लुम्बिनी प्रदेश : पहिलो पटक सत्ता–नेतृत्वको स्वाद चाख्दै कांग्रेस
१४ चैत्र २०७९
•
५ मिनेट पाठ
लुम्बिनी प्रदेश : पहिलो पटक सत्ता–नेतृत्वको स्वाद चाख्दै कांग्रेस
फाइल तस्वीर
२०७४ कोे प्रदेशसभा निर्वाचनमा ४१ सीट सहित प्रमुख दल बन्दै नेकपा एमाले लुम्बिनी प्रदेश (तत्कालीन ५ नम्बर प्रदेश) सभामा प्रवेश गर्दा २० सीट सहित माओवादी केन्द्र दोस्रो शक्तिका रुपमा संसद प्रवेश गर्यो। एमाले र माओवादी बिचको चुनावी ‘तालमेल’ले निम्त्याएको यी दुई दलको परिणामले कांग्रेसलाई प्रतिपक्षको बाटो तर्फ सोझ्याईदियो। १९ सीट सहित तेस्रो स्थानमा रहेको कांग्रेसका लागि ‘सत्ता–आसन’ असम्भव बन्यो।  




त्यसमाथि चुनावमा तालमेल मात्रै गरेका एमाले र माओवादीको एकीकरण पछि बनेको नेकपाको एकल ‘बहुमत’ का सामु कांग्रेसको ‘सत्ता–जोर’ चल्ने कुरै भएन। फलतः आफू ५ बर्ष सम्म प्रतिपक्षमै बस्नु पर्ने यथार्थतालाई कांग्रेसीहरुले राम्रो संगै बुझेका थिए।  

तर आन्तरिक बढ्दो कलहले सत्ताको नेतृत्वकर्ता दल नेकपा भित्रको खट्पटले कांग्रेसलाई ‘सत्ता स्वाद’ चाख्ने संकेत देखा पर्न थाल्यो। नभन्दै नेकपामा समाहित बनेका एमाले र माओवादी फेरी अलग बने। अनि सत्ता समिकरणको नयाँ खेल सुरु भयो। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर ‘गेम चेन्ज’ गरेको माओवादीको भूमिकाले प्रदेश तह सम्मका सत्ता नेतृत्व फेरबदल भए।  
केन्द्र तहमा भएको नयाँ सत्ता समिकरणले लुम्बिनी प्रदेशमा पनि कांग्रेसलाई सरकारमा समाहित हुने अवसर त मिल्यो, तर सत्ता नेतृत्वमा बस्न नपाउने गरि। सरकारमा समाहित भएपनि कांग्रेसले सत्ता नेतृत्वको ‘स्वाद’ भने चाख्न पाएन। तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलको बहिर्गमन पछि गठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादी बिचमा आधा÷आधा अवधि सरकारको नेतृत्व सम्हाल्ने सहमती भएको थियो।  

बाँकी बचेको दुई बर्षको अवधिमा आधा÷आधा सरकारको नेतृत्व गर्ने सहमती बमोजिम माओवादीका कुलप्रसाद केसीले सुरुवाती नेतृत्व लिए। आधा अवधि नेतृत्व कांग्रेसले लिने भन्ने सहमती भएपनि कांग्रेसले सत्ता नेतृत्व लिन पाएन। पुरै अवधि माओवादीले नै नेतृत्व गर्यो।  

यो बेला सत्ता नेतृत्वको फेरबदलमा गठबन्धनमा आवद्ध दलहरु लागेनन्। एमालेले सत्ता नेतृत्व पल्टाउन गरेको चलाखीदेखि कांग्रेस र माओवादी केन्द्र सचेत बने। फलतः नेतृत्व फेरबदलको कसरत उनीहरुले थालेनन्।  
यो बेला संसदको ठूलो दल नेकपा एमालेले संविधानको धारा १६८(३) अन्तर्गत ठूलो दलको हैसियतले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने चलाखी अपनाईरहेको थियो। फलतः उसले सरकारमा सहभागी साना दलहरुलाई मुख्यमन्त्री दाबी गर्न उक्साईरहेको थियो।  

‘साना दललाई एमालेले मुख्यमन्त्रीमा दाबी गर्न भनेर उक्साईरहेको थियो,सरकार नेतृत्व फेरबदल गर्न खोजिएको भए एमालेको स्वार्थ पुरा हुने जोखिम थियो,’ माओवादीका एक सांसदले भने ‘फलतः सरकारको नेतृत्व परिवर्तन नगरेरै जाने भन्ने सहमती कांग्रेस माओवादीका बिचमा भएको थियो ।

कांग्रेस र माओवादी लगाएत दलहरु बिच बनेको गठबन्धनका कारण कांग्रेसलाई सत्तामा जाने बाटो त खोलिदियो तर अघिल्लो सरकारको कार्यकालमा कांग्रेसले नेतृत्वको स्वाद भने चाख्न पाएन। गत स्थानीय तह संगै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सोही गठबन्धन कायम भयो र सहकार्य गरेरै गठबन्धनमा आवद्ध दलहरु चुनावी मैदानमा उत्रिए।  

निर्वाचन पश्चात ठूलो दलका रुपमा प्रस्तुत बनेको कांग्रेस संघ देखि प्रदेश तह सम्म सत्ता नेतृत्वको काबिल दलका रुपमा प्रस्तुत भयो। तर संघमा आफ्नो नेतृत्वमा मात्रै सरकार गठन गरिनु पर्ने भन्दै लिएको कांग्रेसको ढिपीको अडानका कारण लुम्बिनीमा सरकारको नेतृत्व गर्ने सपना पुनः ध्वस्त बन्यो। माओवादी र एमालेको सत्ता सहकार्य बनेपछि गत निर्वाचनमा सहकार्य गरेको दल कांग्रेसलाई प्रतिपपक्षको ‘कोटरी’ मा पुग्नु पर्यो। कांग्रेसको यो एकल हठले निम्त्याएको परिणामले कांग्रेसको बहुल सदस्यहरुलाई असन्तुष्ट बनायो।  
‘सरकारमा सहभागी हुने र चुनावका बेला गरिएका प्रतिवद्धता पुरा गर्ने जुन अवसर थियो, त्यो एक हिसावले सकिएको जस्तै भयो,’ कांग्रेस दाङका उपसभापति गिरीराज सुवेदी भन्छन् ‘मतदाताहरुमा ठूलो अविश्वास पैदा हुने खतरा थियो।’

तर राष्ट्रपतिको चुनावका बिषयमा एमाले माओवादी बिच सुरु भएको खट्पटले सत्ता सहकार्य कांग्रेस तिरै सोझियो। प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले दिएको बिश्वासको मतको ऋण दाहालले राष्ट्रपति निर्वाचनमा तिरिदिए र कांग्रेसलाई लुम्बिनी प्रदेशको सत्ता नेतृत्वको स्वाद चाख्ने अवसर समेत बनिदियो।  

एमालेका लीला गिरीलाई अल्पमतमा पार्न वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर माओवादी सहितका वर्तमान गठबन्धनमा समाहित दलहरुले कांग्रेसलाई सत्ता नेतृत्वको सम्भावित हकदारका रुपमा प्रस्तुत गरिसकेका छन्।  

आईतबार कांग्रेस प्रदेश संसदीय दलका नेता डिल्ली बहादुर चौधरीलाई मुख्यमन्त्री चयन गर्न संसदका बहुमत सांसदहरुको हस्ताक्षर बुझाई सकेका दलहरुको यो कदमले प्रदेशमा पहिलो पटक सत्ता नेतृत्वको स्वाद चाख्ने वातावरण निर्माण भएको छ। गठबन्धनमा आवद्ध दलहरु बिचको सम्बन्ध ‘तलमाथि’ नभए ढिलोचाँडो कांग्रेसका चौधरी मुख्यमन्त्री बन्ने पक्का पक्की नै छ।  

कांग्रेसले लिन थालेको सत्ता नेतृत्वको अवसरलाई कांग्रेसीहरुले मतदाताहरु प्रति बिश्वास कायम गर्ने अवसरका रुपमा लिएका छन्।  

‘कार्यकर्ताहरुमा रहेको निराशा तोडिएको छ र प्रदेश सरकारको नेतृत्वगर्ने सञ्चारले कार्यकर्ता पंक्तीमा नयाँ उर्जा देखिएको छ,’ उनले भने ‘यो उर्जा पार्टी संगठन निर्माणमा पनि उपयोग हुन्छ, यसले संगठनलाई चुस्त राख्न मद्धत पुग्छ नै।’  
कांग्रेस दाङका आमन्त्रीत जिल्ला सदस्य घोारही १७ का सन्तोष योगी गत निर्वाचनमा माओवादी लगाएत दलहरुको गठबन्धनको पक्षमा मत माग्न गाउँ केन्द्रीत बने। तर निर्वाचनको मत परिणाम पश्चात सरकार गठन निर्माणका क्रममा गठबन्धन तोडिदा सन्तोषलाई व्यक्तिगत असन्तुष्टि पैदा मात्रै भएन, अब मतदाताका सामु कसरी फेस गर्ने भन्ने चुनौती पैदा भयो।  

तर अहिले पुनः कांग्रेस सरकारमा जाने परिस्थती बन्यो,अझ प्रदेश सरकारको नेतृत्व नै कांग्रेसले गर्ने वातावरण बनेपछि मतदाता सामु कांग्रेस प्रतिको बिश्वास जोगिएको उनको बुझाई छ ।  

‘आम नागरिकमा कांग्रेस प्रति आड भरोस छ ,’उनले भने ‘तर सरकारमा सहभागी नहुँदै गर्दा यो भरोसा तोडिँदै जान सक्थ्यो, संघ सरकारमा सहभागी हुने संगै लुम्बिनी प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने निर्णयले मतदाता समक्ष बिश्वास जोगाएको छ भने कार्यकर्ताहरुमा उर्जाको सञ्चार भएको छ।’  
अर्को समाचार
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
५३ मिनेट अघि
•
१ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको चिसोपना बढेका बेला सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच बिहीबार पाँच घण्टा लामो छलफल भएको छ।




पाँच घन्टा के के विषयमा छलफल भयो भन्ने दुवैले खुलाएका छैनन्। तर सरकारको कामप्रति रास्वपा सभापति लामिछाने सन्तुष्ट छैनन्। प्रधानमन्त्री शाह पनि सरकारको कामलाई सहयोग गर्नुको साटो पार्टीबाटै अवरोध भएको बुझाइमा रहेको निकटहरूको दाबी छ।

सरकारका कामलाई प्रभावकारी बनाउन भन्दै मन्त्रिपरिषद्ले विभिन्न अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्यादेश तत्काल जारी नगरी रोकेका छन्। रास्वपा सभापति लामिछाने पनि अध्यादेशको विपक्षमा रहेको निकटहरूको दाबी छ।

यसअघि मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको भोलिपल्टै रास्वपा सभापति लामिछानेले केही निकटलाई प्रेस काउन्सिल अध्यादेश जारी नहुने आश्वासन दिएको स्रोतको दाबी छ।

लामिछानेले राष्ट्रपतिमार्फत अध्यादेश रोकिने धारणा निकटसँग राखेको सूचना पाएपछि प्रधानमन्त्री शाह असन्तुष्ट बनेको स्रोतको दाबी छ।

राष्ट्रपतिले अध्यादेश रोकेकै बेला लामिछाने र शाहबिच बिहीबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म छलफल भएको थियो। भेट लामिछाने निवासमा भएको हो। भेटका क्रममा मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेश, संघीय संसद्को बैठक, प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीको आन्तरिक राजनीतिलगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।

छलफल भएकै भोलिपल्ट शुक्रबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय शीतलनिवास एक्लाएक्लै पुगेका छन्।

भारतको दुईदिने राजकीय भ्रमणमा निस्कनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेटसमेत नगरेका प्रधानमन्त्री शाहले शुक्रबार शीतलनिवासमा करिब २० मिनेट बिताएका छन्। राष्ट्रपतिसँग प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउनुका साथै अध्यादेशका विषयमा चासो राखेको स्रोतले दाबी छ।

प्रधानमन्त्री शाहले सिफारिस अध्यादेशमा कुनै आपत्तिजनक विषय नभएको र संसदीय प्रक्रियाबाट जाँदा ढिलाइ हुने भएकाले अध्यादेशको बाटो रोजिएको स्पष्ट पारेका थिए। उनले संसद्प्रति आफ्नो पूर्ण सम्मान रहेको बताउँदै उनले चाँडै अध्यादेश जारी भएमा सहज हुने धारणा राखेका थिए।

प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएका छन्।

राष्ट्रपति पौडेलले प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३ फिर्ता पठाउने संकेत गरेका छन्। मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्ययनका क्रममा रहेको जनाउँदै राष्ट्रपति पौडेलले मौलिक हकसँग जोडिने विषयका कानुन संसदबाट नआई अध्यादेशबाट आउँदा त्यसले पार्ने असरप्रति चासो देखाएको स्रोतले बतायो। प्रधानमन्त्री शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई भेटेका थिए।

शीतलनिवासमा पनि पार्टी सभापति र प्रधानमन्त्री एकैदिन अलग–अलग पुग्नुले दुवै पक्षले राष्ट्रपतिसँग आआफ्नो कुरा राख्न खोजेको देखिन्छ। राष्ट्रपतिसँगको सम्बन्धमा शिष्टाचारको प्रश्न छ। विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने विगतको चलन प्रधानमन्त्रीले यस पटक तोडेका छन्।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस