प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तारमा केन्द्रित हुने भएका छन्। गृह, अर्थसहित १६ वटा महत्वपूर्ण मन्त्रालय सम्हाल्दै आएका दाहालले सोमबार विश्वासको मत लिने कार्यक्रम छ। एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समर्थन फिर्तासहित सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। दाहालले आफूलाई विश्वासको मत दिने दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नेछन्।
नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेका छन्। कांग्रेसबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने यकिन भइनसके पनि उसले मन्त्री चयनका लागि मापदण्ड बनाएको छ।
प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार विश्वासको मत लिएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नेछन्। ‘प्रधानमन्त्रीले सोमबार संसद्बाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको कोर्स सुरु हुनेछ’,सल्लाहकार गजुरेलले भने।
प्रधानमन्त्री दाहालले चैत १० गतेभित्र मन्त्रिपरिषद् विस्तार गर्न सत्ता गठबन्धनमा रहेका दलहरूसँग छलफल सुरु गरिसकेका छन्। आइतबार लगानी बोर्डको बैठकपछि दाहालले सोमबार विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तारमा लाग्ने बताए। ‘विश्वासको मत ६ गते लिनेछौं, त्यसको एकाध दिनमै सरकारलाई पूर्णता दिइनेछ,’प्रधानमन्त्री दाहालले भने।
उपराष्ट्रपति निर्वाचन शुक्रबार सकिएलगत्तै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए। शनिबार सत्ता गठबन्धन दलको बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको थियो।
एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय मन्त्रीविहीन छन्। एमाले र राप्रपा समर्थन फिर्तासहित सरकारबाट बाहिरिएका हुन्। सरकारबाट बाहिरिए पनि रास्वपाले समर्थन फिर्ता लिएको छैन। रास्वपा फेरि सरकारमा जाने मनस्थितिमा छ। तर अध्यक्ष रवि लामिछानेले चितवन २ मा हुने उपनिर्वाचनको तयारीमा लागेका कारण सरकारमा नजाने बताउँदै आएका छन्।
अहिले प्रधानमन्त्री दाहालले वन तथा वातावरण, युवा तथा खेलकुद, गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला, अर्थ, कृषि तथा पशुपक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र रक्षा मन्त्रालय पनि लिएका छन्। कांग्रेसले कम्तीमा आठदेखि १० मन्त्रालय दाबी गरेको छ।
नेकपा एसले माओवादी केन्द्र, एमालेसहितको सत्ता गठबन्धन टुटाएर नयाँ बनाउन आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै गृहसहित तीन प्रभावशाली मन्त्रालयमा दाबी गरेको छ। गृह मन्त्रालयमा सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र र कांग्रेसको पनि रुचि प्रकट भएको छ। कांग्रेस र नेकपा एस उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुनेछन्। जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) लगायत दल पनि सरकारमा जान तयार भएका छन्। उनीहरूले पनि उपप्रधानमन्त्रीसहित सरकारमा सहभागिता खोजेका छन्। साना दलहरूले पनि उपप्रधानमन्त्री खोजेपछि प्रधानमन्त्री दाहाल दबाबमा परेका छन्। नेकपा एसले गृह मन्त्रालय दाबी गरेपछि अर्थ मन्त्रालय कांग्रेसको भागमा पर्ने निश्चित छ।
एमालेसहितको समर्थनमा गत पुस १० गते प्रधानमन्त्री भएका दाहालले अर्को दिन पहिलोपटक आठ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए। दाहालले त्यतिबेला एमाले, रास्वपा, राप्रपा, जनमत पार्टीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए। एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिए पनि जनमत पार्टी सरकारमै छ। राष्ट्रपति निर्वाचनलाई लिएर दाहालले फागुन १२ गते कांग्रेससहितको नयाँ गठबन्धन बनाएपछि एमाले, राप्रपा सरकारबाट बाहिरिएका हुन्। रास्वपा भने नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलासँगै रवि लामिछानेको सांसद, गृहमन्त्री र सभापति पद खारेज भएपछि सरकारबाट बाहिरिने अवस्था आएको हो। लामिछाने गृहमन्त्रीबाट हटेपछि रास्वपाले गृहमन्त्री आफूले नै पाउनुपर्ने दाबी गरेको थियो। गृह मन्त्रालय दिन प्रधानमन्त्री दाहाल तयार नभएपछि रास्वपा सरकारबाट हटेको थियो।
पुस १० गते एमालेलगायतका दलसँग गठबन्धन गरी प्रधानमन्त्री भएका दाहालले फागुन १२ गते एमालेसँगको गठबन्धन तोडेर कांग्रेससहितका दलको गठबन्धन बनाएका हुन्। फागुन १५ गते एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। दाहालको मन्त्रिपरिषद् अहिले ६ सदस्यीय छ। अहिले सत्ता गठबन्धनमा १० दल छन्। मन्त्रीविहीन मन्त्रालयका सचिव कामका लागि प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्री निवासमा धाउनुपर्ने बाध्यता छ। ‘तालुकदार मन्त्री नहुँदा कतिपय आवश्यक निर्णय गर्न नसकिएको र सेवा प्रवाहसमेत प्रभावित भएको छ’,प्रधानमन्त्री कार्यालयका एक सचिवले भने।