माओवादी धार बोकेमा काँग्रेसले साथ नदिने काँग्रेस नेता रिजालको प्रधानमन्त्री दाहाललाई चेतावनी
२६ फागुन २०७९
•
५ मिनेट पाठ
माओवादी धार बोकेमा काँग्रेसले साथ नदिने काँग्रेस नेता रिजालको प्रधानमन्त्री दाहाललाई चेतावनी
नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्न नहुने बताएका छन्। साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पुष्ठभुमिका नेताहरुलाई मिलाएर सोही अनुरुपको राजनीतिक धार बोकेमा काँग्रेसले साथ दिन नसक्ने चेतावनी दिएका छन्।




नेता रिजालले नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानभन्दा बाहिर गएर गठबन्धन राजनीतिको साक्षिको रुपमा काम नगर्ने स्पष्ट पारेका हुन। गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा पौडेलले काम नगर्ने स्पष्ट पारे।  

‘हामी सबैले बुझ्नुपर्ने कुरा के हो भन्दा रामचन्द्र पौडेलले संविधानभन्दा बाहिर गएर यो गठबन्धनको राजनीतिको साक्षिको रुपमा, यो गठबन्धनको सहमतीलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नुहुन्न’, उनले शुक्रबार सञ्चारकर्मीहरु कुरा गर्दै भने, ‘६० वर्षभन्दा लामो राजनीति गरेको व्यक्तिले संविधानभन्दा बाहिर गएर जीवनको यो समयमा गर्नुहुन्छ भन्ने मलाई लाग्दैन। त्यसो उहाँले गर्नुहुने छैन।’

नेता रिजालले गठबन्धनमा भएका शर्तहरुको जिम्मा राष्ट्रपतिले लिएर सोही अनुसार भुमिका गर्नुपर्छ भन्ने नसोच्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव पनि दिए।

गठबन्धनका बीचमा भएका शर्तहरु कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रपतिको नभएको उनको जिकिर थियो। नेता रिजालले गठबन्धनका बिचमा भएका सहमति कार्यान्वयन पार्टीले गर्ने र त्यसका लागि नेपाली काँग्रेस इमान्दार हुने पनि बताए।  

‘प्रधानमन्त्रीजीलाई मेरो सुझाव छ, प्रधानमन्त्रीले उहाँलाई अब यो गठबन्धनका बीचमा भएका शर्तहरुलाई जिम्मा लिएर उहाँले राष्ट्रपतिको भुमिका गर्नुपर्छ भन्ने सोच्नुभयो भने त्यो भुमिका उहाँले गर्ने होइन । त्यो भुमिका पार्टीले गर्छ । पार्टीको सभापतिले गर्नुहुन्छ । नेपाली काँग्रेस पार्टीले गर्छ । त्यो भुमिकामा नेपाली काँग्रेस इमान्दार भएर बस्नुपर्छ भन्ने लाग्छ मलाई । त्यो भुमिकामा काँग्रेस इमान्दार हुन्छ’, उनले भने।  

रिजालले थपे, ‘हतार हतारमा पुरानो गठबन्धन छाडेर प्रधानमन्त्री बन्नका लागि नयाँ गठबन्धन प्रचण्डजीले बनाउँदाखेरी अब त्यो गठबन्धनको मुल कार्यभार बोक्ने व्यक्ति मात्रै राष्ट्रपति हुनुपर्छ भन्ने भाव रह्यो। त्यस्तो राष्ट्रपति बन्यो भने प्रधानमन्त्रीले संविधानले दिएको भुमिका गर्न सक्दैन भन्ने प्रचण्डजीको मनमा संशय पनि, त्रास पनि पैदा भयो। त्यो संशय र त्रासबाट उहाँले अर्को राजनीतिक गठबन्धन खोजि गर्नुभयो।’  

नेता रिजालका अनुसार प्रचण्डले पुरानो गठबन्धन बाट फिर्ता हुने कोशिस गरे । काँग्रेसलाई पनि त्यत्रो क्षतिबाट निस्किन, उम्किनलाई, न्युनिकरण गर्नका लागि नयाँ बाटोको खोजि गर्नुपर्ने हुन्थ्यो । दुईवटै स्वार्थ मिल्यो । काँग्रेसको पनि प्रचण्डसँग स्वार्थ मिल्यो । त्यसअर्थमा प्रचण्डलाई काँग्रेसले समर्थन ग¥यौँ । प्रचण्डको समर्थनबाट रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भए।  

उनले राष्ट्रपति पौडेल गठबन्धनको परिधि भित्र नबस्ने बताए। पौडेल आफ्नो पूर्व पार्टी नेपाली काँग्रेसको परिधिभित्र पनि नबस्ने स्पष्ट पारे। संविधानको परिधिभित्र बस्ने र संविधानको भावनाभन्दा बाहिर गएर कुनै भुमिका नखेल्ने उनले विश्वास व्यक्त गरे।  

उनले भने,‘सुयोग्य व्यक्ति राष्ट्रपतिका लागि निर्वाचित हुनुभएको छ । यो संविधानलाई पूर्ण रुपमा आत्मसात गरेको मान्छे । यो संविधानभन्दा बाहिर रत्ति पनि विचार नराख्ने मान्छे समकालिन राजनीतिमा अरु कोही देखेको छैन । रामचन्द्र पौडेलजति संविधानकाप्रति प्रतिवद्ध कुनैपनि पार्टीमा अर्को नेता देखेको छैन । रामचन्द्र पौडेलले संविधानको भावनाभन्दा बाहिर गएर राष्ट्रपतिको भुमिका गर्नुहोला भन्ने मलाई लाग्दैन । संविधानले परिकल्पना गरेको राष्ट्रपतिको भुमिका भन्दा बाहिर जानुहुन्न भन्ने विश्वास गर्ने बलियो आधार छ । उहाँको पुरानो पार्टी नेपाली काँग्रेसको परिधिभित्र पनि उहाँ बस्नुहुन्न । अहिलेको गठबन्धनको परिधिभित्र पनि बस्नुहुन्न । उहाँले बस्ने परिधि भनेको नेपालको संविधानले देखाएको परिधि मात्रै हो ।’

नेता रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पुष्ठभुमिका नेताहरुलाई मिलाएर सोही अनुरुपको राजनीतिक धार बोकेमा काँग्रेसले साथ दिन नसक्ने चेतावनी दिएका छन्। उनले माओवादी केन्द्रका नेताहरुलाई जोखिम पार्न नहुनेमा विगतका सात राजनीतिक दल र तत्कालिन माओवादी पार्टीको प्रतिवद्धता रहेको बताए।  

माओवादी केन्द्र वैचारिक रुपमा अन्य माओवादी घटकहरुसँग एक भएको खण्डमा नेपाली काँग्रेस पनि संसदीय फाँटका राजनीतिक दलहरुसँग एकै ठाउँमा उभिने उनले बताए। नेता रिजालले प्रधानमन्त्री दाहालले काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोईरालासँग गरेको हस्ताक्षर र वर्तमान सभापति शेरबहादुर देउवासँग गरेको सहमति अनुरुप हिँडेमा काँग्रेसबाट धोका नहुने स्पष्ट पारे।

उनले भने, ‘प्रचण्डजीले जुन बाटो, जुन मुलधार गिरिजाप्रसाद कोईरालासँग, सात राजनीतिक दलसँग निर्माण गर्नुभएको हो, यो संविधानले बोकेको बाटो हो । त्यो बाटोमा रहनुभयो भने काँग्रेसबाट धोका हुन्न । त्यो बाटोमा रहनुभएन, र अहिले पनि शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि हिजोका माओवादी पृष्ठभुमिका नेताहरु एक ठाउँमा उभिएर, हिजोको माओवादी राजनीतिलाई बोक्नुपर्छ भन्ने बाटोमा जानुभयो भने प्रधानमन्त्रीको त्यो राजनीति दूरदर्शी ठहर्ने छैन। त्यो जोखिममा उहाँहरुलाई पार्नुहुँदैन । यो शान्ति प्रक्रियाको समझदारी हो । हिजोका सात दल र माओवादी सबैका प्रतिवद्धता छ।’  

नेता रिजालले प्रधानमन्त्री दाहालले माओवादी राजनीतिक पृष्ठभुमिका सबै मिलेर एउटा नयाँ राजनीति शुरु गर्नुपर्छ र त्यही राजनीतिलाई अहिलेको सरकारले बोक्नुपर्छ भने भने काँग्रेस संसदीय फाँटका राजनीतिक दलहरुसँग एकै ठाउँमा सँगै उभिने बाध्यतामा जान सक्ने तर्फ औल्याए।

‘त्यस्तो बाध्यतामा पु¥याइदिनुभयो भने उहाँलाई त्यसबेला राष्ट्रपति पनि पराइजस्तो लाग्न थाल्छ । त्यसकारण म भन्छु राष्ट्रपतिको कारणले, नेपाली काँग्रेसका कारणले होइनकि प्रधानमन्त्रीजीले नै अहिलेको आफ्नो राजनीतिलाई बालुवाटारको चकाचकबाट होइनकि उहाँले सहमति गरेको राजनीतिबाट, उहाँले निर्माण गरेको मुलधारको राजनीतिबाट, गिरिजाप्रसाद कोईराला सँगसँगै हस्ताक्षर गरेको राजनीतिबाट, अहिले काँग्रेसको सभापतिसँग बनाएको राजनीतिक धारबाट हिँड्नुभयो भने उहाँलाई धोका हुँदैन । मुलुकलाई पनि धोका हुन्न । अस्थिरता पनि हुन्न मुलुकमा । अनि साँचो अर्थमा समृद्धिको यात्रा शुरु हुनसक्छ’, उनले भने।  

नेता रिजालले प्रधानमन्त्री दाहालले ०५२ सालमा शुरु भएको सशस्त्र बिद्रोहलाई जनयुद्ध दिवसको रुपमा बिदा दिएर विस्तृत शान्ति सम्झौता, १२ बुँदे समझदारी र संविधानको भावनाभन्दा बाहिर गएको पनि बताए। दाहाल यसप्रकारको बाटोमा जान थाले उहाँलाई नेपाली काँग्रेसले बोक्न नसक्ने चेतावनी पनि दिए।  
अर्को समाचार
सिन्धुलीमा पुरानै उम्मेदवार, पुरानै प्रतिस्पर्धा
२२ कार्तिक २०७९
•
४ मिनेट पाठ
सिन्धुलीमा पुरानै उम्मेदवार, पुरानै प्रतिस्पर्धा
सिन्धुली–१ मा यसपटक प्रमुख दुई राजनीतिक दलको प्रतिस्पर्धा निकै रोचक बनेको छ। यस क्षेत्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले पुरानै उम्मेदवारलाई दोहर्‍याएका छन्। नेपाली कांग्रेसका श्याम घिमिरेले र नेकपा (एमाले)का प्रदीप कुमार कटुवाल क्षेत्री (केसी)ले २०७४ मा झैं यसपटक पनि प्रतिस्पर्धा गर्दैछन्। त्यतिबेला यी दुई नेताले सिन्धुली १(ख)मा प्रदेश सभाको निर्वाचनका लागि प्रतिस्पर्धा गरेका थिए। यसपटक प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गर्दैछन्। त्यतिबेला कटुवालले १६ हजार ६ सय १२ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका घिमिरेले भने ११ हजार ९सय ५५ मत प्राप्त गरेका थिए। यिनै प्रतिद्वन्द्वी अब एक तह बढेर प्रतिनिधिसभाकालागि प्रतिस्पर्र्धा गर्दैछन्। २०७४ मा कटुवालाई माओवादीले साथ दिएको थियो। यसपटक माओवादीले घिमिरेलाई साथ दिएको छ। त्यसैले यो पटक कटुवालको लागि घिमिरे सहज प्रतिस्पर्धी होइनन। त्यसमा पनि कटुवाल परीक्षण भएका उम्मेदवार हुन भने घिमिरे नयाँ अनुहार हुन। कटुवाल पोहर साल ४९ दिन प्रदेश स्वास्थ्यमन्त्रीसमेत भएका थिए।  




यी दुबै नेताले यसपटक आफू विजयी हुने दावी गरेका छन। ‘मैले गरेको काम नै चुनाव जित्ने आधार हो। जिल्लामा बाटो,सडक विजुली पु¥याएका छौ’कटुवालले भने, ‘२०७४मा ७ हजारको फरकले जिते। यसपटक १० हजारको फरकले जित्छु।’ कांग्रेस र माओवादीको गठबन्धनले आफूलाई केही फरक नपर्ने उनको भनाइ छ। ‘उनीहरूको पार्टीसँग गठबन्धन छ। मेरो जनतासँग गठबन्धन छ,’ कटुवालले भने।  

यता घिमिरे पनि चुनाव जित्नेमा ढुक्क छन्। ‘२०७४मा चुनाव जितेका अनुहारले सिन्धुलीमा केही काम गरेनन। जनता सन्तुष्ट छैनन। यसपटक जनताले नयाँ अनुहारलाई परीक्षण गर्न खोजेका छन्,’ घिमिरेले भने, ‘यो पटक सिन्धुली–१ मा २०७४ को इतिहास उल्टिन्छ। यो पक्का हो।’ यहाँ कांग्रेस र माओवादीका बागी छैनन्। गठबन्धनमा आबद्ध दलहरू एक ढिक्का भएर सहयोग गरेकोले पनि आफू विजयी हुने आधार खडा भएको घिमिरेको भनाइ छ। ‘हामी एक ढिक्का भएका छौ। एक ढिक्का भएर प्रचार गरिरहेका छौ। अहिले हाम्रो पक्षमा माहोल बढेको छ,’ घिमिरेले भने।  

सिन्धुली–१ मा कांग्रेस र एमालेबाहेक अरू उम्मेदवारी त्यति चर्चामा छैनन्। जनता समाजवादी पार्टीबाट सोमनाथ घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शालिगराम माझी, नेपाल मजदुर किसान पार्टीबाट चित्रलाल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मेनुका ठकुरीले यस क्षेत्रमा उम्मेदवारी दिएकी छन्। डम्मर विक, कृष्णहरि पौडेल, रामहरि बुढाथोकीले स्वतन्त्र उममेदवारी दिएका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यहाँ एमालेका गणेश पहाडी विजयी भएका थिए। उनले ३२ हजार ५ सय २९ भोट ल्याएका थिए। प्रतिस्पर्धी कांग्रेसका प्रेमचन्द्र दाहालले २२ हजार ३ सय ८९ भोट ल्याएका थिए।  

गत स्थानीय तहमा वडा अध्यक्ष पदमा पार्टीहरूले ल्याएको भोटलाई आधार मान्ने हो भने सिन्धली–१ मा गठबन्धन अगाडि छ। स्थानीय तहको निर्वाचनमा सिन्धुली १ नेपाली कांग्रेसको भोट २९ हजार ८९ छ। यसैगरी एमालेको २८ हजार ६ सय २०, माओवादीको १३ हजार ३सय ६९, राप्रपा ३ सय ३२ तथा नेकपा (एस) को १ सय ८७ भोट छ।  

प्रदेशसभाको हकमा सिन्धुली १ (क)मा एमालेबाट सुवास देवकोटा, माओवादीबाट मात्रिका प्रसाद भट्टराई तथा राप्रपाबाट रामनारायण अधिकारीले उम्मेदवारी दिएका छन्। यसैगरी सिन्धुली १ (ख)बाट एमालेबाट कुमार कार्की तथा नेपाली कांग्रेसबाट रामकुमार पहाडीले उम्मेदवार दिएका छन्।

सिन्धुली २ः माओवादीभित्रै असन्तुष्टि

सिन्धुली २मा एमालेबाट मनोजजंग थापा र माओवादीका लेखनाथ दाहालले उम्मेदवारी दिएका छन्। २०७४को निर्वाचनमा माओवादीबाट सिन्धुली २मा निर्वाचित भएका हरिबोल गजुरेलले यसपटक टिकट पाएनन्। त्यसैले उनले सार्वजनिक रूपमै असन्तुष्टि पोखेका छन्। आफ्नो असहमति पार्टीमै दर्ज गराएको गजुरेलले बताए। ‘यसपटक मैले टिकट पाइन। यसमा मेरो असन्तुष्टि छ। मेरो अहसमतिसहित तत्काल पदाधिकारी बैठक बोलाउन लिखित रूपमै माग गरेको छु।’ गजुरेलले भने, ‘यो विषयमा छलफल नभएसम्म मैले केही बोलेको छैन।’ पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग गर्नु हुन्छ कि हुन्न भनी सोधिएको जिज्ञासामा उनले भने, ‘अहिले मैले केही बोलेको छैन। पार्टीभित्र छलफल भएपछि मात्र बोल्छु।’ गजुरेलले गठबन्धनको उम्मेदवारको पक्षमा भोट माग्ने गरेका छैनन्।  

माओवादीभित्र असन्तुष्ट भए पनि सिन्धुली–२ मा प्रतिस्पर्र्धा थापा र दाहालबीचमै हुने छ। सिन्धुली–२ मा राप्रपाबाट भिष्मराज श्रेष्ठ, नेमकिपाबाट रामेश्वर कोजु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अनोजकुमार दाहालले उम्मेदवारी दिएका छन्। यसैगरी भुपेन्द्र विकसहित सिन्धुली–२ मा ८ जनाले उम्मेदवारी दिएका छन्। गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा पार्टीहरूले ल्याएको भोटलाई आधाार मान्ने हो भने यहाँ गठबन्धन अगाडि छ। गत स्थानीय तहमा यहाँ एमालेको भोट २१ हजार ४ सय ५५ छ। यसैगरी माओवादीको १९ हजार ४ सय ८८, कांग्रेसको १९ हजार १ सय २८, जसपाको ४ सय १६, राप्रपाको ३ सय तथा नेकपा (एस)७ सय ३५ भोट छ।  

२०७४ को प्रतिनिधिसभाको निर्वाचनमा गजुरेलले ३० हजार १ सय ७९ भोट ल्याई विजयी भएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका नरेन्द्रजंग थापा थिए। थापाले १८ हजार १ सय २७ भोट ल्याएका थिए।  प्रदेशसभाको हकमा सिन्धुली २ (क)मा एमालेबाट विनोद खड्का र नेपाली कांग्रेसबाट छत्रबहादुर बमजमले उम्मेदवारी दिएका छन्। यसैगरी सिन्धुली २ (ख)मा एमालेबाट रामकुमार पौडेल र माओवादीबाट गंगानारायण श्रेष्ठले उम्मेदवारी दिएका छन्।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस