पनि असर पारेको गुनासो पर्यटकले व्यवसायीसँग गर्ने गरेका छन्।  

पर्यटक आउने यो सिजनमा वायु प्रदूषणले पारेको असर अहिलेका लागि त परेको छ नै आगामी सिजनमा पनि पर्ने चिन्ता व्यावसायीको छ। किनकि अहिले आएका पर्यटकले पोखराबाट कुनैपनि दृश्य देख्न पाएका छैनन्। दृश्य देख्न नपाएर खिन्न भएका पर्यटकले पुर्‍याउने सन्देशले आगामी दिनमा प्रभाव पर्न सक्ने चिन्ता व्यावसायीको छ।  

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा भन्छन्, ‘अहिले घुम्न आएका पर्यटकले केही पनि दृश्य हेर्न पाएनन्। खान र बस्नका लागि मात्र आएको अनुभव उनीहरुले गरेका छन्। उनै पर्यटकबाट पोखरा र सिंगो नेपालबारे गलत सन्देश प्रवाह हुनसक्छ।’ उनका अनुसार अहिले आएका पाहुना खुसी छैनन्। कुनै पनि दृश्य देख्न नसक्दा उनीहरु दुखि भएर फर्केका छन्। कतिपय पर्यटकले त बसाई अवधि पनि छोट्याएका छन्।  

‘यो सिजनमा नेपालमा घुम्न जानै लायक हुँदैन भनेर अहिले आएका पर्यटकले स्वदेश फर्केर बताउनेछन्। त्यसले गर्दा आगामी सिजनको आगमनमा असर पर्न सक्छ,’ उनले भने। त्यसबाहेक अहिले पर्यटकले तोकिएको गन्तव्यमा तोकिएको समयमा आउजाउ गर्न पनि सकेका छैनन्। त्यसको असर पनि आगामी दिनमा पर्न सक्ने सापकोटाको भनाई छ।  

‘एकसाता भन्दा बढी समयदेखि पोखरासँगको हवाई सम्पर्क अनिश्चित बनेको छ। त्यसले गर्दा पर्यटकले चाहेर पनि पोखरा आउजाउ गर्न पाएका छैनन्,’ उनले भने, ‘त्यसले गर्दा पनि गलत सन्देश प्रवाह हुने निश्चित छ।’ पोखरा आउजाउका लागि घन्टौँसम्म विमानस्थलमा कुरेर बस्नुपरेको तितो अनुभव पर्यटकसँग रहेकोले पनि त्यसले असर पार्ने उनको भनाई छ।

यो समयमा नेपालमा घुमघाम स्वास्थ्यमा हिसाबले जोखिमपूर्ण रहेको भन्ने सन्देश प्रवाह हुँदा त्यसले पर्यटन क्षेत्रमा भविष्यमा झनै असर पर्ने उनले बताए।

‘पोखराको मात्र नभई काठमाडौंको वायु प्रदूषण पनि विषाक्त रहेको दिनदिनै सन्देश प्रवाह भएको छ। त्यसले गर्दा पर्यटकले आगामी दिनका लागि नेपाल भ्रमणको योजना नबनाउन सक्छन्,’ उनले भने, ‘त्यसको मार पर्यटनमा पर्नेछ। सिजनको बेलाको आगमन प्रभावित हुन सक्छ।’

व्यावसायीका अनुसार अहिले पोखरा आएका पर्यटकले तोकिएको गन्तव्यमा सहजै आउजाउ गर्न नपाउँदा सकस खेपेका छन्। यतिसम्मकी हवाई उडान नभएपछि पर्यटक रातारात स्थलमार्गको यात्रा गर्न बाध्य भएका छन्। किनकि कनेक्टिङ फ्लाईट छुट्ने त्रासले हतारमा र रातारात यात्रा गर्न बाध्य भएका छन्। होटल बाराहीका महाप्रबन्धक राजकुमार केसी भन्छन्, ‘पाहुनाले हिँडडुलमा निकै नै समस्या खेपेका छन्। तोकिएको समयमा गन्तव्यमा पुग्न नपाउँदाको गलत सन्देश पनि प्रवाह हुनसक्छ।’

पर्यटन व्यावसायीका अनुसार पोखरा आउने पर्यटक प्रकृतिसँग रमाउन चाहन्छन्। हिमाली श्रृंखला देखेर रमाउने चाहना उनीहरूको हुन्छ। पदयात्रामा जाँदा पनि खोलानाला, वनजंगल, पाखा पखेरा, सूर्योदय र सूर्यास्तमा रमाउने पाहुना पर्याप्त हुन्छन्। तर, ती दृश्य अहिलेका लागि गुमनाम जस्तै छन्।  

‘विदेशी पर्यटक नेपालमा खान र बस्न आउने होईनन। उनीहरु रमाउन आउने हुन। तर, पर्यटक रमाउने प्रकृति नै वायु प्रदूषणमा लुकेको छ। त्यसले गर्दा आगामी सिजनमा असर पार्न सक्छ,’ केसीले भने, ‘मनोरम दृश्य देख्न नपाउँदाको मन खिन्न बनाएर पर्यटक फर्किने गरेका छन्।’ नेपालको वायु प्रदूषणबारे विदेशी मार्फत अन्तर्राष्ट्रिय स्तरमा सन्देश प्रवाह हुँदा त्यसले नेपाल आउने पर्यटकलाई अन्यत्र डाइभर्ट गर्न सक्ने जोखिम रहने उनले बताए।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस