पत्रकारमाथि सभामुखको आरोपप्रति संसद्मा आपत्ति
०६ चैत्र २०७९
•
२ मिनेट पाठ
पत्रकारमाथि सभामुखको आरोपप्रति संसद्मा आपत्ति
सभामुख देवराज घिमिरेले ‘पत्रकारहरू बिक्रीमा छन्’ भनी दिएको अभिव्यक्तिबारे संसद्मा आपत्ति जनाइएको छ। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखले पत्रकारमाथि आरोप लगाउँदै दिएको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि परेको आघातका बारेमा सोचिएको छ कि छैन भनी प्रश्न गरेका थिए। उनले भने, ‘सम्माननीय सभामुख पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ। व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातबारे सोचिएको छ कि छैन? त्यतातिर पनि ध्यान जाओस्।’




नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले पनि सभामुखको अभिव्यक्ति सार्वजनिक महत्वको विषय हुने भन्दै आपत्ति जनाए। यसका लागि छानबिन समिति नै बनाउन उनले सदनलाई आग्रह गरे। ‘पत्रकारहरूबारे अध्ययन गरेर भन्नुभएको भए छानबिन समिति बनाउनुपर्‍यो, कुनकुन हो पीत पत्रकारिता गर्ने?’

उनले भने, ‘सभामुखबाट उठेको यो विषय सार्वजनिक महत्वको हुन्छ।’ कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख घिमिरेले पत्रकारहरूका बारेमा गरेको टिप्पणीप्रति आफूहरूको विमति रहेको बताए। प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुखले पत्रकारहरूका विषयमा गरेको टिप्पणीको आलोचना गरे। उनले भने, ‘झापा २ बाट निर्वाचित हुनुभएका नेकपा एमालेका सांसदका रूपमा देवराज घिमिरेले के बोल्नुहुन्छ, त्यो उहाँको कुरा हुन्थ्यो। तर देशको सभामुखले चौथो अंगका सन्दर्भमा बोल्नुभन्दा अगाडि हजारपटक सोच्नुपर्छ।’

यही चैत ३ गते नेपाल पत्रकार महासंघका प्रतिनिधिहरू सभामुखलाई बधाई दिन गएका बेला औपचारिक भेटमा सभामुख घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको भनी सिंगो पत्रकारितामाथि गम्भीर आरोप लगाएका थिए। त्यस दिन उनले भनेका थिए, ‘पत्रकारहरूले जति जिम्मेवारीका साथ पत्रकारिता गर्नुपर्थ्याे, त्यो खालको छैन। पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो छ। जेजे कारणले भए पनि तिनीहरू प्रभावित छन्। अझ भन्ने हो भने बिक्रीमा छन् पत्रकारहरू।’

पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघका प्रतिनिधिहरूकै सामु सभामुख घिमिरेले त्यसो भनेका थिए। उनको यो गम्भीर आरोपलाई लिएर सरोकारवालाले आपत्ति जनाउँदै आएका छन्।
अर्को समाचार
संसदलाई समस्या समाधानको थलो बनाऔँः सभामुख घिमिरे
२५ वैशाख २०८१
•
१ मिनेट पाठ
संसदलाई समस्या समाधानको थलो बनाऔँः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संसद बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार भएको बताएका छन्।  




मंगलवार सिंहदरबारमा शिर्ष नेताहरुसँगको भेटपछि उनले यस्तो बताएका हुन्। उनले आजको छलफलले ८ गतेबाट सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार पारेको दाबी गरे।

उनले समस्याले सदनलाई अवरोध गर्दैन भन्ने आफ्नो बलियो विश्वास रहेको पनि बताए। उनले समस्याको समाधान कतिपय राजनीतिक दलहरुको बीचबाट हुने र कतिपय संसदबाट हुने बताए।संसदलाई अवरोधको भन्दा समस्या समाधानको थलो बनाउनुपर्ने उनको भनाइ छ। उनले सबै राजनीतिक दलहरु यसमा सचेत भएर अघि बढ्न जरुरी रहेको पनि बताए।  
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस