प्रदेश १ को नाम कोसी प्रदेश राखिएको छ। प्रदेशको नाम कोसी राख्ने प्रस्ताव बुधबार प्रदेशसभाले दुई तिहाइले पारित गरेको हो। यो प्रदेशको नाम कोसी राख्न गरिएको प्रस्तावको पक्षमा ८२ र विपक्षमा ४ मत परेको छ। यो संख्या दुई तिहाइभन्दा बढी हो। यो प्रदेशसभा ९३ सदस्यीय छ।
प्रदेशसभा बैठकमा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २६, माओवादी केन्द्रका ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद कोसी प्रदेश राख्नुपर्ने प्रस्तावको पक्षमा उभिएका थिए। प्रदेशसभाको बैठकमा प्रदेशको नाम कोसी राख्न एमालेका सांसद राम रानामगरले प्रस्ताव गरेका थिए। प्रस्तावको समर्थन प्रदेशसभा सदस्य निरन राई र विदुर लिङ्थेपले गरेका थिए।
प्रदेशसभा बैठकले नेकपा एकीकृत समाजवादी प्रदेशसभा १ संसदीय दलका नेता राजेन्द्र राईले टेबुल गरेको संशोधन प्रस्ताव अस्वीकृत गरेको थियो। उनले प्रदेश १ को नाम किराँत लिम्बुवान सगरमाथा राख्नुपर्ने प्रस्ताव प्रदेशसभामा टेबुल गरेका थिए। यो प्रस्तावको पक्षमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मात्र देखिए।
यसअघि प्रदेश १ को नामकरणको विषयमा भएको छलफलमा नेपाली कांग्रेसका सांसद विनोद राईले पहिचानका आधारमा नाम राख्नुपर्ने धारणा राखेका थिए। उनले कोसीसँगै किरात पनि जोडिनुपर्ने बताएका थिए। अर्का सांसद शमशेर राईले पनि पहिचानलाई समेटेर नामकरण गर्नुपर्ने बताएका थिए। कोसी नाम राख्दा किरात सभ्यता मासिन्न भन्ने एमाले सांसदको भनाइको जवाफ दिँदै राईले किरात राख्दा चाहिँ कोसी नदी सुक्छ त भनेका थिए।
यसअघि ६ वटा प्रदेशको नामाकरण भइसकेको छ। तर प्रदेशसभाको पहिलो कार्यकालमा दलहरूबीच सहमति हुन नसक्दा प्रदेश १ को नामकरण हुन सकेको थिएन।