रोकिएका स्ववियु चुनाव वैशाख ४ भित्र गराउन पत्राचार
२३ चैत्र २०७९
•
४ मिनेट पाठ
रोकिएका स्ववियु चुनाव वैशाख ४ भित्र गराउन पत्राचार
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुन नसकेका १४ वटा आंगिक क्याम्पसलाई आगामी वैशाख ४ गतेभित्र सो निर्वाचन गराउन पत्रचार गरेको छ। ती क्याम्पसमा विद्यार्थी संगठनहरूबीचको विवाद र तालाबन्दीका कारण तोकिएको मितिमा निर्वाचन हुन नसकेको हो।




त्रिविले मातहतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि यही चैत ५ गते स्ववियुको निर्वाचन गराउने निर्णयसहित परिपत्र गरेको थियो। तर विद्यार्थी संगठनहरूबीचको विवादका कारण ६२ वटा आंगिक क्याम्पसमध्ये ४८ वटामा मात्र निर्वाचन सम्पन्न भएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक तथा स्ववियु केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले बताए। उनले सम्बन्धन प्राप्त ३ सयभन्दा बढी क्याम्पसमा पनि स्ववियुको निर्वाचन सम्पन्न भएको जानकारी दिए।  

निर्वाचन रोकिएका त्रिविका आंगिक क्याम्पसहरूमा आगामी वैशाख ४ गतेभित्र नभए एक वर्षसम्म हुन नसक्ने निर्वाचनसम्बन्धी निर्देशिकामा उल्लेख छ। ‘स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय निर्वाचन निर्देशिका, २०७९ मा चैत्त ५ गते निर्वाचन हुन नसकेका क्याम्पसमा ३० दिनभित्र गराउनुपर्ने व्यवस्था छ,’ सदस्यसचिव अधिकारीले भने, ‘यही प्रावधानमा टेकेर निर्वाचन हुन नसकेका क्याम्पसलाई आगामी वैशाख ४ भित्र गराउन त्रिविले पत्रचार गरेको छ। वैशाख ४ गतेभित्र निर्वाचन नभए एक वर्ष हँुदैन। त्यसैले क्याम्पस प्रमुखहरूले समयमै निर्वाचन सकाउनुपर्छ। त्रिवि सधैं यही निर्वाचनमा अल्झिएर बस्न सक्दैन।’  

सदस्यसचिव अधिकारीका अनुसार काठमाडौं उपत्यकाभित्रका ६ वटा आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको छैन। उपत्यकाभित्रका त्रिचन्द्र, अमृत साइन्स (अस्कल), नेपाल कमर्स, रत्नराज्य, पाटन संयुक्त र विश्वभाषा क्याम्पस तथा उपत्यकाबाहिर सिद्धनाथ क्याम्पस महेन्द्रनगर, डोटी क्याम्पस डोटी, पृथ्वीनारायण क्याम्पस पोखरा, नर्सिङ क्याम्पस पोखरा, पोखरा इन्जिनियरिङ क्याम्पस, वीरेन्द्र क्याम्पस चितवन, चितवनकै इन्जिनियरिङ क्याम्पस र ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जमा विद्यार्थी संगठनहरूबीचको विवाद र तालाबन्दीका कारण निर्वाचन हुन नसकेको त्रिविले जनाएको छ।  

‘विश्वविद्यालयमा १४ वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा नीति निर्माण तहमा विद्यार्थीको प्रतिनिधित्व हुन सकेको छैन। स्ववियु सभापतिमध्येबाट त्रिविसभामा प्रतिनिधित्व हुने व्यवस्था छ,’ सदस्यसचिव अधिकारीले भने, ‘यसैगरि आंगिक क्याम्पस सञ्चालक समितिमा पनि स्ववियुबाट प्रतिनिधित्व हुने व्यवस्था छ। शैक्षिक, प्रशासनिक नीति निर्माणमा विद्यार्थीको प्रतिनिधित्व गराउन पनि स्ववियु निर्वाचन हुनुपर्छ।’  

विश्वविद्यालयका प्राध्यापकले भने विश्वविद्यालयभित्र खडा भएका विभिन्न राजनीतिक दलसम्बद्ध विद्यार्थी संघसंगठन विद्यार्थीको हकहितभन्दा पनि आर्थिक आयआर्जन हुने गलत काममा लाग्ने विकृति बढ्दै गएकाले विश्वविद्यालय तथा क्याम्पसमा स्ववियुभन्दा विद्यार्थी काउन्सिलको व्यवस्था गर्नुपर्ने सुझाएका छन्।  

अमृत साइन्स क्याम्पसका प्रमुख लोकबहादुर बरालका अनुसार क्याम्पसभित्र राजनीतिका संघसगठनका नाममा विद्यार्थीले उदण्डता मच्याइरहेका छन्। ‘शिक्षक कुट्ने, विद्यार्थीबीच अस्वस्थ प्रतिस्पर्धा गर्ने तथा अनुशासनहीन काम मात्र विद्यार्थी संगठनका प्रतिनिधिले गरिरहेका छन्,’ प्रमुख बराल भन्छन्, ‘कलेजमा विद्यार्थीको हकहित, शैक्षिक तथा प्रशासनिक सुधारका कामभन्दा पनि विद्यार्थीहरू राजनीतिको मर्म बोकेर आपराधिक काममा लाग्न थालेका छन्। यसले स्ववियुलाई पनि अस्वस्थ बनाइरहेको छ।’ क्याम्पस र विश्वविद्यालयबाट शिक्षक र विद्यार्थीका राजनीतिक संगठन खारेज गरिनुपर्छ। विद्यार्थीको कल्याणका लागि विद्यार्थी काउन्सिलको अवधारणाअनुसार अगाडी बढेमात्र विश्वविद्यालयको समग्र शैक्षिक उन्नयन हुनसक्ने उनको तर्क छ।’ अस्कलमा शुक्रबार स्ववियु निर्वाचन गराउने तयारी भएको छ।  

त्रिवि प्राध्यापक संघका केन्द्रीय सदस्य गंगाराम डिसीले त्रिविमा राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी नियुक्ति गर्ने परिपाटीले समसया निम्ताएको औंल्याए। ‘वास्तवमा भन्न्ने हो भने क्याम्पस र विश्वविद्यालयमा शिक्षक कुट्ने विद्यार्थी संगठनको औचित्य छैन। विद्यार्थी हितभन्दा आर्थिक आयआर्जन र गलत क्रियाकलापमा लाग्ने स्ववियु पनि आवश्यक छैन,’ उनले भने, ‘राजनीतिक दलहरूले विद्यार्थी संगठनलाई विश्वविद्यालय र क्याम्पसमा छिराएर गल्ती गरेका छन्। विद्यार्थी संघसंगठन मात्र होइन, शिक्षक र कर्मचारीका संघसंगठन पनि खारेज गर्नुपर्छ।’ काठमाडौं विश्वविद्यालयमा विद्यार्थी परिषद्को व्यवस्था छ। त्रिविमा पनि त्यस्तै परिषद्को व्यवस्था हुनुपर्ने उनले बताए। उनले भने, ‘कक्षाकक्षाका विद्यार्थीले प्रतिनिधि चुनेर काउन्सिलको गठन गर्नुपर्छ। त्यो निष्पक्ष हुन्छ।’
अर्को समाचार
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
७ मिनेट अघि
•
१ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।




इनम सापकोटा प्रकरणमा सरकारले कृत्रिम प्रमाण सिर्जना गर्न खोजेको आरोप सार्वजनिक भएपछि सरकारको अनुसन्धान प्रणाली र राज्यशक्तिको दुरुपयोगमाथि गम्भीर प्रश्न उठेको भन्दै बस्नेतले यस्तो उक्त टिप्पणी गरेका छन्।

‘सत्ता स्थायी होइन तर राज्यले गरेको गैरकानुनी कामको जवाफदेहिता स्थायी हुन्छ। सरकारमा बस्नु भनेको संविधान र कानुनभन्दा माथि बस्नु होइन,’ उनले भने।

प्रहरी र प्रशासन सरकारका निजी संयन्त्र नभई संविधान र कानुनप्रति उत्तरदायी संस्था भएको उल्लेख गर्दै सरकार पनि कानुन र दवाफदेहिताको दायरमा बस्नुपर्ने उनको भनाइ छ।

बस्नेतले सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘नागरिकले गल्ती गरे कानुन लाग्ने, तर सरकारी निकायका जिम्मेवार व्यक्ति र संयन्त्रले नै कानुन मिचेको आरोप लाग्दा छानबिन नहुने ? राज्यशक्तिको प्रयोग गरेर कसैलाई फसाउन पाइँदैन। सरकारका गतिविधि कानुनभन्दा माथि र बाहिर हुँदैनन्।’

विवादास्पद कार्यशैली र एकपछि अर्को गरी सार्वजनिक भइरहेका प्रकरणले बालेन्द्र शाह नेतृत्वको सरकारको चरित्र उदाङ्गो बनाउँदै लगेको उनको टिप्पणी छ। सरकार सुशासनको नारा दिएर राज्य आतंकको बाटोमा हिड्न खोज्नु विडम्बनापूर्ण भएको उनको टिप्पणी छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस