पद भागबन्डाको विषयलाई लिएर भएको लामो समयको रस्साकस्सी पछि अन्ततः बागमती प्रदेशको ठूलो दल नेपाली कांग्रेस प्रदेश सरकारमा सहभागी भएको छ। आइतबार साँझ कांग्रेसका दुई प्रदेशसभा सदस्यले मन्त्रीको सपथ ग्रहण गरेका छन्।
कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामा (तामाङ) को नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो। मुख्यमन्त्री शालिकराम जमकट्टेलको नेतृत्वमा रहेको बागमती सरकारमा कांग्रेसबाट बहादुर सिं र तीर्थबहादुर लामा मन्त्री बनेका हुन्।
संसदीय दलका नेतामा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँलाई हराउँदै निर्वाचित लामाले प्रदेशको मुख्यमन्त्री दावी गर्दै आएका थिए। अन्तिममा उनी आफ्नै नेतृत्वमा प्रदेश सरकारमा सहभागी भएका हुन्। बहादुर सिंले आर्थिक मामिला तथा योजना मन्त्री र तीर्थले खानेपानी, उर्जा तथा सिचाईँ मन्त्रीको सपथ लिएका हुन्।
नेता बानियाँलाई रोक्न बहादुर आफैं सरकारमा सहभागी भएको चर्चा समेत रहेको छ। उनीहरूलाई बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम पद तथा गोपनीयताको सपथ गराएका हुन्। बहादुर नुवाकोटको क्षेत्र नम्बर १ को प्रदेश २ बाट निर्वाचित भएका हुन् भने तीर्थ काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट निर्वाचित भएका हुन्।
११ सदस्यीय मन्त्रिपरिषद्मा अझै ५ वटा मन्त्रालयको टुङ्गो लाग्न बाँकी रहेको छ। शालिकराम जम्कट्टेलले मुख्यमन्त्रीसहित कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका छन्। माअोवादीका गंगानारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कुमारी मोक्तानले सामाजिक विकास मन्त्रालय र युवराज दुलालले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्। यसअघि मन्त्रालय विस्तारको विषय टुङ्गो लाग्न नसक्दा मुख्यमन्त्री जम्कट्टेलले ७ वटा मन्त्रालय समेत आफैँले सम्हाल्दै आइरहेका थिए।
पुस २५ गते तत्कालीन नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेकपा एमाले, राप्रपा, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको समर्थनमा जम्कट्टेलले आफ्नो नेतृत्वमा सरकार निर्माण गरेका थिए। राष्ट्रपति निर्वाचनको सन्दर्भमा केन्द्रमा समीकरण बदलिएसँगै राप्रपा र एमाले सरकारबाट बाहिरिएका थिए। फागुन १३ मा राप्रपाका मन्त्रीले र चैत १० मा एमालेका मन्त्रीले राजीनामा दिएका थिए।