व्यवसायमैंत्री कानून निर्माणका लागि तयार छुः सभामुख घिमिरे
०४ चैत्र २०७९
•
३ मिनेट पाठ
व्यवसायमैंत्री कानून निर्माणका लागि तयार छुः सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवसायमैंत्री कानून निर्माणका लागि आफू सधैं तयार रहेको बताएका छन्।




उनले उद्योग व्यवसायमैंत्री कानून निर्माण गर्नका लागि राजनीतिक दलहरु र सांसदहरुसँग सहजीकरण गर्न पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे। शनिबार ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले मुलुक भित्रै उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्ने, नेपालमा हुने आयात प्रतिस्थापन गरी निर्यात बढाउनका लागि कानूनको अभाव हुन नदिन आफू सचेत रहेको उल्लेख गरे।

व्यापार गरी नाफा कमाउनु व्यवसायीहरुको धर्म भएपनि सामाजिक उत्तरदायित्व बहन गरी मुलुकको दीगो विकासमा अझै बढि योगदान पु¥याउन पनि उनले व्यवसायीहरुलाई आग्रह गरे।

सभामुख घिमिरेले भने, ‘मुलुकको आर्थिक क्षेत्रमा असजिलो परिरहेको परिस्थितिप्रति हामी जानकार छौं। हामीले आज त्यही कुराको पीडा पोखिरहेका छौं। आर्थिक क्षेत्रका योगदान दिईरहनु भएको तपाई उद्योगी, व्यवसायीहरुको अप्ठयारो र असजिलो अवस्थाले व्यापार र रोजागार प्रणालीलाई कसरी अगाडि लैजाने भन्ने कुराहरुमा म तपाईहरुको यी अप्ठ्याराहरुप्रति ऐक्यवद्धता व्यक्त गर्न चाहन्छु। यस बीचमा पनि उद्यमी र व्यापारीलाई अगाडि लैजानका लागि निजी क्षेत्रलाई कसरी अगाडि लैजानुपर्छ भन्ने यहाँहरुले सरकारमार्फत गरेका कोसिसहरुलाई अझै व्यवहारिक रुपबाट राज्यले खेल्नुपर्ने भूमिका के हो? त्यसका लागि यो जिम्मेवारी पूरा गर्नका लागि तपाईहरुले चिन्ता व्यक्त गर्नु भएको कुराप्रति म धन्यवाद भन्न चाहन्छु। उद्योग व्यवसायको प्रवद्र्धनका लागि नेपालका जनप्रतिनिधिहरुको संस्था संसद हो। त्यो संसदले यहाँ आएर ऐक्यवद्धता जनाउनु पर्दछ। तपाईहरुको समस्यालाई सुन्नु पर्छ भनेर म यहाँ आएको पनि तपाईहरुलाई भन्न चाहन्छु। मुलुक भित्र नै उत्पादनमा वृद्धि गर्ने, रोजगारी सृजना गर्ने, राष्ट्रिय आयमा वृद्धि गर्ने र नेपालमा हुने आयातलाई प्रतिस्थापन गरी निर्यातलाई वृद्धि गर्नका लागि तपाई उद्योगी, व्यवसायीहरुको योगदान महत्वपूर्ण छ। त्यसका लागि कानूनको अभाव रहेको भए वा व्यवसाय मैत्री कानूनहरु बनाउनु पर्दा तपाईहरुको सुझाव लिन निर्धक्क म सभामुखलाई भन्न सक्नु हुनेछ। त्यसका लागि म जहिले पनि तयार रहनेछु। सँगसँगै संस्थाहरुले कानून बनाउने निकाय खासगरीकन राजनीतिक पार्टीहरु र उहाँहरुमार्फत् चल्ने सांसदज्यूहरुलाई आफ्ना समस्याहरु समयमै राखेर समय भित्रै कानून बनाउने कुराहरुमा यहाँहरुको भूमिका रहनेछ। सभामुखको नाताले त्यसलाई सहजीकरण गर्न म सधैं तयारी रहेको कुरा पनि यहाँ राख्न चाहन्छु। व्यवसाय गर्न अनकूल वातावरण आवश्यक पर्छ। व्यापार गरी नाफा कमाउनु व्यवसायीको धर्म हो। तर, नाफासँगै संस्थाका सामाजिक उत्तरदायित्व बहन गर्न, सामाजिक वातावरण र दीगो विकासका लागि भूमिका तपाईहरुले खेलिरहनु भएको छ। त्यो भूमिकालाई अझ अगाडि लैजानुपर्ने कुरालाई फेरी म स्मरण गराउन चाहन्छु। अन्तमा नेपालको अर्थतन्त्रको ब्याजदरका कारणले समस्या परेका बारे हामी सबै जानकारी नै छौं। ब्याजदरले पूँजीको लागत बढाउने र समग्र अर्थतन्त्र नै खलबलिने भएकाले यो अर्थतन्त्रलाई गतिशील बताउनका लागि हामी सबैको प्रयत्नले हामीलाई ठिक बाटोमा ल्याउने छ। त्यो कुरामा सबैको ध्यान जाओस्।’

सभामुख घिमिरेले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा अघि बढाउनका लागि सम्बन्धित सबै पक्षले सामूहिक प्रयास गर्नुपर्ने आवश्यक्ता औंल्याए। उनले मुलुकको अर्थतन्त्रलाई खल्बल्याउने खालका कुनै पनि गतिविधि हुन नहुने जिकिर गरे।
अर्को समाचार
संसदलाई समस्या समाधानको थलो बनाऔँः सभामुख घिमिरे
२५ वैशाख २०८१
•
१ मिनेट पाठ
संसदलाई समस्या समाधानको थलो बनाऔँः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संसद बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार भएको बताएका छन्।  




मंगलवार सिंहदरबारमा शिर्ष नेताहरुसँगको भेटपछि उनले यस्तो बताएका हुन्। उनले आजको छलफलले ८ गतेबाट सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार पारेको दाबी गरे।

उनले समस्याले सदनलाई अवरोध गर्दैन भन्ने आफ्नो बलियो विश्वास रहेको पनि बताए। उनले समस्याको समाधान कतिपय राजनीतिक दलहरुको बीचबाट हुने र कतिपय संसदबाट हुने बताए।संसदलाई अवरोधको भन्दा समस्या समाधानको थलो बनाउनुपर्ने उनको भनाइ छ। उनले सबै राजनीतिक दलहरु यसमा सचेत भएर अघि बढ्न जरुरी रहेको पनि बताए।  
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस