कालिकोटको शान्नीत्रिवेणी गाउँपालिकामा रहेको जनचेता बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन भइरहेको बेला विवाद सिर्जना भएको छ। निर्वाचन भइरहेको समयमा फर्जी मत खसालिएको भन्दै विवाद सिर्जना भएको हो।
जिल्ला प्रहरी कार्यालकाय लिकोटका अनुसार क्याम्पस प्रमुखले ५० जना फर्जी विद्यार्थीको भर्ना गरेको भन्दै नेकपा एमालेनिकट अनेरास्ववियुले विरोध जनाएका हुन्।
अनेरास्ववियुले निर्वाचनमा सहभागी नहुने भन्दै विरोध जनाएपछि विवाद भएको हो। अनेरास्ववियुले ती विद्यार्थीहरुको भर्ना खारेज गर्नुपर्ने माग गरेको छ। यस क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको गठबन्धन रहेको छ। लक्ष्मण बहादुर बम र अर्को एक जना घाइते भएका छन्।
गठबन्धनका विद्यार्थीहरुले ढुंगाले हान्दा घाइते भएको अनेरास्ववियुको दाबी रहेको छ। अनेरास्ववियुबाट अध्यक्ष पदको उम्मेदवार धर्मबहादुर शाही रहेका छन्।
अनेरास्ववियुका सबै उम्मेदवारहरु मतदान स्थलबाट बाहिरिएका अनेरास्ववियुका एक नेताले बताए। केही विद्यार्थीहरुले मतदान सामग्रीमा हातपात गरेपछि टियर ग्यास प्रहार गरेको कालिकोटका डिएसपी जयश्वर रिमालले जानकारी दिए।
‘विवाद उत्पन्न भएपछि प्रहरीले सामान्य बल गरेको हो। अहिले मतदान अन्तिम चरणमा पुगेको छ। कुनै समस्या छैन’, उनले भने।
अहिले जनचेता बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन विवाद पछि फेरि सुरुभएको छ। यस्तै कालिकोटकै तिला कर्णाली बहुमुखी क्याम्पसमा भने निर्वाचन सम्पन्न भएको छ।
तानसेन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेवा अझ प्रभावकारी बन्ने बताएका छन्।
तानसेन नगरपालिकाको आयोजना र एसिया फाउण्डेशनको सहयोगमा शनिबारदेखि तानसेनमा सुरु भएको अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रममा उहाँले स्थानीय तहबीच अनुभव आदानप्रदान र सिकाइको संस्कृति विकास गर्नुपर्नेमा जोड दिए।
विभिन्न पालिकाले आफ्नो क्षेत्रमा हासिल गरेका उपलब्धि र अपनाएका सफल कार्यशैली अन्य पालिकाले पनि अवलम्बन गर्न सके विकास र सुशासनमा सकारात्मक परिणाम हासिल हुने उनको भनाइ थियो।
मुख्यमन्त्री आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सहकार्य प्रभावकारी नभएसम्म नागरिकले अपेक्षा गरेअनुसार सेवा प्रवाह गर्न कठिन हुने बताए। स्थानीय सरकार सबलीकरण कार्यक्रमअन्तर्गत आयोजित अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रममा दमक, मिथिला, भीमेश्वर, वालिङ, गल्याङ, तानसेन, टीकापुर र भजनी नगरपालिकाका प्रतिनिधि सहभागी छन्।
भोलिसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न पालिकाका असल अभ्यास, अनुभव, उपलब्धि तथा स्थानीय सरकारबीचको सहकार्यका विषयमा छलफल भइरहेको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...