मुख्यमन्त्री शाहलाई विश्वासको मत
२२ फागुन २०७९
•
२ मिनेट पाठ
मुख्यमन्त्री शाहलाई विश्वासको मत
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। ५३ सदस्यीय प्रदेशसभाका ४१ सांसदले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएका हुन्। मुख्यमन्त्री शाहले प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव राखेका थिए। प्रस्तावको विपक्षमा ११ मत खस्यो। प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता शाह गत माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।




प्रस्तावको पक्षमा कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा एकीकृत समाजवादीका चार र स्वतन्त्र एक गरी ४१ सांसदको मत परेको हो। नेकपा एमालेका १० र राप्रपाका एक गरी ११ सांसदले प्रस्तावको विपक्षमा मत दिएका हुन्। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रदेशसभाको दुई तिहाइ बहुमतबाट विश्वासको मत पाएपछि मुख्यमन्त्री शाहले पत्रकारसँग कुरा गर्दै केन्द्रमा सत्ता साझेदार दलका शीर्ष नेताबीचको सहमतिअनुसार सरकार विस्तार गर्ने बताए। राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनपछि प्रदेश सरकार विस्तार हुने जानकारी उनले दिए।  

प्रदेशसभमा विश्वासको मतका लागि प्रस्ताव राख्दा मुख्यमन्त्री शाहले जनजीविका, सुशासन र विकाससँग सम्बन्धित ११ बुँदे अवधारणामा आधारित भएर आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले संघीयता र प्रदेश संरचनालाई बलियो बनाउने प्रण पनि गरे। प्रदेशसभा बैठकमा एमालेका सांसद चक्र मल्लले यसअघिका मुख्यमन्त्री राजेन्द सिंह रावलले विश्वासको मत लिदाँ मतदान नगराइनु संविधान र प्रदेशसभा नियमावलीविपरीत भएको भन्दै आपत्ति जनाए।  

तत्कालीन मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्तुत गरेको प्रस्ताव प्रदेशसभामा छलफलका लागि सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ प्रस्तुत गर्दा ध्वनि मतले अस्वीकृत भएको थियो। अहिलेका मुख्यमन्त्री शाहले आइतबार प्रस्तुत गरेको विश्वासको मत प्राप्त गर्ने प्रस्तावलाई भने छलफलका लागि प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरिएन्। प्रस्तावमाथि सिधै छलफल गराएर मतदान गराइएको थियो।
अर्को समाचार
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
३० साउन २०८१
•
१ मिनेट पाठ
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्। ३६ जना प्रदेशसभा सदस्यले शाहलाई विश्वासको मत दिएका हुन। शाहले पाएको यो मत संख्या दुई तिहाइ बहुमत हो।




५३ सदस्यीय प्रदेश सभामा ४५ मत खसेकोमा विश्वासको पक्षमा ३६, विपक्षमा ८ र १ मत तटस्थ खसेको सभामुख भिमबहादुर भण्डारीले बताए।

प्रदेश सभाको बुधबार बसेको बैठकमा शाहले विश्वासको मत प्राप्त होस भनी प्रस्तुत गरेको प्रस्तावको पक्षमा नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका सांसदले मत दिएका थिए।

शाहले विश्वासको मत प्राप्त होस भनेर बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए। उनले सुदूरपश्चिममा गरिबी र बेरोजगारी समस्या गम्भीर रहेको उल्लेख गर्दै जनताको अपेक्षा र चाहाना बमोजिम अहिलेसम्म प्रदेश सरकारले काम गर्न नसकेको बताए।

जनताको चाहाना बमोजिम जनतालाई प्रदेश सरकारको उपस्थिति महसुस गराउने गरि काम गर्ने उनले प्रतिबद्धता जनाए।

गत साउन २० गते प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेपाल कांग्रेस संसदिय दलका नेता शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

५३ प्रदेश सभा सदस्यीय सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, सभामुखसहित माओवादी केन्द्रका ११, एमालेका ११, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन्।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस