एक सांसदले अर्का सांसदलाई अपराधी भनेपछि...
३० चैत्र २०७९
•
२ मिनेट पाठ
एक सांसदले अर्का सांसदलाई अपराधी भनेपछि...
प्रतिनिधिसभाको बुधबारको बैठकमा एक सांसदले अर्को सांसदलाई अपराधी भनेपछि रेकर्डबाट हटाउन माग भएको छ। नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले ८ सय ७ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै ठक्नेलाई अपराधी भनेका थिए।




उनले १० लाखदेखि ५० लाखसम्म पैसा पूर्व गृहमन्त्री रामबहादुर थापा, उहाँको सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले नेता टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी समेतको नाम आएको बताए। उनले भने, ‘पत्रपत्रिकाले डेढ करोडको चेक काटिदिएको प्रष्टै छापिदिएका छन, यस्तो खालको जघन्य अपराधपूर्ण काम भएको छ।’

यी सबै अपराधीहरूलाई कडाइका साथ कारबाही गर्ने गरी सरकारले तत्काल छानबिन गरोस।’ उनले अपराधीलाई कारबाही गर्न भनेपछि एमाले प्रमुख सचेतक पदम गिरीले पत्रपत्रिकाले अपराधी बनाएको भरमा एउटा सांसदले अर्को सांसदलाई अपराधी भनेको भन्दै आपत्ति जनाए। उनले यो शब्द रेकर्डबाट हटाउन माग गरे।

तर पाण्डेले प्रतिवाद गर्दै भने, ‘सांसद फलानालाई कारबाही गरियोस भनेको छैन, अपराधीलाई कारबाही गर्न भनेको छु, अपराधी छन भने सांसद पनि कारबाहीमा पर्नुपर्छ। मेरो भनाइ यत्ति मात्रै हो।’ उनले प्रतिवाद गरेपछि सभामुखबाट यो विषय रेकर्डबाट हटाउने आदेश भएन।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी नागरिकहरूले नेपालमा पार्टी खोलेर सञ्चालन गर्न थालिसकेका बताएको छन। बुधबार संसद बैठकपछि बाहिर निश्कने क्रममा पत्रकारसँग बोल्दै अध्यक्ष केसीले भने, विदेशीहरूको हस्तक्षेप खुलेआम बढेको छ, विदेशीहरूले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालिसकेका छन।’

नेपालमा विदेशी हस्ताक्षेप बढा देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता संकटमा परेको उनले बताए। ५०–६० वर्षदेखि स्थापित पार्टीहरू बदनाम भएर गएको उनले बताए।

बदनाम हुनुको पछाडी जनताको कमजोरी होइन, उनैका कमजोरीका कारणले जनतामा उनीहरू नांगिएको उनले बताए। नेपालको नागरिकता नै नभएको मान्छेलाई सांसद बनाउने, नेपालको नागरिकता नै नभएको मान्छेलाई गृहमन्त्री बनाउने काम सरकारले गरेको उनले बताए। 
अर्को समाचार
‘शिक्षामन्त्रीले जस्तै गृहमन्त्री र रक्षामन्त्रीले प्रशिक्षार्थी प्रहरी–सेना राख्छु भने के हुन्छ ?’
२० चैत्र २०८०
•
२ मिनेट पाठ
‘शिक्षामन्त्रीले जस्तै गृहमन्त्री र रक्षामन्त्रीले प्रशिक्षार्थी प्रहरी–सेना राख्छु भने के हुन्छ ?’
नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सांसद राजेन्द्रप्रसाद पाण्डेले शिक्षामन्त्री सुमना श्रेष्ठले ल्याएको शिक्षा उत्प्रेरक परिचालन सम्बन्धी नीतिको विरोध गरेका छन्।




प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद पाण्डेले उक्त नीति ७४ हजार निजामती कर्मचारीलाई ‘प्यारालाइज’ गर्न ल्याएको टिप्पणी गर्दै विरोध गरेका हुन्।

केही दिनअघि शिक्षा मन्त्री श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गरेर शिक्षा उत्प्रेरक परिचालन सम्बन्धी कार्यविधि २०८० ल्याएकी थिइन्। जसमा उच्च शिक्षा अध्ययनरत युवालाई प्रशिक्षार्थीका रुपमा कामकाज गर्न मिल्ने गरी व्यवस्था छ। 

‘मन्त्रालयको आवश्यकता, महाशाखागत कार्यचाप, विषयगत क्षेत्र र प्रशिक्षार्थीको रुची अनुसार प्रशिक्षार्थी शिक्षा उत्प्रेरक परिचालन गरिनेछ भनिएको रहेछ,’ सांसद् पाण्डेले भने,‘मन्त्रालयका कतिपय शाखा कामविहीन भएका बेला शिक्षा मन्त्रालयमा भएका निजामती कर्मचारीलाई अविश्वास गर्दै प्रशिक्षार्थीलाई काम दिने ? यो ७४ हजार निजामती प्रशासनलाई प्यारालाइज गर्न ल्याएको नीति हो।’

उक्त कार्यविधि कुनै ऐनअनुसार नै नभएको सांसद् पाण्डेको दाबी छ। उनले भने, ‘यसरी बाहिरबाट आफूखुसी कर्मचारी भर्ती गर्नु कर्मचारीतन्त्रमाथि हस्तक्षेप हो। यसले इमानपूर्वक काम गरिरहेका कर्मचारीको मनोबल के हुन्छ ?’ 

यो कार्यविधिले मन्त्री श्रेष्ठ अलग ढङ्गबाट हिँड्न खोजेको सांसद् पाण्डेले टिप्पणी गरे। मन्त्रालय तथा सार्वजनिक निकायमा कैयौँ गोप्य राख्नुपर्ने कागजात हुने बताउँदै सांसद् पाण्डेले प्रशिक्षार्थी उत्प्रेरक मन्त्रालयका कर्मचारी सँगसँगै बसेर काम गर्दा ती ‘गोप्य कागज दुरुपयोग हुन्छ कि हुँदैन ?’ प्रश्न गरेका छन्।

शिक्षामन्त्री श्रेष्ठको यो कदमलाई प्रधानमन्त्री पुष्पकमल दाहालले हेरिरहेका छन् कि छैनन् भनेर पनि सांसद् पाण्डेले प्रश्न गरे। ‘कि सबै मन्त्रीलाई आफूखुसी गर्न छुट छ ?,’ उनले प्रश्न गरे।

यसैगरी सबै मन्त्रीले कर्मचारीले सहयोग गरेन भन्दै आ–आफ्नै कर्मचारी राखेर काम गर्न खोजे देश कहाँ पुग्छ भनेर पनि सांसद् पाण्डेको प्रश्न थियो । ‘मेरो अन्डरका पुलिसले काम गरेनन्, म प्रशिक्षार्थी पुलिस राख्छु भनेर गृहमन्त्री भने के हुन्छ,’ उनले भने,‘यसैगरी रक्षामन्त्रीले प्रशिक्षार्थी सेना भर्ना गर्छु भन्न पाउने कि नपाउने रु यसले देशलाई कहाँ पु¥याउछ ?’

सांसद् पाण्डेले यी प्रश्नको जवाफका लागि शिक्षामन्त्री श्रेष्ठलाई रुलिङ गर्न सभामुखलाई आग्रह गरे।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस