अमृतपाललाई खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउनु आपत्तिजनक: सांसद पन्त
२७ चैत्र २०७९
•
१ मिनेट पाठ
अमृतपाललाई खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउनु आपत्तिजनक: सांसद पन्त
नेकपा (एमाले) का सांसद रघुजी पन्तले अमृतपाल सिंहको खोजबिनका लागि भारतीय सुरक्षाकर्मी नेपाल आउनुले नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा गरेको बताएका छन्।  




प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले नेपालमा प्रवेश गरेको भनिएका सिंहलाई नेपालको सुरक्षा निकायले पत्ता लगाउन नसकेपछि बाँकेको जमुनाह नाका भएर भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गर्नु आपत्तिजनक भएको बताएका हुन्।

सांसद पन्तले भनेका छन्, 'कुनै पनि बाह्य देशका सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानुनले नेपालभित्र पसेर यसरी खोजबिन गर्ने अधिकार दिएको छैन। नेपाल स्वतन्त्र सार्वभौम देश हो, यसले आफ्नो आत्मनिर्णयको अधिकार आफैँ प्रयोग गर्छ।' 

उनले नेपाल–भारत खुला सिमाना अपराधको अखडा भएको भन्दै सीमा नियन्त्रण गर्ने र बाह्य हस्तक्षेप रोक्न सरकारको ध्यानाकर्षण गराए।
अर्को समाचार
प्रतिनिधि सभामा विपक्षीको आवाजः सरकारको सय दिन उपलब्धिमूलक भएन
२३ चैत्र २०७९
•
३ मिनेट पाठ
प्रतिनिधि सभामा विपक्षीको आवाजः सरकारको सय दिन उपलब्धिमूलक भएन
प्रतिनिधि सभाको आजको बैठकमा नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले तराई मधेसका किसानले रासायनिक मल र बीउको अभाव झेल्दै आएको जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।




प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा उनले किसानलाई राहत दिन सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिए। उनले जनकपुर जयनगर रेल सेवालाई प्रभावकारी बनाउनका लागि कार्गो रेल सञ्चालन गर्न पनि आग्रह गरे।

सांसद यादवले हुलाकी सडक परियोजनाको काम तोकिएको समयमा पूरा हुन नसक्दा लागत र समय मात्रै बढेको तथ्य पेस गर्दै निर्माण व्यवसायी र आयोजना प्रमुखले त्यसलाई ‘दुहुनो गाई’ बनाए। फरक एक प्रसङ्गमा सांसद यादवले शहीदलाई विभेद नगर्न सरकारको ध्यानाकर्षण गराए।

यस्तै नेकपा(एमाले)का सांसद रघुजी पन्तले सरकारको १०० दिनमा कुनै उपलब्धि हासिल हुन नसकेको आरोप लगाए। लामो समयसम्म मन्त्रिपरिषद् नै विस्तार हुन नसक्नु दुःखद रहेको बताए।
नेकपा(माओवादी केन्द्र)का सांसद सूर्यनाम दोङले विपक्षी दलले सरकारलाई अनावश्यक आक्षेप लगाएका टिप्पणी गरे। सोही दलका सांसद लेखनाथ दाहालले पूर्वाग्रह र ईष्र्या   मुक्त भएर मात्रै सरकारको मूल्याङ्कन गर्न आग्रह गरे। उनले यसबीचमा जनताको दैनिक समस्या समाधान भएको, रासायनिक मलको सुनिश्चितता भएको उल्लेख गर्दै सरकारले जनतालाई राहत दिने गरी उत्तरदायी पूर्ण तरिकाले अगाडि बढेको बताए।
‘सरकारका राम्रा कामको प्रशंसा गर्नुपर्छ । कमजोरी औँल्याउनुपर्छ । नराम्रा काम तथ्यको जगमा उभिएर मात्रै आलोचना गर्न सकिन्छ”, उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिषकुमार झाले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई अध्यात्मको केन्द्रका रूपमा चित्रण गरेको जानकारी दिँदै राज्यले त्यसलाई ध्यान दिन आग्रह गरे। उनले देशभित्र रहेका अध्यात्मको केन्द्रका रूपमा रहेका मठ, मन्दिरको महत्वको प्रचारप्रसार गर्दै स्थानीयवासीको आर्थिक उन्नयनका लागि काम गर्नुपर्ने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले वैदेशिक रोजगारीमा गएका नेपाली युवाको कमाइमा मुलुक चलिरहेको भए पनि उनीहरूको सुरक्षाका लागि केही पनि हुन नसकेकामा गुनासो गरे।
जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले पर्साको सिर्सिया नदी प्रदूषित भएका कारण स्थानीय जनजीवन प्रभावित भएको, पशु चौपायाको अकालमा मृत्यु भएको जानकारी दिँदै विशालु पानी उत्सर्जन गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरे।

उद्योगले उत्सर्जन गर्ने पानी निर्मलीकरण नगरी फाल्दा स्थानीयवासी पीडामा बस्नु परेकाले तत्काल समस्या समाधानका लागि आग्रह गरे। उनले समस्या समाधानका लागि सरकारी निकायले ध्यान नदिएको गुनासो गर्दै सो नदी संरक्षणमा ध्यान दिनुपर्ने बताए।

नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावकारी हुन नसकेको, फोहर विर्सजन हुने स्थानमा वैज्ञानिक व्यवस्थापन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले फोहर व्यवस्थापनका सन्दर्भमा अध्ययन गर्न संसदीय समिति गठन गर्न सभामुखलाई अनुरोध गरे।
बैठकमा सांसदहरू विनितकुमारी सिंह, रामप्रसाद चौधरी, सन्तोष चालिसे, जुलीकुमारी महतो, छिरिङ लामा तामाङ, विनिता कठायत, अमरबहादुर थापा, खिमलाल भट्टराईले समसामयिक राजनीतिक विषयका अलावा स्थानीय समस्याको समाधानका बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए। रासस
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस