जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई बागमती प्रदेश सरकारले राहत स्वरूप जनही एक/एक लाख रुपैयाँ दिने निर्णय गरेको छ।
हात्तीको आक्रमणबाट फागुन ८ गते मकवानपुरको मनहरी गाउँपालिका–४ का राधा अधिकारी, १२ गते मकवानपुरकै बकैया गाउँपालिका–५ का सन्तलाल माझी र १३ गते सिन्धुलीको कमलामाई नगरपालिका–१३ का दण्डपाणी पौडेलको मृत्यु भएको थियो।
मंगलबारको मन्त्रिपरिषद् बैठकले मकवानपुरका दुई र सिन्धुलीका एक जनाको परिवारलाई राहत स्वरूप तत्काल एक/एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत स्वरूप तत्काल रकम उपलब्ध गराउने निर्णय गरेको हो। हात्तीको आक्रमणबाट भएको भौतिक क्षतिको विवरण संकलन गरेर आवश्यक सम्बोधन गर्ने निर्णय समेत गरेको छ।
मन्त्रिपरिषद्को बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशक विमल पोखरेलले दिएको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया (जेएन) ले जानकारी दिए। बैठकले कृषि मन्त्रालय मार्फत स्थानीय तहमा कार्यान्वयन हुने गरी विभिन्न शीर्षकमा ३ करोड रुपैयाँ बजेट पठाउने निर्णय पनि गरेको छ।