विज्ञान विकासमा सरकारै तगारो
०१ असोज २०७३
•
६ मिनेट पाठ
विज्ञान विकासमा सरकारै तगारो
काठमाडौं–विकसित देशबाट स्रोत जुटाएर गरिब मुलुकमा विज्ञान र प्रविधि विकास गर्ने लक्ष्य लिएका नोबेल पुरस्कार विजेता अब्दुल सलामले सन् १९८९ मा नेपाल आउँदा तत्कालीन राजा वीरेन्द्रलाई भेटे ।   इटालीस्थित इन्टरनेसनल सेन्टर फर थियोरेटिकल फिजिक्सका निर्देशक रहेका पाकिस्तानी मूलका सलामले उक्त भेटमा यस क्षेत्रका लागि नेपालमै त्यस्तै सेन्टर बनाउने इच्छा राखेका थिए ।




उनले त्यस्तो इच्छा राखेपछि तत्कालीन शिक्षामन्त्री परशुनारायण चौधरी नेतृत्वमा अध्ययन समिति बन्यो । समितिले अध्ययन प्रतिवेदन बुझायो तर त्यो कार्यान्वयनमा आएन । ‘हामीले प्रतिवेदन तयार पारेर बुझाएका हौं तर नेतृत्वले चासो नदिँदा कार्यान्वयनमा आउन सकेन,’ समिति सदस्य रहेका केदारलाल श्रेष्ठले नागरिकसँग भने, ‘विगतमा हाम्रो देशमा विज्ञान प्राथमिकतामा परेन । यो अवस्था अहिले पनि छ ।’

विश्वप्रसिद्ध उक्त सेन्टर थ्रियस्ट सहरमा  छ । युनेस्को, राष्ट्रसंघीय आणविक कार्यक्रम र इटाली सरकारको सहयोगमा सञ्चालन हुँदै आएको सेन्टरमा बर्सेनि विश्वभरबाट सयौं वैज्ञानिक अध्ययन अनुसन्धानका लागि पुग्छन् । सलामको निधनपछि उक्त सेन्टरको नाम ‘द अब्दुल सलामा इन्टरनेसनल सेन्टर फर थियोरेटिकल फिजिक्स’ राखिएको छ ।

‘नेपालबाट फर्केपछि इटलीमा आफूसँग भेट हुँदा तत्कालीन राजासँगको प्रसंग सलामले सुनाउनुभएको थियो,’ भौतिकशास्त्रका प्राध्यापक लोकनारायण झाले भने । सलामले तत्कालीन राजासँग भनेको प्रसंग उद्धृत गर्दै झाले भने, ‘साइन्स विल बी सेभ यु ।’ उनले थपे, ‘न राजाले साइन्स सेन्टर बनाउने विषयमा चासो दिए न त देशमै राजतन्त्र बाँच्यो । झाका अनुसार सललामले दुई प्रतिद्वन्द्वी मुलुक पाकिस्तान र भारतको बीचमा रहेको तटस्थभूमि नेपालमा उक्त साइन्स सेन्टर स्थापना गर्ने चाहना राजासँग राखेका थिए ।

सरकारको प्राथमिकतामा यो विषय नपरेका कारण कतिपय कार्यक्रम नेपालबाट बाहिरिएका छन् । उक्त सेन्टरकै सहयोगमा नेपालमा सञ्चालित बिसपिन (बंगलादेश, चीन, श्रीलंका, पाकिस्तान, भारत र नेपाल) कार्यक्रम पनि सरकारी बेवास्ताका कारण दुई दशक अघि नै बाहिरिन पुग्यो ।

प्रत्येक वर्ष अन्तरमा विदेशी सहयोगमा नेपालमा बिसपिन सम्मेलन १५ दिनसम्म हुन्थ्यो । ‘त्यतिबेला नेपालले २० हजार अमेरिकी डलर जुटाउन नसक्दा एक पटकका लागि भनेर भारतको भुवनेश्वरमा सारिएको उक्त सम्मेलन सरेको सरै भयो,’ झाले भने ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति जीवराज पोखरेल सरकारको प्राथमिकतामा नपरेका कारण नेपालमा विज्ञान र प्रविधिको विकास हुन नसकेको बताउँछन् ।

‘सरकारको प्राथमिकतामै छैन । सबैभन्दा जुनियर मानिसलाई यस विषयको मन्त्री बनाउने काम भएको छ,’ पोखरेलले भने, ‘पूरै विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट ७५ करोड रुपैयाँ जति छ ।’ यो कुल बजेटका शून्य दशमवल ८५ प्रतिशत मात्रै हो ।

चीनले कुल ग्राहस्थ उत्पादन (जिडिपी) को साढे २ र भारतले दुई प्रतिशत विज्ञान र प्रविधि अनुसन्धान र विकासमा खर्चिन्छन् । नेपाल सरकारले भने कुल जिडिपीको ०.०३८ प्रतिशत मात्रै यस क्षेत्रमा लगानी गरेको अवस्था छ । छिमेकी भारत र चीनले विज्ञान तथा प्रविधि क्षेत्रमा राम्रो प्रगति गरेका छन् । यी दुई देश बीचमा रहेको नेपालमा भने सरकारी बेवास्ताकै कारण यो विषय ओझेलमा पर्दै गएको छ । ‘नेपाल प्रधानमन्त्री भारत र चीन जाँदा कहिले पनि यो विषय एजेन्डा बनेको छैन,’ उपकुलपति पोखरेलले भने ।

नेपालमाा यो विषयमा उच्च शिक्षा पढ्ने विद्यार्थी संख्या पनि कम छ । विज्ञान तथा इन्जिनियरिङ उच्च शिक्षामा ८ प्रतिशत मात्र अध्ययनरत छन्।  पोखरेल विज्ञान अध्ययनप्रति विद्यार्थीको रुचि पनि बढाउन नसकिएको बताउँछन् । ‘विज्ञान विषयमा हाम्रो विद्यालय शिक्षा नै कमजोर छ । हामीले विज्ञानप्रति विद्यार्थीको चाख बढाउनै सकेनौं,’ पोखरेलले भने ।
अर्को समाचार
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
११ मिनेट अघि
•
१ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको चिसोपना बढेका बेला सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच बिहीबार पाँच घण्टा लामो छलफल भएको छ।




पाँच घन्टा के के विषयमा छलफल भयो भन्ने दुवैले खुलाएका छैनन्। तर सरकारको कामप्रति रास्वपा सभापति लामिछाने सन्तुष्ट छैनन्। प्रधानमन्त्री शाह पनि सरकारको कामलाई सहयोग गर्नुको साटो पार्टीबाटै अवरोध भएको बुझाइमा रहेको निकटहरूको दाबी छ।

सरकारका कामलाई प्रभावकारी बनाउन भन्दै मन्त्रिपरिषद्ले विभिन्न अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्यादेश तत्काल जारी नगरी रोकेका छन्। रास्वपा सभापति लामिछाने पनि अध्यादेशको विपक्षमा रहेको निकटहरूको दाबी छ।

यसअघि मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको भोलिपल्टै रास्वपा सभापति लामिछानेले केही निकटलाई प्रेस काउन्सिल अध्यादेश जारी नहुने आश्वासन दिएको स्रोतको दाबी छ।

लामिछानेले राष्ट्रपतिमार्फत अध्यादेश रोकिने धारणा निकटसँग राखेको सूचना पाएपछि प्रधानमन्त्री शाह असन्तुष्ट बनेको स्रोतको दाबी छ।

राष्ट्रपतिले अध्यादेश रोकेकै बेला लामिछाने र शाहबिच बिहीबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म छलफल भएको थियो। भेट लामिछाने निवासमा भएको हो। भेटका क्रममा मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेश, संघीय संसद्को बैठक, प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीको आन्तरिक राजनीतिलगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।

छलफल भएकै भोलिपल्ट शुक्रबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय शीतलनिवास एक्लाएक्लै पुगेका छन्।

भारतको दुईदिने राजकीय भ्रमणमा निस्कनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेटसमेत नगरेका प्रधानमन्त्री शाहले शुक्रबार शीतलनिवासमा करिब २० मिनेट बिताएका छन्। राष्ट्रपतिसँग प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउनुका साथै अध्यादेशका विषयमा चासो राखेको स्रोतले दाबी छ।

प्रधानमन्त्री शाहले सिफारिस अध्यादेशमा कुनै आपत्तिजनक विषय नभएको र संसदीय प्रक्रियाबाट जाँदा ढिलाइ हुने भएकाले अध्यादेशको बाटो रोजिएको स्पष्ट पारेका थिए। उनले संसद्प्रति आफ्नो पूर्ण सम्मान रहेको बताउँदै उनले चाँडै अध्यादेश जारी भएमा सहज हुने धारणा राखेका थिए।

प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएका छन्।

राष्ट्रपति पौडेलले प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३ फिर्ता पठाउने संकेत गरेका छन्। मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्ययनका क्रममा रहेको जनाउँदै राष्ट्रपति पौडेलले मौलिक हकसँग जोडिने विषयका कानुन संसदबाट नआई अध्यादेशबाट आउँदा त्यसले पार्ने असरप्रति चासो देखाएको स्रोतले बतायो। प्रधानमन्त्री शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई भेटेका थिए।

शीतलनिवासमा पनि पार्टी सभापति र प्रधानमन्त्री एकैदिन अलग–अलग पुग्नुले दुवै पक्षले राष्ट्रपतिसँग आआफ्नो कुरा राख्न खोजेको देखिन्छ। राष्ट्रपतिसँगको सम्बन्धमा शिष्टाचारको प्रश्न छ। विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने विगतको चलन प्रधानमन्त्रीले यस पटक तोडेका छन्।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
यो पनि पढौँ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस