कार्यकाल सकिन केही हप्ता बाँकी हुँदै गर्दा राष्ट्रपति विद्यादेवी भण्डारी जनताबाट आलोचित हुनु परेको छ।
शुक्रबार संसदको दुवै सदनलाई सम्बोधन गर्न महाराजगंजस्थित राष्ट्रपति कार्यालयबाट नयाबानेश्वरस्थित प्रतिनिधिसभा भवन पुगेर फर्किदा काठमाडौमा भएको ट्राफिक जामका कारण उनको आलोचना भएको हो।
जनताका भावना र चाहना नबुझेको भन्दै शुक्रबारदेखि नै सामाजिक सञ्जाल र आमसञ्चार माध्यममा उनको आलोचना भइरहेको छ। आफ्नो कार्यकाल सकिँदै गर्दा सबैलाई जनताको नजरमा राम्रो हुन मन लाग्छ तर उनी भने दोस्रो कार्यकालको अन्तिम समयमा पनि तीनै जनताबाट आलोचित हुनु परेको छ।
नया बानेश्वरको संसदभवन आउने र जाने क्रममा काठमाडौँ उपत्यकाको सवारी साधन प्रभावित भएको थियो भने वीर अस्पताल अगाडि प्रहरी र चिकित्सकहरूबीच झडप भएको थियो। यस झडपले गर्दा अस्तव्यस्त सडकमा आम नागरिकले झनै सास्ती व्यहोर्नु परेको थियो।
राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक सर्जन डा. जनीथ सिंहलाई सुरक्षाकर्मीले सवारीको बेला किन हिँडेको भनेर लाठी चार्ज गरेका थिए। घाइते उनको अस्पतालमा उपचार भइरहेको छ। डाक्टरलाई कुटपिट गर्ने प्रहरी हवल्दार शम्भु गुरुङ भने आज निलम्बनमा परेका छन्।
नेपाल चिकित्सक संघले डाक्टरलाई कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्नुपर्ने भन्दै २४ घन्टे अल्टिमेटम दिएको थियो। यस्तै आज नेपाल चिकित्सक संघले भोलि देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ।
राष्ट्रपतिको सवारीका बेला चिकित्सक नै कुटिएपछि आम समुदाय, पत्रपत्रिका, सामाजिक सञ्जालमा राष्ट्रपतिको सवारीलाई लिएर विरोध र आलोचना भइरहेको छ।
नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने परम्परा र शैली बदल्नु पर्ने टिप्पणी गरेका छन्।
उनले भनेको छन्, ‘राष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो।यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ। यसको एउटा कारण तामझामवाला शैली हो।संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ।’
यस्तै राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले राणाकालको अहिलेको अवस्थामा परिवर्तन नभएको भन्दै टिप्पणी गरेकी छिन्। उनले भनेकी छिन्, ‘राष्ट्रपतिको सवारी हुँदा सुरक्षाकर्मीबाट डाक्टर कुटिन्छन्, कारण उनी डिउटी सकेर घर जाँदै थि । राणाकालमा सिंहदरबार अगाडीबाट जनता हिँड्न पाउँदैन थिए, माथिल्लो बाटो हिँड्नको लागि अनुमति चाहिन्थ्यो। सर्वसाधारण भुईँ–मुनिको बाटो मात्रै हिँड्न पाउँथे। रैती कुटिन्छन्।’
यस्तै ट्विटर प्रयोगकर्ता जेनेन्द्र जीवन लेख्छन्, ‘सुरक्षा थ्रेट न आबश्यकता। अवसर न औचित्य। जनतालाई सास्ती दिइदिइ ब्यर्थको रबाफ र तामझाम मात्र राष्ट्रपति ज्यु, “सवारी” चल्नु ५ मिनेट अगाडि एक लेन खाली गराएर, वा अझ सितल निवासदेखि संसद भवनसम्म हेलिकप्टरमा गए हुनथ्यो?’
उनले नागरिकलाई रैती नै ठान्ने ‘रमिता’ भएको बताए। यस्तै गजेन्द्र एस बुढाथोकिले राष्ट्रपति पदमा अब्दुल कमालजस्तै सर्वसम्मानीय व्यक्तिको खाँचो भएको र अमूक दलका नेता नचाहिएको बताएका छन्।
यस्तै सञ्चारकर्मी विजय कुमार पाण्डे लेख्छन्, ‘राष्ट्राध्यक्ष संसदमा जाँदा ताम, झाम र शानको प्रयोग गर्ने परम्पराको सुरुवात नेपालमा भएको होइन। काठमाडौंको बढ्दो जनसंख्या, वाहन र नयाँ जनचेतनालाई मध्यनजर गर्दै। यो सयौँ वर्ष पुरानो बिदेशी परम्परालाई बदल्नु नयाँ राष्ट्रपतिको पहिलो काम मध्ये एक हुनु पर्छ।’
यस्तै ट्विटर प्रयोगकर्ता मञ्जरी लेख्छिन्–‘गणतान्त्रिक मुलुकमा राष्ट्रपतिको सवारी हुँदा डाक्टर कुटिन्छन् । यति सम्म त पञ्चायतकालमा राजा सवारी हुँदा पनि भएन ।
यस्तै राष्ट्रपतिलाई ब्याङग्य गर्दै मानबी पौडेलले लेखेकी छिन्, ‘उफ्फ! जनतालाई यसरी घण्टौ सडकमा कुराएर गाडीका लाम लगाएर खाली सडकमा तानाशाही शैलीमा हिड्न लाज सरम लाग्दैन श्री ७ राष्ट्रपति महारानी?? ’
यस्तै अर्को ट्विटर प्रयोगकर्ता सुधांमसु कसी लेख्छन्, ‘ भिभिआईपि को ‘सवारी’ हेलिकप्टर बाट होस्। सवारीको नाममा डाक्टर कुट्न पाइदैन। विर हस्पिटल बन्द भएमा जिम्मा कसले लिने सोच्दै गर्नु होला।’
यस्तै अर्को सामाजिक सञ्जाल प्रयोगकर्ता प्रदिप भट्टराई लेख्छन्, ‘डाक्टर र रास्ट्रपति दुई मध्य एकले प्राथमिकता पाउँदा डाक्टरले पाउछ उसको एक पलले विरामी बाच्न सक्छ! एम्बुलेन्स पहिला जान दिने नियमनै छ। डाक्टरलाई पिटने प्रहरीलाई कार्वाही गर्नुपर्छ। पिटने प्रहरी पिटाई खाने डाक्टर तर गाली दोष चाहिँ राष्ट्रपति ज्यु लाई?यो सरासर राष्ट्रप्रतिको प्रहार हो।’
यस्तै विर अस्पतालमा कुटिएका डाक्टरको समर्थनमा व्यङग्य गर्दै बस्नत बस्नेतले यस्तो कविता लेखेका छन्।
स्याबास गणतन्त्र!
पूरानाहरूको लुट छ।
‘नयाँ’ को बितन्डा छ।
झन ‘नयाँ’ बारे त बोलिसक्नु छैन।
यहाँ सबैलाई पिर्का हटाएर भए पनि सलामी लिइरहने देखावटी सजावटी परिवर्तन चाहिएको छ।स्याऊ होइन, स्याऊको चित्र चाहिएको छ। राष्ट्रपतिको सवारीमा डाक्टर कुटिए।
यस्तै रामेशले लेखेका छन्, ‘ थ्रेटअनुसार सुरक्षाको चाँजो हुनु पर्ने, तर व्यवस्थाप्रति नै वितृष्णा हुने गरी शान–ओ–शौकतका लागि हुने कडा सुरक्षा, घोडा, रथ एवं सवारीअघि घण्टौँ सडक खाली चैँ अति भो। सुरक्षा प्रोटोकल आफ्ना ठाँटलाई छोप्ने ढाँटमात्र हो। अलिकति नव राजारानी, मुख्तियार वा भारदारहरू पनि सच्चिइदिए हुने।’
यस्तै राम गुरुङले ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रपतिको सवारी हुँदा चिकित्सक माथि हातपात हुनु गलत हो। तर चिकित्सकले जसरी विशेष मान खोजे। त्यो झनै गलत हो। लोकतान्त्रिक मूल्य–मान्यता विरुद्धको अहमता हो। चिकित्सकको गणना अस्पताल भित्र हुने हो। बाहिर सबै समान हुन।’
पत्रकार एवं कांग्रेसका नेता तारानाथ दाहाल राष्ट्रपतिको सवारीको बेला सुरक्षाकर्मीले अतिरिक्त भत्ता पनि पाउने व्यवस्था रहेको बताउँदै राजाको अवतार गराउने संस्कृति कहाँबाट फस्टाइरहेको छ भन्दै टिप्पणी गरेका छन्।
उनले ट्वीटरमा भानेका छन्, ‘अझ यस्तो सवारी चलाए बापत सुरक्षा निकायले अतिरिक्त भत्ता पाउँछ रे । शीतल निवास दरबन्दीको आकर्षक पक्ष यही हो कि । राष्ट्रपतिको ‘राजा अवतार’ गराउने संस्कृति कहाँबाट फस्टाउँदैछ भन्ने कुरा खोजी गर्नुर्पयो।’
यता व्यङ्ग्य कवि अर्जुन पराजुलीले भने व्यङ्ग्यात्मक कविता लेखेका छन्। जनिथलाल सिंहको समर्थनमा व्यङ्ग्य कवितामा उनले राष्ट्रपतिको सवारीका बेला बिरामी हुनु र डाक्टर बाटोमा हिँड्नु गल्ती भएको भन्दै कटाक्ष गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेको कविता यस्तो छ?
राष्ट्रपतिको सवारी हिँड्ने बाटोमा हिँड्ने
को हो त्यो डाक्टर?!
राष्ट्रपति सवारी हुने बेलामा बिरामी हुने
को हो त्यो बिरामी?!
डाक्टर साहेब!
बिरामी चेक गर्न जानै थियो
एक–घण्टा पछि गएको भए के हुन्थ्यो?!
बिरामी साहेब !
बिरामी हुने थियो
एक–घण्टा पछि भएको भए के हुन्थ्यो? !
यता एमालेका विष्णु रिजालले भने राष्ट्रपतिको सवारीमा क्रममा जनताले सास्ती पाएको, डाक्टरले कुटाई खाएको विषयमा बचाउ गरेका छन् । उनले लेखेका छन्, ‘राष्ट्रपतिको आदेशले सडक बन्द गरे जस्तो प्रचारबाजी हुनु नियतवश छ। किनभने, शान्ति–सुरक्षा, प्रोटोकल जस्ता विषय विल्कुल सरकारले निर्धारण गर्छ, गृह मन्त्रालय तालुक मन्त्रालय हो । यसमा राष्ट्रपतिको अशिष्ट र व्यक्तिगत आलोचना होइन, सुधारका लागि सरकारलाई दबाब दिनुपर्छ।’
यता राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका प्रमुख सचेतक सांसद ज्ञानेन्द्र शाहीले आफ्नो सवारीका क्रममा डाक्टर कुटिएको र सर्वसाधारणले सास्ती पाएको विषयमा राष्ट्रपतिले माफी माग्नुपर्ने भन्दै विज्ञप्ति नै निकालेका छन्।
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
इनम सापकोटा प्रकरणमा सरकारले कृत्रिम प्रमाण सिर्जना गर्न खोजेको आरोप सार्वजनिक भएपछि सरकारको अनुसन्धान प्रणाली र राज्यशक्तिको दुरुपयोगमाथि गम्भीर प्रश्न उठेको भन्दै बस्नेतले यस्तो उक्त टिप्पणी गरेका छन्।
‘सत्ता स्थायी होइन तर राज्यले गरेको गैरकानुनी कामको जवाफदेहिता स्थायी हुन्छ। सरकारमा बस्नु भनेको संविधान र कानुनभन्दा माथि बस्नु होइन,’ उनले भने।
प्रहरी र प्रशासन सरकारका निजी संयन्त्र नभई संविधान र कानुनप्रति उत्तरदायी संस्था भएको उल्लेख गर्दै सरकार पनि कानुन र दवाफदेहिताको दायरमा बस्नुपर्ने उनको भनाइ छ।
बस्नेतले सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘नागरिकले गल्ती गरे कानुन लाग्ने, तर सरकारी निकायका जिम्मेवार व्यक्ति र संयन्त्रले नै कानुन मिचेको आरोप लाग्दा छानबिन नहुने ? राज्यशक्तिको प्रयोग गरेर कसैलाई फसाउन पाइँदैन। सरकारका गतिविधि कानुनभन्दा माथि र बाहिर हुँदैनन्।’
विवादास्पद कार्यशैली र एकपछि अर्को गरी सार्वजनिक भइरहेका प्रकरणले बालेन्द्र शाह नेतृत्वको सरकारको चरित्र उदाङ्गो बनाउँदै लगेको उनको टिप्पणी छ। सरकार सुशासनको नारा दिएर राज्य आतंकको बाटोमा हिड्न खोज्नु विडम्बनापूर्ण भएको उनको टिप्पणी छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...